Author: Transparentgroup
काठमाडौं । सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । विरोधका कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले पसल बन्द गरेकाले सुनचाँदीको भाउ समेत तोकिएको थिएन । विहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा व्यवसायीका माग सम्बोधन…
काठमाण्डौं । ‘सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ। यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ। त्यसैगरी, गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ( दोस्रो संशोधन ) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव…
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी सम्पन्न भएको छ। नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा बिहीबार यहाँ आयोजित ‘प्रदेशस्तरमा किसान सूचीकरण सम्बन्धी समन्वय गोष्ठी’मा किसान सूचीकरण कार्यक्रमको वर्तमान अवस्था र आगामी कार्यदिशा, यसको प्रादेशिक र जिल्लागत तथ्याङ्क, यसको आवश्यकता, नीतिगत पक्ष, तीन तह र तीसँग सम्बन्धित निकायको भूमिकाका विषयमा दुईवटा कार्यपत्र प्रस्तुति गरिएको थियो। कृषि तथा अर्थक्षेत्रका जानकार शशी अधिकारीले किसान सूचीकरणको आवश्यकता, प्रणालीका अवयव, यसको अवस्था, विशेषता र उपयोगिता, सूचीकरण प्रदेश तथा जिल्लागत तथ्याङ्क, कार्यक्रमका सवाल तथा आगामी कार्यदिशाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरे। उनले कृषि विकास कार्यक्रमलाई…
खोटाङ । स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिक रूपमा सङ्कलन भएको रु १२ लाख ४४ हजार ४६६ रकमबाट व्यवस्पान समितिमार्फत सिसी क्यामेरा जडान, प्रतिक्षालय तथा गोलघर निर्माण र कार्यालय व्यवस्थापनको काम गरिएको हो । प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईका अनुसार चन्दा सङ्कलन अभियानका क्रममा सङ्कलित रमकमध्ये रु १० लाख सात हजार ४९७ रकम सामान खरिद तथा जडानमा खर्च भएको छ । जसमा वडा नं १४ र १५ बाट आगामी आर्थिक वर्षको बजेटबाट…
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक भोलि बस्ने भएको छ। महानगरका मेयर बालेन शाहले भोलि शुक्रबार २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाउने टुंगो भएको वडा नम्बर २६ का वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिए। भोलि दुई बजे कार्यपालिका बस्ने भएको छ, उनले भने। स्रोतका अनुसार भोलि कार्यपालिका बस्नको लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ। कार्यपालिका बैठक राख्नको लागि कार्यकारीलाई छुट्टीमा बस्न लगाइएको छ, स्रोतले भन्यो, मेयरले नै कार्यकारीसँग बैठक नबस्ने भनेपछि बजेट ल्याउन कार्यकारीलाई छुट्टीमा बस्न लागाएका छौं। उहाँले स्वीकार गर्नुभएको छ।ु स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताएका छन्। बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै यस्तो बताएका हुन्। ओलीले नेपाल प्रिमियर लिग ९एनपीएल०का विषयमा राजनीति भइरहेको भन्दै ओलीले खेल नरोकिने बताए। सरकारमा राजनीतिक दल नै आउने हो। सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो। कृषि हो भने कृषिको विकास हुनुपर्यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्यो। त्यहाँ राजनीतिक गर्नुभएन, ओलीले भने, खेलमा हो भने खेलको विकास गर्नुपर्छ। खेललाई अगाडि लैजानुपर्छ। त्यहाँ पोलिटिक्सु गर्ने होइन। पोलिटिक्सका लागि देयर इज नो…
रसुवा । स्याफ्रुबेशी र रसुवागढी सडक खण्ड असार २४ गते मध्यराती भोटेकोशीमा आएको बाढी कारण पूर्ण रुपमा बन्द भएपछि विस्थापित भएका करिब ९ सय जनालाई सुरक्षित स्थानमा पठाइएको छ । सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाई ४ सय ८५ भन्दा बढिलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पु¥याएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । साथै भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र १ ईभि गाडीलाई सुरक्षित स्थानमा सारिएको छ । भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनमा क्षति पु¥याउनुकोसाथै बाढीमा परी सुरक्षाकर्मीसहित स्थानीय सर्वसाधारण बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूमा ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ…
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए । उनका अनुसार प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने समितिको तयारी छ ।
गुजरात । गुजरातको बडोदरा र आनन्दलाई जोड्ने पुल बुधबार भत्किँदा महिसागर नदीबाट १५ जनाको शव निकालिएको छ। बुधबार नै १३ जनाको शव निकालिएकोमा बिहीबार बिहान थप २ जनाको शव फेला पारेको हो । दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चार जना अझै बेपत्ता रहेको बताइएको छ। उनीहरूको खोजी जारी छ। बुधबार बिहान महिसागर नदीमाथिको पुल भत्किँदा दुई ट्रक, दुई कार र एउटा रिक्सा नदीमा खसेका थिए। एउटा ट्याङ्कर भने पुल भाँचिएको छेउमा अड्किएको थियो। यो ४५ वर्ष पुरानो पुलले दक्षिण गुजरातलाई सौराष्ट्रसँग जोड्थ्यो। यो पुल भत्किँदा भरुच, सुरत, नवसारी, तापी र वलसाडबाट सौराष्ट्र पुग्न अप्ठ्यारो भएको छ। अब…
काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला समूहको बैठकले नेताहरूमाथि गरिएको कारबाही विधानविपरीत र एकातर्फी भएको निष्कर्ष निकालेको छ । बिहीबार नेता कोइरालाको सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले नेताहरूमाथिको गरिएको कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकले कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई कारबाही गरेपछि नेता कोइरालाले समूहका नेताहरूको बैठक बसेको थियो । बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच अहिले अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको तर, हिजो समितिका संयोजक आनन्द छलफल…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क