Author: Transparentgroup
काठमाडौँ । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो । अध्यक्ष लामाले भन्नुभयो, “नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।” वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुको विशेष…
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ बजे बस्दैछ । सोमबारको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ । यसैगरी ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्नुहुने कार्यसूची छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नु हुनेछ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास ९पहिलो संशोधन० विधेयक, २०८२’ प्रस्तुतगर्नुहुने सम्भावित…
काठमाण्डौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्केन घोषणा गरेपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ। नेकपा एमाले र नेकपा माओवादी र अन्य दलका नेताहरुले समेत भेटघाटलाई तीव्रता दिएका छन्। पूर्व राष्ट्रपति भण्डारीले पनि भेटघाटलाई सहज बनाउँदै लगेकी छिन्। राजनीतिक चासो र चिन्ता भएका व्यक्तिहरूले भेटघाटलाई तीव्रता दिइरहेका बेला काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहले पनि भेटघाट गरेका छन्। बिहीबार दिउँसो नेकपा एमालेका एक नेतालाई साथ लिएर गएका बालेनले पूर्व राष्ट्रपति भण्डारीसँग करिब एक घण्टा बिताएका थिए। पूर्व राष्ट्रपति भण्डारीसँग भेटघाटमा लागि काठमाडौंका एक नेताले समय मिलाएका थिए। उनै नेताले बालेनलाई लिएर पुगेका थिए। काठमाडौं क्षेत्र नं(९ बाट निर्वाचित एमाले…
काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेस उम्मेदवार अफताब आलमका काकाको घरमा बम विस्फोट भयो । उक्त घटना बाहिरिने डरले आलम लगायतले घाइतेहरूलाई ज्युँदै नजिकैको इँटाभट्टामा पोलेको प्रहरीको आरोप थियो । त्यस क्रममा मृतकहरूलाई पनि इँटाभट्टामा हालिएको थियो । उक्त घटनामा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दियो । घटनाको १५ वर्षपछि अनुसन्धान थाल्दा धेरै प्रमाण लोप भइसकेका थिए । जाहेरी दिने पीडित आमाको गोली हानी हत्या भएको थियो । जसोतसो निकै कठिनाइका साथ प्रहरीले प्रमाण जुटाएर अभियोजन गरेको घटनामा जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतको वीरगञ्ज इजलासले आरोपितहरूलाई सफाइ दिएको हो । सो क्रममा उक्त घटनाका साक्षी…
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा नटुङ्गिएको विषय टुङ्गो लगाउन सरकारलाई ५ दिनको समय दिएको छ । समितिका सभापति अम्मरबहादुर थापाले आगामी ५ दिनभित्र विधेयकमा नटुंगिका विषय टुग्याएर सहमति जुटाएर आउन सरकारलाई निर्देशन दिएका हुन् । समितिबाट आजै विधेयक टुङ्ग्याउने तयारी भए पनि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले केही विषय टुङ्गिन बाँकी रहेको बताएका थिए । बहुमत सदस्यहरु आज ९आइतबार० नै विधेयक टुङ्ग्याउनुपर्ने पक्षमा थिए । शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्न माग गरे । त्यसपछि केहीबेर छलफल भएर बैठक स्थगित भएको थियो ।
हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आजै पास गर्ने तयारी गरिएको छ। आज बस्ने प्रदेश सभाको बैठकबाट प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२? ०८३ को बजेट पारित गर्ने तयारी गरिएको हो। बजेट माथिको विवादका कारण गत असार १२ गतेदेखि पटक पटक अवरुद्ध हुँदै आएको प्रदेशसभाको बैठक शुक्रबार दिउँसो र शनिबार अबेर गरेर बसेको थियो। शुक्रबार बजेट वक्तव्य माथि छलफल गरेर विनियोजन विधेयक पेस गरे पनि प्रतिपक्ष दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो। शनिबार बिहानै दलहरूबीच छलफल गरे पनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ संसदमा बजेटको पूरक प्रस्ताव दर्ता गराएको…
काठमाडौं । नेकपा एसको सचिवालय बैठक अहिले बसिरहेको छ । विहीबार केहीबेर बसेर महासचिव घनश्याम उपाध्यायको अस्वस्थाको कारण देखाउँदै स्थगित बैठक केहीबेरअघिबाट सुरू भएको हो । बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा, समसामयिक राजनीतिक विषय मूल एजेण्डा छन् । योबाहेक नेतृ रामकुमारी झाँक्रीले केही दिनअघि नेपालमाथि दिएको विस्फोटक अभिव्यक्तिले पनि प्रवेश पाउने बताइएको छ । आजको बैठकले उनीमाथि कारबाहीबारे केही निर्णय गर्ने सम्भावना रहेको उपाध्यक्ष जयन्ती राईले बताइन् । नेकपा एसका नेताहरूले झाँक्रीलाई स्पष्टीकरण सोधेको बताउँदै आएका छ्न् । तर, विहीबार आफ्ना कुरा राख्न भनी बैठकमा आएकी उनले आफूलाई कुनै स्पष्टीकरण नसोधिएको उल्टै नेताहरूले सामाजिक सञ्जालमा…
काठमाडौँ । नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन् । आज जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागिरहेको बताए । यसको नेतृत्व अध्यक्ष प्रचण्डले गरिरहेको उनको भनाइ छ । प्रचण्डलाई स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीहरूले सहयोग गरिरहेको पनि उनले बताए । वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरू पनि रहेको उनको आरोप छ । तर पनि अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकुल अवस्थामा नपुगेको महासेठले बताए । सचिव महासेठले देशमा अहिलेको गठबन्धनको विकल्प नरहेको समेत बताए ।…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको आरोप लगाएकी छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले उड्दै नउड्ने जहाँज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताइन् । ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने । यसको कारण भ्रष्टाचार हो,’ उनले भनिन्, ‘हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौं, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ ।’ सांसद कार्कीले जहाज चढ्दा आफ्ना भगवानहरू पुकार्दै चढ्न नपर्ने र सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वासका साथ चढ्न…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ( नाउपा ) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । समर्थन फिर्ताको निर्णय आज संसद् सचिवालयका दर्ता गराउने तयारी भइरहेको संसदीय दलका नेता गङ्गा चौधरीले जानकारी दिए । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको भन्दै अब पार्टी प्रतिपक्षमा बस्ने जानकारी गराइन् । उनले आजै राज्यमन्त्री चौधरीले राजीनामा बुझाउने समेत बताइन् । ‘हिजो समर्थन फिर्ता लिएको विषय आज औपचारिक रूपमा संसद् सचिवालयका दर्ता हुन्छ’ उनले भनिन् ‘त्यसपछि हामी प्रतिपक्षमा बस्छौ । हाम्रो मन्त्री ज्यूले आजै राजीनामा दिनुहुन्छ ।’ भोलि प्रतिनिधि सभाको बैठक…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क