Author: Transparentgroup
काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले राप्रपाले निरन्तर सदन अवरोध गर्दै आइरहेको छ। सरकारले गठन गरेको छानबिन समितिमा उनीहरुले चित्त बुझाएका छैनन्।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले असार २३ गते अर्यालसहित ती जनाको नाम सिफारिस गरेको थियो । समितिले अर्यालसहित हालका निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्व डीन प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो । ओलीले जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख समेत रहेका अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । उपकुलपति प्रा।डा।केशरजङ्ग बरालले राजीनामा दिएपछि केसीलाई तीन महिनाको लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । बरालले दिएको…
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका हुन् । तर, हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको उनले तर्क गरे । हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएकोले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकूलन प्रवर्द्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्छ,’ उनले भने । मन्त्री अधिकारीले थपे, ‘कृषिमा हरित लगानी बढाउने, नवीकरणीय…
काठमाडौँ। बुधबार सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्नहुने कार्यसूची छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो । यसैगरी उहाँले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्नुहुने कार्यसूची छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई बुधबार सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा काँस्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख रुपियाँ पुरस्कार–प्रमाणपत्र प्रदान गरियो । यस्तै, गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन ९महिला० मा कास्य पदक विजेता खेलाडी मनमती विष्टसहितलाई एक लाख ५० हजार रुपियाँका दरले पुरस्कार दिइएको छ । यस्तै, गत असोज २० देखि २६ गतेसम्म…
काठमाडौं । नेपाल(चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिकसमेत रहेका छन् । बेपत्ताको संख्या थपिएको सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटमा उल्लेख छ । दिउँसो ३ः५० को अपडेटअनुसार गोरखाको पालुङटार( ६ का डिलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता भएका छन् । हालसम्म ५१ पुरुष र ४ महिला गरी ५५ जनाको उद्धार भइसकेको छ । प्रहरी, सेना र सशस्त्रको संयुक्त उद्धार टोली त्यहाँ सक्रिय छ । बाढीले १०० भन्दा बढी सवारीसाधन बगाएको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारीको बचत रकम अपचलन प्रकरणका नाइके भनिएका जिबी राईसँग अरबौं रुपैयाँ डिल गरे पक्राउ नगरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले हिजो प्रतिपक्षमा हुँदा पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्रीले अहिले त्यसतर्फ चासो नदेखाएको बताए। जिबी राई कहाँ छन्रु जिबी राईलाई अहिलेको सरकारले कति अरबमा डिल गर्यो ? उनले भने, हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छरु जिबी राई चाहियो यहाँ। सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ। शाहीले सहकारीको विषयमा छानबिन गर्न बनेको जस्तै भिजिट भिसा प्रकरणमा पनि…
काठमाडौं। नेकपा एमालेले बाढी(पहिरो पीडितको राहत र उद्धारमा खट्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत र उद्धार प्रभावकारी रुपमा गर्न सरकारसँग माग गरेको हो । ‘प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्दार, राहत र बेपत्ताको खोजीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’ पार्टीका उपमहासचिव भक्त कुमारी लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै एमाले बागमती प्रदेश कमिटी, जनवर्गीय संगठन, मातहत कमिटीका सम्पूर्ण कार्यकर्ताहरूलाई बाढी उद्दार र रात कार्यमा सक्रिय सहभागी हुन पार्टीले निर्देशन दिएको छ । हालसम्म चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ…
काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । मंगलबार दिउँसो प्रारम्भिक संवाद गरेको सरकारले फेरि बस्नेगरी स्थगित गरिएको छ । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल भएपछि आन्दोलनरत पक्षलाई बोलाइएको थियो । बैठकमा संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सन्दिप तिवारी, संघका पूर्वअध्यक्ष डा.लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाल लगायतको उपस्थिति थियो । संघका अध्यक्ष डा.अनिल कार्कीले औपचारिक रुपमा बोलाएपछि छलफलमा बस्ने बताए । ‘मन्त्रिपरिषद्ले हैसियत निर्णय अधिकार लिएर आउने भएमात्रै संवादमा बस्न तयार छौ भनेका छौं,’ डा .…
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मर्नेको संख्या ७ पुगेको छ । नेपाल प्रहरीका अनुसार अहिलेसम्म सात जनाको शव फेला परेको छ । बाढीमा परी बेपत्ता हुनेको संख्या भने १८ रहेको छ । बेपत्ता १८ मध्ये ३ जना नेपाल प्रहरी, ६ जना चाइनिज नागरिक, ९ जना नेपाली रहेका छन् । त्यस्तै, बाढीको कारण फसेका ५५ जनाको सकुशल उद्धार गरिएको छ । बाढीका कारण गोसाईँकुण्ड गाउँपालिका १, २ र ३, आमाछोदिङ्मो गाउँपालिका १, २, ४ र ५, उत्तरगया गाउपालिका २, ४ र ५, कालिका गाउँपालिका १ क्षेत्र प्रभावित भएको छ । बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क