Author: Transparentgroup
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ । विभागले बिहीबार उक्त बाढीबारे अपडेट गराउँदै हिमताल विस्फोटबाटै बाढी सृजना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पनि विभागले जनाएको छ । ‘आगामी दिनमा भू–उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले समेत थप पुस्ट्याइँ दिन सक्नेछ’, विभागले भनेको छ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने व्यहोरा अवगत गराएको छ । चीनको लेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा आएको…
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा। चन्द्रकान्त भण्डारीले पार्टीले चलाएको अनुशासनको कारबाहीलाई प्रतिशोधको संज्ञा दिएका छन् । उनले पार्टीले चलाएको अनुशासनको कारबाहीको सन्दर्भमा फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यसलाई बेमौसमी बाजाको संज्ञा दिएका छन् । उनले कारबाही गरिएको निर्णयलाई अपरिपक्व भन्दै त्काल फिर्ता लिन आग्रह गरेका छन् । उनले फेशबुकमा लेखेका छन् । अनुशासनको कारवाही हो कि प्रतिशोध ? आफ्नो पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति नेपाली उखान ‘ पोहोर मरिन् सासु अहिले आए अॅासु ‘ बेमौसमी बाजा , गम्भीर आपत्ति, .अपरिपक्क निर्णय तुरुन्त फिर्ता गर ।
सिन्धुपाल्चोक । नेपाल(चीन जोड्ने मुख्य नाका तातोपानी पुग्ने सडक पहिरोको कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। कोदारी राजमार्गको इकु भन्ने स्थानमा आज बिहान आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको हो। माथिबाट पहिरो खस्ने र तलबाट भोटेकोशीले सडक कटान गरेपछि सडक सुचारु गर्न समस्या भएको प्रहरीले जानकारी दिएको छ। सडक विभाग र प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सम्भव भएको छैन। रसुवा नाका बन्द भएपछि तातोपानी नाकाबाट व्यापार सहज हुने नाका सम्बद्ध व्यापारीहरुले अपेक्षा गरे पनि जीर्ण सडकको कारण पटक पटक सडक अवरुद्ध भएपछि व्यापारीहरू चिन्तित भएका छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउसो ४ बजे बस्ने गरी बोलाइएको सचिव गङ्गानारायण श्रेष्ठले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल श्रेष्ठले बताए । साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ
काठमाडौं । नेपाली कांग्रेसले अन्तर्घात गरेको आरोपमा पार्टीका नेताहरुलाई अनुशासनको कारबाही गरेको छ । अनुशासनको कारबाहीमा पर्नेमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालदेखि पूर्वमन्त्री कुमार खड्कासमेत रहेका छन् ।केन्द्रीय अनुशासन समितिको बैठकले गत २०७९ स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोपबाट कारबाहीको डन्डा चलाएको हो । ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८२ असार ९–१७ गतेसम्म वसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक संजाल, अडियो र भिडियो लगायत अनेकन हत्कण्डाहरु…
काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा,…
काठमाडौँ । नेपालमा हिउँ पग्लेर बाढी आउने क्रम बढेको छ, जसले यहाँ जनधनको क्षति हुने उच्च जोखिम बढाएको छ । मङ्गलबार बिहान छिमेकी चीनको तिब्बतस्थित हिमालबाट नेपाल–चीन सीमा क्षेत्र हुँदै ठुलो बाढी आयो । नेपालको रसुवादेखि ३५ किलोमिटरमाथि रहेको हिमनदीका बिचमा बनेको हिमताल फुटेर बाढीको सिर्जना भएको हो । हिउँ पग्लेर ठुलो ताल बनेपछि हिमनदीले बाढीको रूप लिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशराज भट्टले जानकारी दिनुभयो । हिमनदीको बाढी ल्हेन्देखोला हुँदै भोटेकोशी अनि त्रिशूलीबाट नेपालमा फैलिएको थियो । चीन र अन्य क्षेत्रबाट प्राप्त स्याटेलाइट तस्बिरहरूले पनि हिमतालको पानी नै बाढी बनेर नेपाल आएको देखाएको छ…
काठमाण्डौं । सरकारले एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी ९३८ अर्ब ६१ करोड० सरकारी खर्चको भुक्तानी गरेको छ। कानुनत चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो। सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको बताइन्। ‘हाम्रो सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ। कानुनले विभिन्न परिस्थितिमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको बाहेक अब भुक्तानी रोकियो,’ अर्यालले भनिन्। महालेखा नियन्त्रकको कार्यालयका अनुसार थाती रहेका सबै प्रकारका भुक्तानी फरफारक गरिएको कारण एकै दिन ठूलो रकम निकासा भएको हो। गत वर्ष पनि भुक्तानी गर्न पाउने अन्तिम…
बागलुङ । अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब रु एक अर्ब चार करोड बराबरको क्षति पुर्याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको छ । जलविद्युत् आयोजना बगाउँदा झन्डै रु दुई करोड बराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए । आयोजनामा क्षति पुग्दा त्यस ठाउँका १ सय २२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । बाढीले सोही ठाउँमा मात्रै रु ३५ लाख खर्चेर निर्माण गरिएको पुल बगाएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको ‘ट्रान्सफर्मर’मा समेत क्षति पुर्याएको छ । यस्तै, त्यस ठाउँको खेतीयोग्य जमिन…
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकसँग छलफल हुनेछ । दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुनेछ । दिउँसो १ बजेका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुनेछ । दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क