Author: Transparentgroup
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । सो क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको सन्देश दिएका थिए । उनीहरुले विभिन्न किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन् । पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज रास्वपाले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित पार्टीले आजबाट देशव्यापी अभियान सञ्चालन गरेको छ ।
काठमाण्डौं। निर्वाचन आयोगले डा. मुकुल ढकाल अझै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महामन्त्री तथा प्रवक्ता रहेको जनाएको छ। ढकालले यसअघि पार्टी पदाधिकारी तथा केन्द्रीय समितिका सम्बन्धमा आयोगमा अद्यावधिक रहेको सूचीबारे जानकारी माग गरेका थिए। त्यस क्रममा आयोगले महामन्त्रीमा उनकै नाम पठाएको हो। आयोगले रास्वपाको केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही पनि अद्यावधिक नभएको पत्रमार्फत जनाएको छ। आयोगका अनुसार २०८० चैत २० यता पदाधिकारी तथा केन्द्रीय समितिमा कुनै हेरफेर भएको छैन। ढकाललाई २०८१ असार २५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य, प्रवक्ता तथा महामन्त्रीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। त्यही दिन पार्टीका पदाधिकारीहरूको…
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छिन्। आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारीबारेमा छलफलका क्रममा सो जानकारी गराइन्। मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र उनीहरू…
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी– २० आई सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।ग्लास्गोमा टस हारेपछि नेपालले पहिले बलिङ गरेको छ । स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । करण केसीको स्थानमा रिजन ढकाल पहिलो रोजाईँमा खेलिरहेका छन् । नेपालको पेस अट्याक रिजन र यसै सिरिजबाट डेब्यु गरेका रुपेश सिंहले सम्हालेका छन् ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकारले ल्याएको बजेट किसानमैत्री नभएको बताएका छन् । अखिल नेपाल किसान महासङ्घ ( क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा उपमहासचिव बस्नेतले बजेटले किसानलाई अन्याय गरेको आरोप लगाए । ४८औँ जुगेडी किसान संघर्ष दिवसको अवसरमा पूर्वगृहमन्त्रीसमेत रहेका नेता बस्नेतले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको रुपमा पेस भएर दुई बुँदे सहमति गरेको र त्यो कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने चेतावनी दिए । उनले सरकारसँग भएको सहमतिबारे कुनै गलत धारण नबनाउनसमेत आग्रह गरे । ‘यदि ३० दिनभित्र सहमति कार्यान्वयन नगरे सरकार विरुद्ध सडक संघर्ष गर्ने बाटो खुला छ । तर, आशा गरौँ छिट्टै…
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को फ्लाई ओभरको उद्घाटन गरेका छन् । चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न ग्वार्कोमा ओभर पास निर्माण गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमै पहिलोपल्ट फ्लाई ओभर निर्माण भएको बताए । यस फ्लाई ओभरले अब ग्वार्कोमा जामको समस्या समाधान हुने बताए । उनले दैलेखकमा पत्ता लागेको मिथेन ग्यास नेपालको समृद्धि र विकासका लागि धेरै महत्वपूर्ण रहेको बताए । ‘हामी विकासको बाटोमा लगातार अगाडि बढीरहेका छौं । हिजोमात्रै एउटा समाचार आयो । आज अखबारहरुमा व्यापक महत्व पायो । दैलेखमा नेपालाई ५० वर्ष पुग्नेगरी मिथेन ग्यास…
काठमाण्डौं । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची थियो। तर बैठक सुरु हुने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसदहरूले बैठकमा नाराबाजी गरेपछि बैठकको कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइयो। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधि सभाको बैठकमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिकै बैठकबाट फर्किए।ओली प्रतिनिधि सभाको बैठकबाट निस्किँदै गर्दा पत्रकारहरूले प्रश्न गरे जवाफ दिन पाउनु भएन नि प्रधानमन्त्री ज्यु रु त्यसको जवाफमा ओलीले भने मजा लाग्यो। शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरेका थिए। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्नका लागि बारम्बार आग्रह गरेका थिए। तर रास्वपा…
काठमाण्डौं । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा बढी बजेट विनियोजन गरिएको दाबी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयको विनियोजनमाथिको छलफलका क्रममा उनीहरुले समानुपातिक रुपमा बजेट विनियोजन नभएकोमा असहमति प्रकट गरे। छलफलमा भाग लिँदै सांसद दीपक गिरीले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै दाङको टरिगाउँ विमानस्थलको निर्माणका लागि रु एक करोड बजेट विनियोनजन गरिएकामा असहमति जनाए। उनले सरकारले रु तीन करोडभन्दा कमको बजेट विनियोजन नगर्ने भन्ने व्यवस्था गर्ने भनेर प्रचार गरिएको भएपनि विमानस्थलको जग्गा अधिग्रहणका लागि आवश्यकभन्दा कम बजेट विनियोजन गरेर सांसदहरुको भावनालाई सम्बोधन गर्न नसकेको बताए। सांसद मेनकाकुमारी पोखरेलले टरिगाउँ विमानस्थल निर्माणका सम्बन्धमा प्रधानमन्त्रीले नै…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच भेटवार्ता जारी छ। तीन नेताबीच सदनको जारी अवरोध, सदनमा पेस भएका विभिन्न विधेयक, समसामयिक गतिविधिलगायत विषयमा छलफल भइरहेको जनाएको छ। छलफल सङ्क्रमणकालीनको विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवायले जनाएको छ । तीन शीर्ष नेतासहित कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीबाट उपमहासचिव वर्षमान पुनलगायत सहभागी छन् ।
काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसिसी ) नेपालमा निरन्तर रहने भएको छ। गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागू गरिएको ९० दिने रोकमा एमसिसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसिसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति प्रदान गरिएको हो। यसले एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ। एमसिसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य तथा संवाद गर्दै यस समीक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एमसिसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए९नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्टअन्तर्गत गरिएका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क