Author: Transparentgroup

रसुवा । बाढीले क्षति गर्दा एकसय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित चारवटा विद्युत् आयोजनामा क्षति पुगेको छ । चिलिमे जलविद्युत् आयोजनाका सीईओ इन्जिनियर बाबुराजा महर्जनका अनुसार आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएको छ। त्यहाँबाट उत्पादन हुने १११ मेगावाट जलविद्युत् अहिले पूर्णरुपमा ठप्प रहेको महर्जनले जानकारी दिए। ‘रसुवागढीसँगै ६० मेगावाट क्षमताको त्रिशूली(३ ‘ए’, २१ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ,’ महर्जनले नेपालखबरसँग भने, ‘बाढीले गरेको क्षतिको कारण आजबाट दुईसय मेगावाट क्षमताको प्रशारण लाइन पूर्णरुपमा अवरुद्ध छ।’

Read More

धादिङ । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । यसैबीच धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा मंगलबार बिहान अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ। गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ एक आफन्तको बिहान ५ बजे निधन भएपछि शवलाई चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गरिँदै थियो। बिहान साढे ९ बजेतिर त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएको गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिए।

Read More

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसले दुस्ख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वक्तव्य जारी गर्दै बाढीमा परेकाहरुको उद्धारलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण पनि गराएका छन् । वक्तव्यमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । ‘यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, वक्तव्यमा उल्लेख छ । कांग्रेसले एक्यबद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजनाका साथ तत्पर रहन तीनै तहको सरकारलाई आग्रह गरेको छ । प्रकोपको बेलामा सतर्क रहन नागरिकलाई पनि आग्रह गरेको छ । भोटेकोशीको बाढीमा परेका तीन…

Read More

काठमाण्डौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् ९काम कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० विधेयकमाथि राष्ट्रियस भाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। यसैगरी, अपराह्न…

Read More

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुषपकमल दाहालले भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन अनुरोध गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्दै बाढीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु। अध्यक्ष दाहालले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि दिएका छन्। मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूली नदी लगायत केही नदीहरूको जल सतह बढेको भन्दै ‘आफू सुरक्षित होऊँ, अरूलाई पनि सुरक्षित राखौँ भन्ने जानकारी दिँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्। ‘त्रिशूली नदी लगायत केही नदीहरूको जल सतह बढेका समाचारहरू आएका छन्। जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विपत् व्यवस्थापन विभागले सम्पर्कका लागि दिएका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहौँ।’ उनले मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ’हाई अलर्ट’मा राखेको बताउँदै सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक साधन र उद्धार उपकरण सहित…

Read More

काठमाडौँ । रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं।२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ । बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति भएको छ । यससँगै मानिस र सवारी साधनमा आगत जावत बन्द भएको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा ११ उद्धारकर्मी फसेका छन् । नेपाल चीन जोड्ने मितेरी पुल समेत बगाउनेगरी आएको बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर ९यार्ड० मा राखिएका सयौं गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए। हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए। यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ। त्यसअघि प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा स्पेन भ्रमण र संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलगायतका विषयमा सम्बोधन गर्दैछन्। असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए।

Read More

काठमाण्डौं । सत्तारूढ दल नेकपा ९एमाले०का सांसद किरणकुमार साहले रौतहटमा मानिसहरूलाई जिउँदै इँट्टाभट्टामा जलाएको घटनामा आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरूमाथि महाभियोग प्रक्रिया अगाडि लगाउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले जघन्य अपराधको घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका आफताव आलमको जन्मकैदको फैसला उल्ट्याउने उच्च अदालत जनपुरका न्यायाधीशहरुमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाउन माग गरेका हुन्। जिल्ला अदालतको जन्मकैदको फैसला उल्ट्याएर उच्चले गरेको फैसला अहिले जनमानस र सञ्चारमाध्यमहरूले राजनीतिक संरक्षणको परिणामका रूपमा ब्याख्या गरेको पनि उनले बताए। यदी सरकार साँच्चै स्वतन्त्र न्यायपाकिला चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने…

Read More