Author: Transparentgroup

काठमाडौं । आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ तथा नेपाल पत्रकार महासङ्घद्वारा आज काठमाडौँमा आयोजित अन्तरक्रिया एवं तनाव व्यवस्थापन कार्यक्रममा वक्ताहरूले यस्तो जोड दिए । कार्यक्रममा चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले कम मूल्यमा प्रभावकारी सेवा प्रदान हुने आयुर्वेद उपचार पद्धतिलाई उपचारका लागि पहिलो रोजाइमा पर्ने गरी विकास गरिनुपर्ने बताए । ‘एलोपेथिक उपचार पद्धतिभन्दा आयुर्वेद सस्तो, प्रभावकारी र लाभदायक छ, तर यस क्षेत्रमा राज्यको ध्यान पुगेको छैन र पर्याप्त बजेट व्यवस्थापन गर्न सकिएको छैन । सञ्चारमाध्यमले यसको प्रभावकारिताका लागि व्यवहारिक अभ्याससहित पक्षपोषण र सचेतनाका लागि जोड दिनुपर्छ,’– उनले…

Read More

काठमाडौं । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानी छानविन गर्न संसदीय विशेष समिति बन्ने भएको छ । सभामुख देवराज घिमिरेसँग भएको प्रमुख सचेतकहरुको भेटमा छानविनका लागि विशेष समिति बनाउने निर्णय भएको बताइएको हो । नेकपा ९एमाले० संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार समिति सात सदस्यीय रहने छ । ‘संसद्को नियमावलीको नियम १८० बमोजिम यस विषयका सन्दर्भमा आवश्यक छानविन गर्न, यो कम्जोरीभित्रको व्यक्ति, पात्र को हुन् भन्ने कुरा छानविन गर्न सात सदस्यी विशेष संसदीय समिति बनाउने निर्णय भएको छ,’– उनले भने । विशेष संसदीय समितिमा नेपाली कांग्रेसबाट २ जना, एमालेबाट २ जना, माओवादी केन्द्रबाट १ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट…

Read More

अमेरिका । अमेरिकाको टेक्सासमा बाढी आएको छ। शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी अहिलेसम्म २४८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। वर्षापछिको बाढीले टेक्सासको केर काउन्टी क्षेत्र तहसनहस बनाएको छ। बाढीमा अझै कम्तिमा २५ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको टेक्सासका गभर्नर ग्रेग अब्बटलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। बाढीग्रस्त क्षेत्रमा विभिन्न विद्यालयहरूले गर्मी याममा सञ्चालन गर्ने शिविरमा क्याम्प मिस्टिकमा यो साता ७०० छात्राहरू सहभागी थिए।बाढीमा परेका २३७ जनाको उद्धार भइसकेको बिबिसीले जनाएको छ। सो क्षेत्र भएर बग्ने ग्वाडलुप नदीको जलसतह बढेर ७।९ मिटर पुगेको थियो। बाढी…

Read More

काठमाण्डौं । चर्चित हास्य टेलि श्रृंखला ‘मेरी बास्सै’मा अप्सरा आमाको भूमिका गरेकी कलाकार लक्ष्मी श्रेष्ठको अन्त्येष्टि गरिएको छ। शनिबार बिहान पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको हो। त्यसअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर सम्मान गरिएको थियो। क्यान्सरपीडित श्रेष्ठ शुक्रबार राति बितेकी थिइन्। दसैँदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो। त्यसयता उनी काठमाडौँको कपन बालुवाखानीस्थित घरमै थलिएकी थिइन। उनको अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी तथा रामचन्द्र अधिकारी, दीपकराज गिरी, दीपकप्रसाद आचार्य, सुशीला निरौला, गायिका राधिका हमाललगायत कलाकार सहभागी भएका थिए।…

Read More

काभ्रे । अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल भाँचिएको छ । काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि उक्त सडकमा पूर्णरुपमा आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुले जानकारी दिए । रातिको समयमा नाला पुलबजार छेउको पुल भाँचिएपछि यात्रुहरू र स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने यातायातका साधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् । धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकोले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि वैकल्पिक सडक अवरुद्ध भएको हो । सुर्यविनायक सडक खण्ड निर्माण कार्य…

Read More

काठमाडौं । एसीसी यू(१६ इस्ट जोन कपको फाइनल खेल जित्न नेपालले सामान्य लक्ष्य पाएको छ । सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको हो ।टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०।५ ओभरमा ११३ रनमा अलआउट भयो । सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए । नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए । नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ…

Read More

काठमाडौँ । बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा दुवै देशका नीति निर्माताहरू, कूटनीतिज्ञहरू, व्यावसायिक नेताहरू र प्रविधि उद्यमीहरूने नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी तथा सहकार्यका थुप्रै सम्भावनाहरू रहेको जनाएका छन् । लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल दक्षिण एसियाको सबैभन्दा लोकतान्त्रिक र समावेशी मुलुकमध्ये एक भएको बताउनुभयो । उहाँले पछिल्लो समयमा भएको आर्थिक तथा नीतिगत सुधारहरूको उल्लेख गर्दै नेपाल अहिले ऊर्जा निर्यात गर्ने देश बनेको छ र जीवन्त आइटी बजार रहेको बताउनुभयो । राजदूत घिमिरेले बेलायती कम्पनीहरूलाई नेपालको  आइटी सेवा आउटसोर्स गर्न  र नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालका लागि बेलायतका…

Read More

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न भनेको छ । आगामी आवदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्नका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । सो प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व सरकारले नबेहोर्ने जानकारी गराइएको छ…

Read More

काठमाण्डौं । सुनचाँदी व्यवसायीहरुले सडकमा विरोध प्रदर्शन गरेका छन्। सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र अन्य बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर ( भ्याट ) को विरोध गर्दै व्यवसायीहरुले शुक्रबार र्‍याली निकालेका हुन्। उनीहरुले सुनचाँदी कारोबारको प्रस्ट नीति नियमावली ल्याउन, सुनको भन्सारदर ६ प्रतिशत कायम गर्न समेत माग गरेका छन्। सुनचाँदी व्यवसायीहरुले माइतीघर, बबरमहल हुँदै बानेश्वरसम्म र्‍याली निकालेका थिए। सरकारले नयाँ बजेटमार्फत करको व्यवस्था गरेको थियो। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भने नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ०को ग्रे लिस्टमा परेकाले त्यसबाट बाहिरिने तयारीस्वरुप यस्तो व्यवस्था गरेको बताउँदै आएका छन्। उनले सुनचाँदी र बहुमूल्य धातुको कारोबारलाई पारदर्शी बनाउन कर…

Read More

कैलाली । नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए। सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द्रको पत्र आएपछि दलको बैठकले सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए। मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार नाउपाबाट सरकारमा सहभागी उद्योग मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। मन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिएको हो

Read More