Author: Transparentgroup
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका छन् । विभिन्न खाले सत्तासमीकरणको परीक्षण भइसकेको बताउँदै उनले कसैको बहुमत नभएको खण्डमा धेरै विकल्प खोज्न नहुने बताए । ‘गठबन्धनको बारेमा समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको,’– उनले भने । गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने नउले बताए । अहिले कांग्रेसभित्र गठबन्धनका विषयमा प्रतिकूल विचार केही नआएको उनको दाबी छ । सरकारमा सहभागी मन्त्रीहरुले डेलिभरी अझ राम्रो हुनुपर्ने, मन्त्रीहरूले राम्रो काम गर्नुपर्ने उनको भनाइ छ ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल कन्भिन्स हुँदा पनि अन्य दलले कुरा नबुझेको बताएका छन् । आज ( मंगलबार ) पार्टीेको केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साधिएको बताए । उनले भिजिट भिसा प्रकरणमा अध्यागमनका तत्कालीन प्रमुखमाथि अहिले छानविन चलिरहेको उनले जानकारी गराए । ‘प्रमुख प्रतिपक्षी दल यसमा कन्भिन्स भएको छ। अरुले कुरा बुझ्नु भएको छैन। राजनीतिक ढंगले अघि बढाउनु उचित हुँदैन,’– उनले भने । उनले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गरे । अख्तियारले भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु गर्ने वित्तिकै आफूमाथि संलग्न भएको जसरी…
काठमाण्डौं । सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सवको अवसरमा देशभर विविध सामाजिक कार्यक्रमको आयोजना गरिएको छ । सशस्त्र प्रहरी परिवार महिला संघले २४औँ वार्षिकोत्सवको अवसरमा असार १५ गते नेपाल एपीएफ स्कुल कीर्तिपुरमा अध्यनरत छात्रछात्राहरुलाई विभिन्न सांस्कृतिक तथा बाध्यवादनका सामाग्री हस्तान्तरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजना र नं। ७ गण सिरहाको समन्वयमा असार १४ गते जिल्लाको वरियारपट्टि गाउँपालिका– ३ स्थित जनता माध्यमिक विद्यालयको परिषरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा ५ सय २२ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गर्नुकासाथै औषधी समेत वितरण गरिएको हो । त्यस्तै सशस्त्र प्रहरी परिवार…
काठमाडौं। साबिक विजेता नेपालले अपराजित रहँदै एसिसी यु(१६ इस्ट जोन कपको समूह चरणका खेल सकाएको छ। मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले पराजित गरेको हो। योसँगै नेपाल चार खेलमा आठ अंक जोड्दै समूह ‘ए’ को विजेता बन्यो। चारै खेलमा पराजित भुटान अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो। नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटान ३२।४ ओभरमा ६० रनमै समेटियो। भुटानका शेजाङ दावाले सर्वाधिक १४ रन बनाए। उगेन केल्जाङ चोपेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ४ विकेट लिए। सूर्य भट्टराई र सचिन भट्टले समान २ विकेट लिए। नेपाल रहेको समूहबाट…
काठमाडौँ । सांसदहरुले देशभर लगातार वर्षा हुन थालेपछि बाढीपहिरो र डुबानबाट सम्भावित क्षति न्यूनीकरणका लागि सचेत गराउँदै उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षायाममा सतर्कता अपनाउन सुझाव दिँदै किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउनसमेत सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद उदयबहादुर बोहराले देशभर किसानलाई आवश्यक मल उपलब्ध नभएकोतर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । “झन्डै १३ लाख मेट्रिक टनसम्म मलको माग छ । सरकारले जम्मा चार लाख मेट्रिक टन मात्र आयात गर्न सकेको छ । किसानलाई पर्याप्त मल उपलब्ध गराउन सकिएको छैन,” उनले भने । सांसद नरबहादुर विष्टले निरन्तर वर्षाका कारण सुदूरपश्चिम प्रदेश…
काठमाडौं। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन हुनुपर्ने बताएका छन् । सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति खतिवडाले भने, ‘विधेयकको दफा ८२ को ( ४ ) को व्यवस्थालाई पछिबाट ( ५ ) को ( क ) खण्डित गर्ने दफा थपेको देखिएकाले त्यसको छानबिनका लागि सभामुखलाई अनुरोध गरेका छौँ ।’ समितिले उक्त दफामा सेवानिवृत्त कर्मचारीले अवकाश पाएको वा राजीनामा गरेको दुई वर्षसम्म कुनै पनि संवैधानिक र कूटनीतिक निकायमा नियुक्त नहुने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाबाट आइतबार पारित सङ्घीय निजामती सेवा विधेयकमा केही शब्दमा भएको फेरबदल गर्ने…
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झुपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन्। कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन्।बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका हुन्। लगातार दुई दिनदेखि अविरल वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढ्न थालेपछि जीउज्यान जोगाउनका लागि सुरक्षित स्थानमा सर्नुपरेको कलावती दमाईले बताइन्। ‘गत वर्ष रातिका बेला सुत्ने तरखर गरिरहेका बेला बाढीले शिविर डुबाउँदा एकसरो लुगामा भागेर ज्याउन जोगाएका थियौँ’, उनले भनिन्, ‘यो वर्ष पनि त्यो पीडा खेप्नु नपरोस् भनेर निरन्तरको…
काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ । त्यस्तै, ११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक–२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् । त्यस्तै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरिनेछ । सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका बारेमा सदनलाई जानकारी संसद् सचिवालयले…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा ५ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँ मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर १४९ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ । यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ९ बजे सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । बिहान १० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क