Author: Transparentgroup

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् । आज ९बुधबार० राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा उनले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र १३ हजार ५ सय मेगावाट देशमै खपत हुने, बाँकी १५ हजार मेगावाट भने निर्यात गरिने बताए । ‘सरकारले अहिले २८ हजार ५ सय मेगावाट विद्युत २०३५ सम्ममा उत्पादन गरिसक्ने लक्ष्य लिएको छ । १३ हजार ५ सय मेगावाट आन्तरिक खपत हुनेछ । १५ हजार मेगावाट चाहिँ हामीहरुले निर्यातको लागि व्यवस्था हुनेगरीको कार्यक्रम…

Read More

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ । सरकारले प्रदान गरेको सेवा सुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरू सरकारी सेवा सुविधा लिएरै पार्टीको कार्यकारी भूमिकामा छन् । भण्डारीको हकमा पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले…

Read More

काठमाण्डौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि संघीय निजामती कर्मचारी विधेयकमा ‘कुलिङ अफ पिरियड’माथिको किर्ते काम गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सरकारको बागडोर सम्हालिरहेका उपप्रधान एवं सहरी विकास मन्त्री सिंहले निजामती विधेयकमाथिको छेडखानी क्षम्य नहुने बताएका हुन्। बुधवार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटनपछिको समारोहलाई सम्बोधन गर्दै विधेयकमा भएको तलमाथि छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्। ‘छानबिन गरेर दोषी जोसुकै भेटियोस् कारबाही हुनुपर्छ,’ उनले भने।

Read More

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० को अनुशासन आयोगले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालको पतञ्जली योग पीठको जग्गा प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर झाँक्रीलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । पार्टीसम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको विषयमा संकेत गर्दै अब मरेको सिनो काँधमा हालेर हिड्न नसक्ने टिप्पणी गरेकी थिईन् । उनले अध्यक्ष नेपालको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याएकी थिईन् । ‘पार्टी बनाउने हो भने अब यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा…

Read More

रुपन्देही । लुम्बिनी प्रदेशको बजेट आजै पास गर्ने तयारी रहेको छ । प्रदेश सभाको छैटौँ अधिवेशनको १६ औँ बैठकमा बजेटको विभिन्न शीर्षकहरूमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ । बुधवार दिउँसो १२ बजे बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहीकृत छलफल हुने र छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी…

Read More

काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । खेल उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् र एक्लैले ४ गोल पनि गरिन् । यस्तै लाओस विरुद्धको खेलबाटै मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पहिलो खेलकै लयलाई दोस्रो खेलमा कायम राख्ने लक्ष्यमा नेपाल…

Read More

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज ( असार १८, बुधबार ) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बुधबार बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। बुधबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…

Read More

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । यस्तै, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी, राष्ट्रियसभाका सचिव…

Read More

काठमाडौँ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउँदै छ । २०७७ माघ र २०७८ असार गरीदुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो । सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । त्यस दिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर न्यायाधीशहरुले छलफलमा समेत जुटेका थिए । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबिच ६ घण्टा लामो छलफल भए पनि निर्णय सुनाइएको थिएन । घण्टौँ छलफल गरेर निर्णय सुनाउने मिति असार १८ गतेका लागि सारिएको थियो । २०७७…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सहायतालाई ‘च्यारिटी’ का रूपमा मात्र नलिई गरिबीको अन्त्य र नागरिकको क्षमता अभिवृद्धिका लागि उपयोग गर्न विश्व समुदायसमक्ष अपिल गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो सान्चेजद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय विकास सहयोगलाई पुनर्जीवित गर्दै’ शीर्षकमा आयोजित उच्चस्तरीय ‘राउन्ड टेबल’ छलफलमा मङ्गलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा कोही पनि पछाडि नपरून् भन्ने सोचका साथ विकास सहायतालाई दिगो शान्ति र विकासका लक्ष्य हासिलनिम्ति उपयोग गर्न साझा पहलका लागि अपिल गर्नुभएको हो । उहाँले विकास सहायता र विश्व साझेदारीको ऐक्यबद्धतामा नयाँ अवधारणाका बारेमा नेपालको धारणा व्यक्त…

Read More