Author: Transparentgroup

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । संघीय संसद् का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणको लागि पेस गरिएको उक्त विधेयकलाई राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा ( २ ) बमोजिम बुधबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । यस विधेयकले नेपाल सरकारलाई चिकित्सा शिक्षा अध्ययन र अध्यापन गराउनका लागि विश्वविद्यालय स्थापना गर्न कानुनी अधिकार प्रदान गर्दछ । सरकारको योजनाअनुसार, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित गेटामा अवस्थित गेटा मेडिकल कलेजको संरचनालाई प्रयोग गर्दै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरिनेछ ।…

Read More

काठमाडौं। घरेलु टोली स्कटल्यान्डविरुद्ध कठिन तर रोमाञ्चक जित निकालेको नेपालले टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ। खेल नेपाली समयअनुसार ७.४५ बजे हुनेछ। पहिलो खेलमा नेपालले दुर्भाग्यजनक हार बेहोरेको थियो। तीन सुपर ओभरसम्म पुगेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ विकेटले पराजित गर्‍यो। तर, दोस्रो खेलमा भने नेपालले घरेलु टोलीलाई २ विकेटले नै पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरिसकेको छ। यता, नेदरल्यान्ड्स भने लगातार दोस्रो जितसहित प्रतियोगितामा बलियो स्थितिमा पुगेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा नेपालालाई पराजित गर्दै पुनरागमन गर्न सफल रह्यो। तेस्रो खेलमा अन्तिम बल अगाबै २ विकेटको जित निकाल्दै नेदरल्यान्ड्सले आत्मविश्वास बढाएको छ।…

Read More

काठमाण्डौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी…

Read More

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट काठमाडौँ ल्याएको छ । रकम अपचलनमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको हो । रेड कर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । इन्टरपोलको सहयोगमा उनलाई कम्बोडियाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । भण्डारीलाई ल्याउन नेपाल प्रहरीका अधिकृत कम्बोडिया गएका थिए । सिंगापुर एयरलाइन्सको उडानमार्फत उनलाई काठमाडौँ ल्याइएको हो । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका थिए । पक्राउ परेको सूचना पाएसँगै उनलाई नेपाल ल्याउन इन्टरपोल मार्फत पत्राचार गरिएको थियो । ललितपुर महानगरपालिका…

Read More

नवलपुर । लगातारको वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० ले एक सूचना जारी गर्दै सडक यात्रा जोखिमपूर्ण बनेकोले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीका अनुसार, वर्षाका कारण विनयी खोलामा पानीको सतह बढेको छ भने दुम्कीबास–दाउन्ने सडक खण्ड र झ्याउखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने समस्या देखिएको छ। सडक खण्डमा बनाइएका डाइभर्सनमा समेत क्षति पुगेकाले आवागमन असहज बनेको हो। प्रहरीले नारायणगढबाट मुग्लिङ, पोखरा, स्याङ्जा हुँदै बुटवलतर्फको रुट, काठमाडौँबाट पश्चिम जाने सवारी साधनहरूले– मुग्लिङबाट पोखरा, स्याङ्जा हुँदै बुटवलतर्फको रुट र पश्चिमबाट पूर्व…

Read More

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ । वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल गर्ने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत…

Read More

रसुवा । छिमेकी मुलुक चीनबाट रसुवा भन्सार नाका हुँदै आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ। चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्वि भएको हो । गत आवको ११ महिनामा १८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब ८० अर्ब बराबरको सामग्री आयात भएको जनाउँदै उनले तीन अर्ब बराबरका सामग्री निर्यात भएका बताए। उनका अनुसार गत…

Read More

कैलाली । धनगढी स्थित कारागारमा रहेका डडेल्धुराका व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्यु भएको छ । प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरिएको आफन्तको आरोप छ । डडेल्धुरामा उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न सङ्घसंस्था र स्थानीयले पालीको कुटपिट गरेर हत्या गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् । डडेल्धुरा भागेश्वर गाउँपालिका ५ निवासी २८ वर्षीय  पालीलाई प्रहरीले बैङ्किङ कसुरमा डडेल्धुराको तुफानडाँडा बाट पक्राउ गरेर सिधै कारागार नल्याई ४ दिनसम्म नियन्त्रणमा राखेर मानसिक, शारीरिक यातना र कुटपिट गरेको आफन्तले बताएका छन् । कुनै पनि बिरामी नभएका स्वस्थ रहेका पालीको कुटपिट गरेर हत्या गरिएको आफन्तको भनाई छ । ‘कुनै रोग बिराम नभएको स्वस्थ मेरो…

Read More

काठमाण्र्डाैं । टिकटकर रमा बस्नेतलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। बस्नेत सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको आरोपमा आइतबार पक्राउ परेकी थिइन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने ३१ वर्षकी बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो उनले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई लक्षित गर्दै टिकटक सामाग्री पोष्ट गरेकी थिइन्। उनले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ती गरेको विषयमा पनि विरोध गरेकी थिइन्। यस्तै उनले काठमाडौँ महानगरपालिकाका मेयर…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको हो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए । ’महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार विपक्षी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र सो बमोजिमको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य…

Read More