Author: Transparentgroup
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने बताए । ‘मेरा सन्तान छैनन्, किन भएनन् भनेर उपचार पनि गराइन’ उनले भने, ‘यति साह्रो व्यस्त हुनुपनि भएन ।’ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरे । उनले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन…
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते दिउँसो बोलाइएको छ । बैठक करिब ४५ सेकेण्ड जतिमै टुंगिएको थियो । ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेका छ्न् । उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरे । बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको बताए । अन्य विषय केही नभएर बैठक सम्पन्न भएको घोषणा गर्दै उनी उठेर हिँडेका थिए । यसअघि आजै बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठक बसेको थियो । बैठकले आर्थिक वर्ष २०८२/ ८३…
काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने भएको छ। अभियानका अध्यक्ष गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो। साउन २ गते राष्ट्रिय सभागृहमा एकताको घोषणा गर्ने समझदारी भएको छ। गौतम यसअघि एकीकृत समाजवादीमा जाने चर्चाका बीच एमालेले बोलाएपछि त्यता लम्किएका थिए। तर एमालेले धोका दिएपछि उनी माधव नेपालको पार्टीमा समाहित हुने निष्कर्षमा पुगेका हुन्। पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ उपाध्यक्ष दिने सहमति भएको छ । शुक्रबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र…
काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सकिएको छ । मेयर बालेन साहको अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दैछ । साहले बैठकमा जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएको महानगरले जनाएको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णयसमेत गरेको छ । आजै बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगर सभाको…
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वल्र्ड डिष्ट्रिव्युशन प्रा। लि। र उक्त कम्पनीका अध्यक्ष अरुण श्रेष्ठलाई सो मुद्दामा प्रतिवादी बनाइएको छ । २०७६ माघ १५ गते राष्ट्रिय सूचना प्रविधि केन्द्र र कम्पनीबीच सम्झौता भएको थियो । तर, सम्झौता अघि प्राविधिक स्पेसिफिकेसन निर्धारणदेखि बोलपत्र मूल्यांकन सम्मका प्रक्रिया मिलेमतोमा गरिएको अख्तियारको…
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्र गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको छ । केन्द्रीय बैंकले राष्ट्रिय परिदृष्य पनि मध्यनजर गर्दै लचिलो मौद्रिक नीति ल्याएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले नीतिगत दर घटाएको छ । केन्द्रीय बैंकले स्थायी तरलता दर अर्थात् बैंक दर ०.५ प्रतिशत बिन्दुले घटाइ ६ प्रतिशतमा झारेको छ । त्यसैगरी नीतिगत दर ५ प्रतिशतबाट घटाइ ४.५ प्रतिशत बनाइएको छ । साथै, केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाइ २.७५ प्रतिशत बनाइएको छ । त्यसैगरी आगामी आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। गभर्नर डा. विश्व पौडेलले आफ्नो पहिलो मौद्रिक नीतिका तयारी पूरा गरेका छन् । केही बेरपछि बैंक सञ्चालनक समिति बैठक बस्न लागेको बैंकका सहायक सूचना अधिकारी डा. सञ्जयप्रसाद मिश्रले जानकारी दिए। हिजो पनि समितिको बैठक बसेको थियो । हिजो मौद्रिक नीतिको भूमिकामा छलफल भएकोमा आज थप नीतिगत व्यवस्थाहरुमा छलफल हुनेछ। समितिले नीति स्वीकृत गरे आजै दिउँसो सार्वजनिक गर्ने गभर्नर पौडेलको तयारी छ । यसपटक बजेटसँग समेत तादम्य हुनेगरी उदार मौद्रिक नीति ल्याउने तयारी छ । न्यून ब्याजदर हुँदा पनि कर्जाको माग बढ्न नसक्दा…
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ। महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको हो । “हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ । यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले महिलाको सशक्तिकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौँ । तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ । विद्यालयमा…
काठमाडौं। नेपाल क्रिकेट संघ ( क्यान ) एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ। शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको थियो। नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो। सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। योसँगै संगापुर समूह चरणको हारको बदला लिन फेरि चुकेको छ। नेपालसहित पूर्वी एसियाका भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी उक्त प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म मलेसियामा सम्पन्न भएको…
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनी भ्रमणबाट आज स्वदेश फर्किएकी छन् । रोममा आयोजित खाद्य तथा कृषि संगठन ९एफएओ० को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भएकी मन्त्री राणा उतैबाट जर्मनी गएर आज स्वदेश फर्किएकी हुन् । उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए । २८ जुनदेखि ४ जुलाईसम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै यसका दौरानमा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई मन्त्री राणाले सम्बोधन गरेकी थिइन् । सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रुपमा व्यवस्था गरेको र यसको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क