Author: Transparentgroup

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन कार्यदल गठन गर्ने भएको छ । उक्त कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल गर्नेछ । कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकार भएका नागरिक समाजसँग संवाद गर्ने कांग्रेसले निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार १६ देखि सुरु भई सोमबार सम्पन्न बैठकले उक्त निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सोमबारको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बैठकले आफ्नै नेतृत्वमा बनेको सङ्घीय…

Read More

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ खुवाएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए । शपथपछि उनीहरुको आजै इजलास समेत तोकिएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न जाने भएका छन् । सोमबार राति रसुवाको भोटेकोशीमा आएको बाढीलेका कारण ठूलोमात्रामा धनजनको क्षति भएको छ । उक्त क्षेत्रको अवलोकनमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेललगायतको टोली प्रभावित क्षेत्रको अनुगमनमा लान लागेको हो । ‘रसुवामा एकदमै डिजास्टर भएको छ । हामी त्यहाँ जान लागेका छौं । अहिले त्यहाँ गएर हेर्छौं, हेरेपछि के गर्नुपर्छ भन्छौं,’– गृहमन्त्री लेखकले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भने । बाढीग्रस्त क्षेत्र अवलोकनका लागि तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा…

Read More

काठमाडौं । बाढीका कारण रसुवागढी जलविद्युत आयोजना क्षेत्रमा फसेका २३ जना कामदारको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । रसुवागढी नाका भएर नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको बाढीले उनीहरु फसेका थिए । बाढीका कारण रसुवाको गोसाईंकुण्ड–२ स्थित रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले बताएको छ । बाढीका कारण रसुवागढीस्थित मितेरी पुल पूर्णरुपमा क्षति भएको छ । नेपाल,चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अवरोध भएको र नदी तटीय क्षेत्रका संरचनाहरुमा क्षति पुगेको बताइएको छ ।

Read More

काठमाडौं । नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । सोमबार सङ्घले आकस्मिक तथा सघन उपचार सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो । सेवा बहिष्कारमा सरकारी लगायत निजी अस्पताल तथा ‘क्लिनिक’ले पनि ऐक्यबद्धता जनाएका छन् । सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था संशोधन गर्नुपर्ने माग गर्दै आन्दोलन जारी राखेको जनाएको छ । सङ्घकाअनुसार हालसम्म सरकारबाट कुनै सार्थक पहल नदेखिएकाले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै सङ्घले विरोध जनाउँदै आएको हो । बिरामीको उपचारमा लापरबाही…

Read More

काठमाडौं । रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन् । इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ । ‘ठ्याक्कै कति गाडी थिए र क्षतिको विवरणबारे पछि नै खुल्छ, प्रारम्भिक अनुमान अनुसार १ सय भन्दा बढी गाडी बगेको अनुमान गरिएको छ,’ उनले भने । यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको थियो । केही गाडीहरु राति नै माथि सारिएको समेत जानकारी आएको उनले बताए ।…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् ।कार्यक्रमहरु स्थगित गरेर आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।उनले आज सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ ।’ उनले सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी हुन नदिन निर्देशन पनि दिएका छन् । साथै सरकारी निकायहरुले गरिरहेको उद्धारको काममा सबैको सहयोगको अपेक्षा पनि उनले गरेका छन् । प्रधानमन्त्रीका अनुसार बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरु आएका छन् ।…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले क्षति पु¥याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् । सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् । उनले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरणलाई प्रभावकारी रुपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध पनि गरेका छन् । उक्त बाढीमा परेर हालसम्म छ चिनियाँ नागरिकसहित १८ जना हराइरहेका छन्भने नौ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवर्ताको लागि बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा अहिले दुई नेताबीच छलफल चलिरहेको छ । भेटवार्तामा कांग्रेसबाट गृहमन्त्री रमेश लेखकपनि सहभागी छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सकिएको भोलिपल्ट देउवाले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । कांग्रेसले एमालेसँगको सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । तर, सरकारको प्रभावकारितामा प्रश्न उठाएको छ । पदाधिकारीहरुले सरकारको गति बढाउनको लागि मन्त्रीहरु फेर्नुपर्ने आवाज उठाएका छन् । पार्टीको हिजो सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयसहित देउवा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । सरकारको एक वर्षपनि पुग्न लागेकोले कसरी…

Read More

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएर बाढीमा फसेकाहरुलाई उदार गर्न गएको तीन प्रहरी बेपत्ता भएका छन् । अहिलेसम्म बेपत्ता हुनेको सख्या ३ प्रहरीसहित १८ जना पुगेको छ ।रसुवा प्रहरीका अनुसार बाढी आएपछि उद्धारमा खटिएकामध्ये इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा बेपत्ता भएका हुन् । बेपत्ता हुने अन्यमा १२ जना नेपाली नागरिक र ६ जना चिनियाँ रहेको बताइएको छ । बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा नेपाली नागरिक जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, नरेन्द्र विक, फुर्वा लामा,…

Read More