Author: Transparentgroup

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् । बैठकले अध्यक्षद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावउपर समेत निर्णय गर्ने बताइएको छ ।

Read More

काठमाडौं । भारतको बिहार राज्यमा आज ( बिहीबार )  विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि मतदान हुन गइरहेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहारको राजधानी पटना पनि पहिलो चरणमा मतदान हुने क्षेत्रमा पर्दछ । पहिलो चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल ( आरजेडी )  का नेता तेजस्वी यादवलगायतका ‘हेभिवेट’ हरू प्रतिष्पर्धामा छन् । बिहारका बाँकी २० जिल्लाका १२२ विधानसभा क्षेत्रमा दोस्रो चरण ( ११ नोभेम्बार )  मा मतदान हुने छ । निर्वाचन आयोगले १४ नोभेम्बरमा चुनावको नतिजा घोषणा गर्ने योजना बनाएको छ । नेपालसँग सीमा…

Read More

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा। रामवरण यादवबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो । प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन् । त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखे । उनले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सह्राना गरे । पूर्वराष्ट्रपति यादवले भने, ‘राजनीतिक दलहरु चुनावमा जानैपर्छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो ।’ उनले…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कंदै छन्। राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

Read More

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २८ गते देखि सुरु बैठकमा बुधबार पनि नेताहरूले आआफ्नो धारणा राख्नेक्रम चलिरहेको छ । पार्टीको १५औं महाधिवेशनसहितका विषयमा पार्टीका नेताहरूले आआफ्नो तर्क राख्ने क्रमजारी छ । पार्टीको विशेष महाधिवेशनको विषय केही दिनअघिसम्म प्रधान हुँदै गएपनि पछिल्ला दिनमा उक्त विषय कमजोर बन्न पुगेको छ । बुधबारको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुरका साथै केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के।सी।, अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा।डा। गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, माया राई, सुशीला ढकाल ९आचार्य०,…

Read More

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आगामी कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम सोनालले विश्वासको मत लिनका लागि व्यवस्था मिलाइ दिन प्रदेशसभा सचिवालयलाई पत्र पठाइसकेका छन् । आज (बुधबार) पत्र पठाएपछि प्रदेशसभा सचिवालयले कात्तिक २२ गते शनिबार दिनको १ बजे प्रदेशसभाको वैठक अह्वान गरेको छ । मधेश प्रदेशको सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) लाई सत्ताबाट अलग गराउँदै मधेशमा सोनाल मुख्यमन्त्री नियुक्त भएका थिए । सोनाललाई लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायतका दलहरुको समर्थन रहेको छ ।

Read More

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एकता कार्यक्रममा नेता देवप्रसाद गुरुङले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । नेकपा ( माओवादी केन्द्र ) , नेकपा ( एकीकृत समाजवादी )  लगायत विभिन्न १० वाम घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको हो । नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल रहेका छन् । यस्तो छ २३ बुँदे घोषणा पत्र हामी तपशीलका विषय दृढतापूर्वक अवलम्बन गर्न प्रतिबद्ध छौंः १.नेपालको राष्ट्रिय स्वाधिनता, भौगालिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने । २.राष्ट्र र जनताप्रति इमान्दार, निष्ठावान र समर्पित भई काम गर्ने…

Read More

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नवगठित दल नेकपा एक नम्बरको पार्टी बन्ने दाबी गरेका छन् । आज ( बुधबार )  भृकुटीमण्डपमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत यो दल पहिलो ९एक नम्बर० को हुने दाबी गरेका हुन् । सम्बोधनको क्रममा उनले भने,‘नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बर पार्टी बनाउन कसैले रोक्न सक्दैन । प्रतिक्रियावादीलाई निद्रा नलागेको होला । नलागे नलागोस् । तर यसो भनेर अहङ्कारमा जानु हुँदैन । सबैलाई मिलाएर जानुपर्छ ।’ दाहालअघि बोलेका वामदेव गौतमले पनि नेकपाको पार्टी सदस्य ६ महिनाभित्रै २० लाख पुग्ने दाबी गरेका थिए । प्रधानमन्त्री…

Read More

काठमाडौं । भदौ २३ र २४ गतेको घट्नाको जाँचबुझ गर्न गठित न्यायिक आयोगले रास्वपाका सभापति रवि लामिछानेसँग बयान लिएको छ । बयानको लागि लामिछानेलाई आज अपरान्ह सिंहदरबार ल्याईएको थियो । उनीसँग ६ घण्टाभन्दा लामो बयान लिईएको हो । बयान सकिएलगत्तै उनलाई नख्खु कारागार पठाईएको छ । भदौ २३ गतेको जेनजी आन्दोलनको भोलिपल्ट २४ भदौमा रवि लामिछाने नख्खु कारागारबाट निस्किएका थिए । लामिछानेले कारागारबाट निस्किँदै गर्दा पत्र प्राप्त भएको बताएका थिए । तर, त्यो पत्र नै नक्कली भएको र आवश्यक प्रक्रिया नपुगेको बताईन्छ । आयोगले आजमात्रै नेपाल प्रहरीका आईजिपी चन्द्रकुबेर खापुङसँग पनि बयान लिएको छ ।

Read More

महेन्द्रनगर। हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। बिहान ८ बजे विपीनको निवास ( भीमदत्त नगरपालिका ) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए । विपीनको शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। इजरायलले सोमबार स –सम्मानका साथ विपीनको शव नेपाललाई हस्तान्तरण गरेको थियो । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (…

Read More