Author: Transparentgroup

सुनसरी । तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका–२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आएका छन्। उनले भने, “बिहान र साँझ उपभोक्त बढी आउछन् । दिउँसो गर्मी हुने भएकाले कम ग्राहक कम आउँछन् । अहिले दैनिक रु १५ देखि २० हजारसम्मको कारोबार भइरहेको छ ।”अहिले बजारका हरेक सडकपेटीमा सयौँ व्यापारी व्यस्त छन् । दियो, रङ, मिठाइ, किसमिस, पूजाका लागि माटाका पाला,…

Read More

काठमाडौं । इजरायल गएका बेला हमासले अपहरण गरी गाजा लगेर बन्धक बनाउँदा मारिएका कञ्चनपुरका विपिन जोशीको आज ( मंगलबार )  अन्त्येष्टि गरिँदै छ। उनको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा गरिने छ।हमास इजरायल युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित महाकाली नदि किनारमा अन्त्येष्टि गरिने भएको छ । विपिनको शव यात्रा बिहान ८ बजे महाकाली नदीको भुजेला घाटका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट सुरू भएको हो । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरी राष्ट्रिय सम्मानसहित धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवमं प्रहरी नायब उपरीक्षक ९डीएसपी० सागर बोहराले जानकारी दिए । सम्मानसहित इजरायलले…

Read More

काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ। प्राधिकरणले मंगलबार बिहानै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ। जगदम्बाको १ अर्ब ६० करोड,रिलायन्सको ७५ करोड ३७ लाख, शिवम्को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ छ। यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज…

Read More

महेन्द्रनगर । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ ।   दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी हमासको नियन्त्रणसँगै उहाँको हत्या भयो । चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ । विपिनकी आमा पद्मा र बहिनी पुष्पा उहाँको सकुशल रिहाइका लागि  इजरायल, अमेरिकासम्म पुग्नुभयो, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेनन् । केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका…

Read More

काठमाडौँ। विपिन जोशीको टाउकोमा गोली  लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबिच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो । यसैगरी, आज महाकाली नदी किनारमा विपिनको अन्त्येष्टि गरिँदै छ । विपिनको अन्त्येष्टि अघि भीमदत्त…

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दल आज छलफल गर्दै हुनुहुन्छ । मङ्गलबार ४ बजे बालुवाटारमा आगामी फागनु ११ गते निर्धारित निर्वाचनका सम्बन्धमा प्रधानमन्त्रीले सात राजनीतिक दलसँग सम्वाद गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो । छलफलका लागि तत्कालीन संसदमा मान्यता प्राप्त सात राजनीतिक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन आग्रह गरिएको छ । छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाल पार्टीका प्रतिनिधिहरूलाई बोलाइएको छ ।

Read More

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेका सीटीईभीटीका विद्यार्थीहरूको पुनः परीक्षाका लागि करिब १ करोड ७५ लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिएका छन्। मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले कोशी र बागमती प्रदेशका करिब १० प्रतिशत विद्यार्थीको उत्तरपुस्तिका जलेको बताए। मन्त्री पुनका अनुसार जाँच नदिई पास हुनुपर्ने विद्यार्थीको माग अस्वीकार गर्दै पुनः परीक्षा लिने सहमति भएको छ। उनले विद्यार्थीलाई परीक्षाका लागि काठमाडौं आउनु नपर्ने गरी सम्बन्धित प्रदेशका केन्द्रमै जाँच लिने व्यवस्था मिलाइएको र यसका लागि सबै तयारी भइरहेको बताए। यसैगरी, मन्त्री पुनले सीटीईभीटीको नयाँ सम्बन्धनका लागि समिति गठन गरिएको जानकारी दिएका छन्। २०६९ सालदेखि…

Read More

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन् । ओलीमाथि अनुसन्धान हुनसक्ने संकेत गर्दै उनले अब पहिलेजस्तो नहुने बताए । सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओलीलाई बाहिर जान नदिने कुरा सरकारले नभएर न्यायिक जाँचबुझ आयोगले भनेको प्रष्ट पारे । ओलीले गृहमन्त्रीलाई बाहिर जानबाट रोक्न चुनौती दिएको बारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘आयोगले गरेको हो ।आयोगलाई भन्नुपर्‍यो नि, सरकारले गरेको होइन नि उहाँलाई ।’ ओलीले आफूलाई समाएर देखाउन चुनौती दिएको प्रश्नमा गृहमन्त्री अर्यालले भने, ‘त्यो कानुन मान्दिनँ भनेको हो उहाँले ।’ अर्यालले थपे, ‘केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने, पहिलाको…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालकी छोरी गंगा दाहालले सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएकी छन्। उनले आफूविरुद्ध फैलिरहेका भ्रामक समाचार र प्रचारप्रति ध्यानाकर्षण गर्दै यो निर्णय लिएको बताएकी छन्। सोमबार दाहालले प्रेस विज्ञप्तिमार्फत आफूले भाइ प्रकाश दाहालको निधनपछिको अवस्थामा आमाको हेरचाह र सचिवालयको जिम्मेवारी निर्वाह गर्दै पार्टी र अध्यक्षलाई सहयोग गरेको स्पष्ट पारेकी छन् । उनले आफूले सधैं निस्वार्थ भावमा रहेर काम गरेको र कहिल्यै व्यक्तिगत लाभका लागि कदम चाल्ने प्रयास नगरेको दाबी गरिन् । निरन्तर मलाई देखाएर नेकपा ( माओवादी केन्द्र ) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा…

Read More

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शवमा अहिले श्रद्धाञ्जली अर्पणको कार्यक्रम चलिरहेको छ । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् । उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए…

Read More