Author: Transparentgroup

काठमाडौं । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनमा होमिने चेतावनी दिएको छन् । महासंघसँग सरकारले गरेको सहमति अनुसार प्रतिनिधिसभाबाट तत्काल शिक्षा विधेयक पारित नभएमा आन्दोलनमा जाने महासंघको चेतावनी रहेको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयक माथि चलिरहेको छलफल शीघ्रातिशीघ्र सम्पन्न गरी विगतका सहमतीहरु समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन महासंघले सरकारको ध्यानाकार्षण गराएको हो । ‘यो कार्यमा विलम्व गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको विलम्व र षडयन्त्र भएमा ने। शि। महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौं,’– महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर…

Read More

काठमाडौँ । करिब १ महिनाको बिचमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवलदारसम्म २ हजार १ सय ९६ जनाको बढुवा गरेको छ । बढुवा हुनेमा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकमा ११ जना, नायव निरीक्षकमा ३४ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायव निरीक्षक ६ जना छन् । त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवलदारमा ६०३ जना, हवलदारमा ७५९ जना र सहायक हवलदारमा ७८३ जना बढुवा भएका हुन् । मुख्यालयले बढुवा हुनको लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र…

Read More

सुर्खेत । गए रातिदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अवरुद्ध भएको छ। राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको हो, जसका कारण सयौँ यात्रुहरू बिच बाटोमै अलपत्र परेका हुन्। ‎‎जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार आइतबार रातिदेखिको वर्षाले राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको सिमानामा पर्ने दहीखोलादेखि हुल्म बजारसम्मका विभिन्न स्थानमा सडकमाथिबाट ढुङ्गा र पहिरो खसेको छ। पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा कालिकोट भित्रिने तथा बाहिरिने सवारी साधनहरू रोकिएका छन्। ‎‎राजमार्ग अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट, हुल्मबाट प्रहरी सहायक निरीक्षक विनोद बुढाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा…

Read More

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका लागि स्पेनका नरेश फिलिप द्वितीयले आइतबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन्। सेभियास्थित रोयल अल्काजरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका हुन् । प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेजबिच द्विपक्षीय भेटवार्ता भइसकेको छ । रासस

Read More

काठमाडौं । पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिए । यस्तै, बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने बताइएको छ । गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता…

Read More

काठमाडौँ । काठमाडौँस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन आग्रह गरेको हो । यसैगरी, प्युठान जिल्लाको हंसपुर वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षा मापन भएको छ । सो क्षेत्रका साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति नै जोडिए पनि कारबाही गरिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद शाहीले भिजिट भिसा प्रकरण आजको विषय मात्रै नभएको उल्लेख गर्दै जरोदेखि टुप्पोसम्म सबैको छानबिन गर्नुपर्ने बताएका हुन् । उनले यस मुद्दालाई कुनै दल विशेषको एजेन्डा नबनाएर सबैले साझा एजेन्डाको रूपमा अगाडि लैजानुपर्ने समेत बताए । अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ । संसद्मा त एक अर्काप्रति आरोप प्रत्यारोप गरौँला तर नेपाली जनताले चाहिँ के भन्छन्रु,’ उनले भने, ’आज दुबई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदीबहिनीहरूलाई बन्धक बनाइएको छ । ७५…

Read More

काठमाडौँ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ गरेको छ । सिंहदरबारमा आइतबार बसको समिति बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको संसदीय सुनुवाइ गरेको हो । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालको संसदीय सुनुवाई सोमबार हुने समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिइन् । त्यसअघि संसदीय सुनुवाइका क्रममा समिति सदस्यहरुले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई निष्पक्ष कार्यसम्पादनको आधारका बारेमा प्रश्न राखेका थिए । समिति सदस्य महेश बर्तौलाले पोखरेलको पृष्टभूमि सक्रिय राजनीति रहेकाले यसबाट मुक्त हुने आधारका बारेमा सोधेका थिए । साथै उनले व्यावसायिक घरानाको प्रभावमा परेर…

Read More

काठमाडौँ । संघीय निजामती सेवा विधेयक आइतबारको प्रतिनिधि सभा बैठकबाट पारित भएको छ । विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जवाफ दिएका थिए । उनले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए । यो विधेयक ऐनमा रूपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताको विश्वास रहेको छ । राज्य व्यवस्था समितिबाट पास भएर अगाडि विधेयक जस्ताको तस्तै पास भए संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक नियुक्ति लिन दुई वर्ष पर्खनुपर्ने हुन्छ । आइतबार प्रतिनिधिसभाबाट पारित यो विधेयक अब राष्ट्रिय सभामा जान्छ ।

Read More

काठमा(ण्डौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत आइतबार आफैं विशेष अदालतमा उपस्थित भएका हुन् । विशेष अदालतमा उनको बयानको तयारी भएको छ । अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ । यो बयान सकिएपछि थुनछेक बहस हुनेछ । सोपछि विशेषले उनलाई थुनामा राखेर थप अनुसन्धान गर्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश गर्नेछ । पूर्वमन्त्री बस्नेतले आफैं विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका हुन् । निलम्बित सांसद बस्नेत सञ्चार…

Read More