Author: Transparentgroup
काठमाडौं। साबिक विजेता नेपाल एसिसी पुरुष यु(१६ इस्ट जोन कपको फाइनल प्रवेश गरेको छ। बिहीबार सेलाङ्गोर टर्फ क्लबको मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियाविरुद्ध ९ विकेटको सानदार जित निकाल्दै नेपाल उपाधि रक्षातिर अघि बढेको हो। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाइले अविजित २३ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि ९० रनमा अलआउट भएको थियो । मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको…
पाल्पा । सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा छन्, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहेका छन् । उनको यो उमेर विद्यालयमा गएर लेखपढ गर्ने, साथीभाइसँग रमाउँदै नयाँ कुरा सिक्ने र जान्ने हो । बोल्न नसक्ने तर कोही मान्छे देख्यो भने मुस्कुुराउँदै हातले इशारा गरेर आफूतिर बोलाउँदै गरेको कारुणिक दृश्य देख्ने जो सुकैलाई पीडादायी बनाएको हुन्छ । नजिक कोही व्यक्ति आउन चाहेन भने आफ्नै इशारामा ९नबुझिने आवाज० आफूतिर आउन उहाँ आग्रह गर्छन् । पवनलाई खोरभित्र…
काठमाडौँ । नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको तथ्याङ्कअनुसार २०७२ सालदेखि २०८१ सम्म मनसुनजन्य विपद्का घटनामा परी दुई हजार ३१७ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा मनसुनसँग सम्बन्धित बाढी, डुबान, भूक्षय, भारी वर्षा, चट्याङ र आकस्मिक बाढीका कारण आठ हजार ४१८ विपद्का घटना भएका छन् । ती घटनाबाट ५६ हजार ७०५ परिवार प्रभावित भएका छन् । यसैगरी, ३६ हजार ४७९ घर, १९५ पुल र एक हजार ३४६ गोठमा क्षति पुगेको छ । विसं २०८१ को मनसुनजन्य विपद्को घटनाबाट ४९५ ले ज्यान गुमाएका छन् । त्यस…
काठमाण्डौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले काम सुरू गरेको छ। बुधबार भिजिट भिसा प्रकरणमा छानबिन गर्नका लागि बबरमहलस्थित जल तथा मौसम विभागको कार्यालयमा पहिलो बैठक बसेको गृह मन्त्रालयले जानकारी दियो। समितिले कार्यादेश अनुसार आजदेखि काम थालेको हो। छानबिन समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य छन्। समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न तीन महिनाको समय तोकिएको थियो। असार ९ गते छानबिन समिति गठन भएको थियो। यसअघि भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध उत्पन्न भएपछि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच जेठ ३० गते दुईबुँदे सहमतिमा…
काठमाण्डौं । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ। बुधबार भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, डा कुमार चुडाल र डा नहकुल सुवेदीको संवैधानिक इजलासमा उक्त विवादको सुनुवाइ भएको थियो। उक्त इजलासमा भएका न्यायाधीशहरूमध्ये वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू शर्मा र डा चुडालले रिट खारेज हुने पक्षमा राय दिएका छन्। प्रधानन्यायाधीश राउत र डा सुवेदीले विसं २०७७ मङ्सिर ३० गतेको संवैधानिक परिषद्को सिफारिस र सो आधारमा भएको नियुक्ति संविधान र कानुनविपरीत भएको हुनाले उत्प्रेषणको…
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका साङ्गठनिक गतिविधि, अधिवेशन, राजनीतिक, समसामयिक विषयवस्तुहरूमा छलफल जारी छ । बैठकमा बोल्ने नेताहरूले सरकार र सरकारले ल्याएको बजेटको समीक्षा पनि गरिरहेका छन् । अधिकांश केन्द्रीय सदस्यहरूले केपी शर्मा ओली नेतृत्वको सरकार प्रभावकारी हुन नसकेको भन्दै सात बुँदे सहमति अनुसार काम अघि नबढेको गुनासो गरेका छन् । देउवा पक्षधर सदस्यहरूले भने गठबन्धनको विकल्प खोज्नु कांग्रेसका लागि हानिकारक हुने तर्क गरेका छन् । बैठकमा पार्टीको १५औँ महाधिवेशन र भ्रातृ सङ्गठनको महाधिवेशन छिटो गर्नुपर्ने माग समेत बैठकमा उठेको छ ।
काठमाडौं । नेपालले एसीसी यू(१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले आज मलेसियासँग खेल्दै छ । नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ। नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन्। योसँगै उनले बलिङ रोजेका छन्। नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल विहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु भएको छ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्न लागेको हो । मलेसिया भने समूह बी को उपविजेता हो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो । त्यसअघि नेपालले सिंगापुर, जापान…
म्याड्रिड । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न स्पष्ट आह्वान गरेका छन् । नेपाली राजदूतावास म्याड्रिडद्वारा बुधबार आयोजित लगानी प्रवर्द्धन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको अनुकूल वातावरण तयार भइसकेको जानकारी गराउँदै व्यवसायीहरूलाई नेपाल प्रवेशका ढोका खुला रहेको सन्देश दिए । ‘नेपाल अब लगानीका लागि पूर्ण रूपमा तयार छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले विभिन्न कानुनहरू संशोधन गरेका छौँ, लगानीमैत्री नीतिहरू कार्यान्वयनमा ल्याएका छौँ। अहिले नेपालमा स्थायित्वयुक्त सरकार छ, जसले दीगो र पारदर्शी आर्थिक वातावरणको ग्यारेन्टी गर्छ।’ प्रधानमन्त्री ओलीले नेपाल आर्थिक रुपान्तरणतर्फ स्पष्ट लक्ष्यसहित अगाडि बढेको र आर्थिक वृद्धिको इन्जिनको रूपमा निजी क्षेत्रलाई आत्मसात् गरिसकेको स्पष्ट…
नवलपुर । नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबारदेखि सञ्चालना आउने भएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वरबहादुर रिजालका अनुसार आज बिहान ११ बजेदेखि नयाँ पुलबाट सबै खाले सवारी साधनले यात्रा गर्न पाउने भएका हुन् । पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालन हुने भएको हो । चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजनाबिच भएको छलफलअनुसार पुल मार्ग खुला गरिने जानकारी दिनुभयो । गत २६ पुस गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो फलामे पुल भाचिँएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । डाइभर्सन पनि खोलाले पटक–पटक बगाएपछि यो मार्ग…
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवा विधेयक–२०८० मा व्यवस्था भएको ‘कुलिङ पिरियड’ लाई निष्प्रभावी बनाएको विषयमा छानबिन गर्न माग गरेको छ । बुधबार केन्द्रीय कार्यालय पोरिसडाँडामा प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरी विधेयकमा भएको चलखेलबारे छानबिन गर्न माग गरेको हो । विधेयकमा ‘कुलिङ पिरियड’ लाई प्रभावित पार्न रहस्यमय चलखेल भएको सापकोटाले आरोप लगाए । ‘यो एकदम रहस्यमय छ । कहिले संसद् अवरुद्ध छ भनेर पर सारियो । कहिले ‘अल अफ सडेन’ कार्यसूचीमा राखियो । समितिले सर्वसम्मत पास भएको विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने छ । पुलिस, सेना, प्रशासन क्षेत्रका कुनै पनि व्यक्तिलाई दुई वर्ष नियुक्त गर्न नपाइने…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क