Author: Transparentgroup
काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि…
भोजपुर । भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका २ का राजेन्द्र राईले ९रामप्रसाद राई०ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि राई आफैँले गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए । लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो । उनले राति सुतिरहेको बेला सासूले आफूमाथि आक्रमण गरेको र ब्युँझिँदा…
काठमाण्डौं । कुन्ती मोक्तानको चर्चित गीत छ– ? हुम्ला जुम्ला गाडीमा कहिले जाने हो ? सडक पूर्वाधारले नछोएको हुम्लाको परिवेशमा लेखिएको यो गीतले भूगोलको सौन्दर्य र पुग्न नसकेको कठिनाइलाई वर्णन गरेको छ। हो त्यही सुन्दर हुम्ला आजबाट सडक सजालमा जोडिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै छन्। कर्णाली करिडोरको खार्पुनाथ(५, मा पर्ने चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला जान लागेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार आज बिहान १० बजे बेलिब्रिजको उद्घाटन हुने छ। देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोट मात्र हो।…
काठमाडौँ । सङ्घीय संसद्का विभिन्न समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन् । यस्तै, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ । राष्ट्रियसभातर्फको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ । संयुक्त समितिको रुपमा रहेको संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्ने गरी कार्यसूची निर्धारण भएको छ । अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता…
काठमाण्डौं । एएफसी महिला एसियन कप २०२६ छनोटमा नेपालले आज घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समय अनुसार राति ९स्१५ बजे खेल सुरु हुनेछ। समूह ‘एफ’ मा दुबै टोली समान ६ अंकसहित शीर्ष स्थानमा छन् र दुबै टोलीले हालसम्म गोल खाएका छैनन्। फिफा वरियतामा उज्वेकिस्तान ५१ औं र नेपाल १०० औं स्थानमा छन्। अघिल्ला तीनै खेलमा उज्वेकिस्तान विजयी भए पनि नेपाली टोलीका लागि यो खेल इतिहास उल्ट्याउने अवसर बनेको छ। समूह विजेताले सन् २०२६ मा अस्ट्रेलियामा हुने महिला एसियन कपमा स्थान बनाउनेछ।
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा ( एसईई ) उत्तीर्ण सामुदायिक र धार्मिक विद्यालयका विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमबीच विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो । २०८१ सालको एसईई परीक्षामा रोहिणीभित्र रहेका सामुदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए । उनले आगामी दिनमा पनि साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिने बताए । ‘विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र अध्ययनतर्फ थप प्रेरित गर्ने उद्देश्यले साइकल वितरण गरिएको हो’, उनले भने । अघिल्लो वर्षभन्दा यस वर्ष सामुदायिक विद्यालयको नतिजामा सुधार आएको उनको भनाइ छ । श्री छिपागढ माध्यमिक…
काठमाडौं। नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गरेको हो। नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो। सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। योसँगै संगापुर समूह चरणको हारको बदला लिन फेरि चुकेको छ। यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो। नेपाललाई जित दिलाउन जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका प्रहार गरे। अभय यादव १० रनमा अविजित रहे। नेपालले…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्। शनिवार काठमाडौँमा स्वं गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोइराला र आफूबीचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताए। पार्टीबाट निकालेपछि र प्रधानमन्त्री खोसेपछि आफूले गिरिजा र तत्कालीन राजा ज्ञानेन्द्रलाई गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भन्ने गरेको पनि उनले बताए। स्व. कोइराला लडाकु व्यक्ति भएको स्मरण गर्दै उनी नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोच्न नसक्ने स्थिति रहेको देउवाले बताए। गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई जाने उनले बताए।
काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नेकपा ( माओवादी केन्द्र ) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गर्दै उनले महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको बताए । आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रुपमा तपाईंहरु सबै पनि…
काठमाडौं । नेकपा माओवादी केन्द्रलगायत पाँच वामपन्थीले इजरायलले मध्यपूर्वका मुलुकमाथि गरेको हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने भएका छन् ।माओवादी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पाँच दलको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । प्यालेस्टाइनीमाथिको बर्बरतापूर्ण इजराइली नरसंहारविरुद्ध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल भएको उनले बताए ।महासचिव गुरुङले अन्य दलसँग पनि छलफल अघि बढाइने जानकारी दिए । उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा ( विप्लव ) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा ( मसाल ) का महासचिव…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क