Author: Transparentgroup
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी नेतृत्व, विशेषगरी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै प्रश्नैप्रश्नको वर्षा गरेका छन् ।सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका कोइरालाले गठबन्धन निर्माण, अनुशासन समितिको कार्यशैली, भ्रातृ संस्थाको अलपत्र अवस्था र पार्टी सञ्चालन प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीको रूपमा नठान्न चेतावनी दिएका हुन् । उनले पार्टीलाई एकढिक्का बनाउने नाममा भएका अपारदर्शी निर्णय र गुटगत पूर्वाग्रहको अन्त्य हुनुपर्नेमा जोड दिए । कोइरालाले माओवादीसँगको गठबन्धन तोडेर एमालेसँग सत्ता सहकार्य गर्नुको ठोस कारण समेत माग गरे । कांग्रेस एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ, तर मैले…
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष तीन महिना कैद सजाय तोकिएको छ । सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३९१० बमोजिमको कसुरमा ८ वर्ष र दफा ३०९१० बमोजिम थप ३ महिना कैद सजायको फैसला गरेको हो । अदालतले बस्नेतबाट २६ करोड २५ लाख रुपैयाँ सम्पत्ति जफतको फैसला गरेको छ । बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान…
स्पेन । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरु भएको छ। सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुख र प्रतिनिधिहरू सहभागी छन्। उद्घाटनसत्रमा स्पेनका नरेश फिलिप द्वितीय, स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरे। उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेल सहभागी छन्। ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् ९एफएफडी–४०० का लागि राष्ट्रसङ्घका महासचिव गुटेरेस…
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे दुई बजेबाट बैठक सुरु भएको हो । दिउँसो एक बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो सुरु भएको हो । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बैठक केही बेर अघि सुरु भएको जानकारी दिइन् । गत साउनमा सुरु भएर भदौमा सकिएको केन्द्रीय समिति बैठकपछि बल्ल कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो । बैठकका लागि आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले ६ एजेन्डा तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकका लागि पदाधिकारी बैठकले पार्टीले सञ्चालन गरेको…
काठमाडौँ । विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप समय माग गरेका छन्। विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा मन्त्री पन्तले आज नै गर्न नहुने बताउँदै थप समय माग गरेका हुन्। महासङ्घसँग छलफल भएको थियो। छलफलका क्रममा समितिमा भएको सहमतिको विषय जानकारी गरायौ। उहाँहरू सहमत हुनुभएन त्यसैले आजको बैठक स्थगित गरौँ,’ मन्त्री पन्तले भने।
काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं। ३ सहित देशभरको रिट पदमा उपनिर्वाचनको मिति तोकेको छ । आयोगको आज ( सोमबार ) बसेको बैठकले कात्तिक १७ गते उपनिर्वाचन गराउने निर्णय गरेको हो । रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद दीपक बोहराको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । त्यसैगरी मनाङमा प्रदेश सभा सदस्य पद रिक्त रहेको छ । मनाङबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ ( दिपक मनाङ्गे ) फौजदारी मुद्दामा दोषी ठहर भएपछि सो क्षेत्रमा जनप्रतिनिधिविहीन भएको थियो ।
कैलाली । सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा गएरातिदेखि परेको अविरल वर्षाका कारण अधिकांश क्षेत्र जलमग्न भएका छन्। वर्षापछि धनगढीको मुख्य सडक क्षेत्र, रातोपुल, हसनपुर, शिवनगर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेका छन्। रातोपुल क्षेत्रमा रहेका दर्जन पसलमा पानी पसेपछि व्यापारीहरू समस्यामा परेका छन्। बिहानै पसलमा पुगेका व्यापारीहरू पानीको सतह बढिरहेको देखेर सामान जोगाउन प्रयासरत छन्। टोलका बासिन्दाहरू घरभित्र पानी पसेपछि बाहिर सडकमा आएका छन्। नालाको पानी टोलभित्र पसेको स्थानीयहरूले बताएका छन्। बिहानैदेखि घरभित्रका सामग्री जोगाउन समस्या भएको र पानीको निकास नहुँदा जनजीवन प्रभावित भएको उनीहरू बताउँछन्। अविरल वर्षाका कारण जनजीवन मात्र होइन, शैक्षिक गतिविधिमा पनि असर परेको छ। ऐश्वर्य विद्या निकेतन…
काठमाण्डौं । सर्वोच्च अदालतलमा प्रस्तावित तीन जना न्यायाधीश र न्यायपरिषदको प्रस्तावित सदस्यको संसदीय सुनुवाइ सकिएको छ। वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्याय परिषदले जेठ २७ गते सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो। त्यस्तै महेशकुमार नेपाल न्यायपरिषदको सदस्य सिफारिस भएका थिए। आइतबारदेखि उनीहरूको संसदीय सुनुवाइ सुरू भएको थियो। सोमबार उनीहरूको संसदीय सुनुवाइ सकिएको समितिका सदस्य समितिका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसद डोलप्रसाद ९डिपी०अर्यालले जानकारी दिए। सुनुवाइ सकिए पनि समितिले अनुमोदन भने नगरेको अर्यालले बताए। उनका अनुसार सुनुवाइ भइरहेका व्यक्तिहरू माथिको उजुरीका सन्दर्भमा थप बुझ्नुपर्ने भएकाले तत्काल अनुमोदन…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन्। अध्यक्ष प्रचण्डले विशेष गरी महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको प्रशंसा गर्दै समग्र टिम नेपालको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गरे। उनले भने, ‘खेल त्यसमा पनि शारीरिक सुगठन खेल राज्यको नजरमा कम पर्ने गरेको छ। अब राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखी थप सहयोग गर्नुपर्छ। म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’ प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ। ५५…
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् ।संसद् दिवस, २०८२ को अवसरमा भकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गरे । संसद दिवसको ऐतिहासिक अवसरमा संसदीय लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले राजनीतिक योद्धाको योगदानको स्मरण पनि गर्नुभएको हो । नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइन्छ ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क