Author: Transparentgroup

काठमाण्डौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० का अनुसार २०८१ पुस १७ देखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ। एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका…

Read More

काठमाडौं । नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको कसैले प्रमाणित गरेको खण्डमा जस्तोसुकै बलिदानी गर्न तयार रहेको बताएका छन् । आज ( शुक्रबार )  नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको ५औं अधिवेशनलाई सम्बोधन गर्दैै उनले आफूले केही पनि नबिराएकाले डराउनुपर्ने आवश्यकता नरहेको बताएका हुन् । उनले आफूलाई अदालत र न्यायको जित हुन्छ भन्ने कुराको विश्वास रहेको बताए । ‘मेरो एउटा मान्यता छ– नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तिका एक जना मान्छेले मात्रै पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस्, जुनसुकै बलिदान…

Read More

कर्णाली । कर्णाली राजमार्ग अन्तरगत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। आज बिहान उक्त ठाउँमा सडक भत्किएको कारण ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ। प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, ‘अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन अनुरोध गर्छौं।’

Read More

काठमाडौँ । पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । पूर्वमन्त्री न्यौपानेलाई यसअघि विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला गर्दै अख्तियारले न्यौपानेलाई ९ वर्ष कैद, दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिबाना, सोही रकम बराबरको बिगो असुल हुने फैसला गरेको थियो । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहँदा न्यौपानेले भृकुटीमण्डपस्थित फन पार्क सञ्चालनका लागि सस्तो दरमा भाडामा दिएर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो…

Read More

काठमाण्डौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन्। सूचना र प्रसारण विभागले आज अपराह्न ३स्४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए। स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो। यस्तै, स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो। यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग पनि भेटवार्ता भएको थियो।

Read More

काठमाण्डौं । कुलिङ पिरियडमा भएको बदमासीमा प्रश्न उठेपछि राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले संसदीय छानबिन समिति बनेपछि बैठकमा आफू उपस्थित नहुने बताएका छन्। नागरिक अनलाइनसँगको कुराकानीमा सभापति खतिवडाले सभामुख देवराज घिमिरेले समिति गठनको प्रक्रिया सुरु गरेको र गठन भएलगत्तै सभापतिको हैसियतमा आफू बैठकमा नजाने बताए। उनले भने, ‘आफू सभापति र समिति सदस्यको रुपमा बैठकमा उपस्थिति हुँदा प्रमाण नष्ट गर्छ भन्ने आशंका हुने भएकाले छानबिन नसकिएसम्म बैठकमा जान्न।’ सभापति खतिवडाले सो अवधिसम्म सरकारी गाडीको प्रयोग पनि नगर्ने जानकारी दिए। सभामुख घिमिरेले बिहीबार मुख्य दलका प्रमुख सचेतकसँग छलफल गर्दै संसदीय छानबिन समितिको क्षेत्राधिकार र समितिमा रहने सदस्यको बारेमा जिज्ञासा राखे। राज्य…

Read More

वागमती । सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ । प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची छ । सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपछि बिहीबार साँझदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो । बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ० र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समसामयिक विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रदेश सरकारले आगामी आवका निम्ति रु ६७ अर्ब ४७…

Read More

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) देशव्यापी रूपमा भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार ( आज )  बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। यस्तै बैठकले आसन्न रुपन्देही ३ को उपनिर्वाचनलाई लक्षित गरेर पार्टीका उपाध्यक्ष ध्रुव प्रधानको नेतृत्वमा निर्वाचन परिचालन समिति निर्माण गरेको छ भने उम्मेदवार चयनका लागि जिल्ला कार्यसमितिलाई सूची पठाउन निर्देशन दिएको छ। राप्रपाले रुपन्देहीको क्षेत्र नं.३ मा हुन गइरहेको उपनिर्वाचनको तयारीमा लागेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला समितिलाई आवश्यक प्रक्रिया र तयारी गर्न जिल्ला समितिलाई निर्देशन…

Read More

काठमाण्डो. । नेकपा ( एकीकृत समाजवादी)  की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले आफूलाई स्पष्टीकरण सोधेको भन्ने कुरा निराधार, कपोलकल्पित, हावा भएको टिप्पणी गरेकी छन्। बुटवलमा पार्टीसम्बद्ध युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल लक्षित ुसिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौुं भन्ने अभिव्यक्ति दिएकी झाक्रीलाई स्पष्टीकरण सोधिएपछि उनले पार्टी बैठकमै आफ्नो कुरा राख्न समय मागेकी थिइन्। त्यसैका लागि पार्टी सचिवालय बैठक पुगेकी झाक्रीले आफूले स्पष्टीकरणको पत्र नपाएको र सोध्दा पनि नसोधेको दाबी गरेकी हुन्। ‘मलाई स्पष्टीकरण सोधेको भनेको निराधार, कपोलकल्पित, हावा कुरा हो। मलाई स्पष्टीकरण सोधिएको छैन, सोध्ने निकाय पनि थाहा छैन। कुन तहको बैठकको निर्णयले दिनुभएको हो थाहा छैन।…

Read More

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको १५औं महाधिवेशनको मिति तोकिनुपर्ने बताएका छन् । पार्टी सभापतिदेखि पदाधिकारीसमेतले समयमै महाधिवेशन हुन्छ भनेको तर कहिले हुन्छ भनेर भन्न नसकेको अवस्था रहेको बताउँदै उनले महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने बताए । उनले आफू भने महाधिवेशन २०८२ भित्रै हुनुपर्ने पक्षमा रहेको पनि बताए । ‘पार्टी सभापतिदेखि पदाधिकारीहरू समयकै अधिवेशन हुन्छ भन्ने कहिले हुन्छ नभन्ने। अब मिति तोक्नै पर्ने आवश्यकता छ। समय थप्ने हो भने थपेर पनि यो समयमा महाधिवेशन हुन्छ भन्नुपर्‍यो । मेरो धारणा भन्नुहुन्छ भने त ०८२ मै हुनुपर्छ,’– केसीले भने । साथै, उनले पार्टी अनुशासन समितिको कामकारबाही पारदर्शी हुन नसकेको…

Read More