Author: Transparentgroup

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका…

Read More

कास्की । गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले २०८२ साल असार २९ गते आइतबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो । भानु जयन्तीका अतिरिक्त प्रदेश सरकारले २०८२ सालका लागि अन्य तीनवटा प्रदेशस्तरीय सार्वजनिक बिदा पनि तोकेको छ । सूचनाअनुसार, कोजाग्रत पूर्णिमाको अवसरमा असोज २० गते सोमबार, प्रदेश स्थापना दिवसको दिन माघ २२ गते बिहीबार र चैते दसैँका लागि चैत १२ गते बिहीबार पनि प्रदेशभर बिदा हुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८१ चैत १५ गते प्रकाशित गरेको सूचनामा, प्रदेश मन्त्रिपरिषद्को चैत १२ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सूचना…

Read More

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगरपालिका( २ ले आज आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा उनले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरे । उनले भने, ‘देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको छ । जसले जे भने पनि त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीहरूले सत्य(तथ्य बुझेर विवेकको प्रयोग गर्नुपर्छ । विगतमा के थियो र अहिले के परिवर्तन भएको छ, युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुन्छ । अझै धेरै गर्न बाँकी…

Read More

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्व राष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा फर्किनु सकारात्मक रहेको बताएका छन्। शनिवार चीनबाट फर्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै झलनाथ खनालले यस्तो बताएका हुन्। ‘पूर्व राष्ट्रपति विद्या भण्डारी कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले राजनीतिमा फर्किएको हो भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ खनालले भने। यस्तै उनले सबैभन्दा ठुलो वामपन्थी शक्ति एमाले नै रहेकाले उसले चाहे नेपालका वामपन्थी शक्तिबिच एकता हुनसक्ने उनले बताए। ‘एमालेले नै अरूलाई एकताबद्ध गर्न नचाहेकाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि सत्य हो,’ खनालले भने, ‘एमालेले वामपन्थी एकता गर्न चाहे ठुलो संख्याको एकता हुनसक्ने सम्भावना रहेको छ।’ यद्यपि अहिलेको एमाले नेतृत्व९केपी…

Read More

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबिच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन्। बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो। नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उनको छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईंले बताए। स्व। भागीरथा न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च थिए। उनकै स्मृतिमा अस्पतालको नामकरण गरिएको हो। अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन्। जसमध्ये पालिकाले आफ्नो…

Read More

काठमाण्डौं । मनसुनको सुरुवाती पहिलो महिनामा मुलुकभर सरदर भन्दा कम वर्षा भएको छ । जुन महिनासम्म सामान्य वर्षा भए पनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको देखिएको छ । जल तथा मौसम विज्ञान विभागले जुन १ तारिखदेखि जुलाई १० सम्मको मनसुनको अवस्था विश्लेषण गरी जारी गरेको पुनरावलोकनमा सरदरभन्दा कम वर्षा भएको देखिएको हो । सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई जनाउँछ । यस वर्षको मनसुन मे २९ तारिकमा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदर भन्दा छिटो…

Read More

काठमाडौँ । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौँ महानगरपालिका–२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरेको हो। उक्त केन्द्रको शुक्रबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीले शुभारम्भ गरे। कार्यक्रममा मन्त्री ठकुरीले सूचना केन्द्रले ठमेल मात्र नभई नेपालकै पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बागमती प्रदेशले चितवनपछि ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरेको जानकारी दिँदै उक्त केन्द्रबाट पर्यटकले नेपालको पर्यटकीय गतिविधिका बारेमा थाहा पाउने बताए । ठमेलमा सार्वजनिक शौचालय समेत निर्माण गरिने उनले बताए। काठमाडौँ महानगरपालिका–२६…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले साफ यू– २० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन्। भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले नेपाली खेलाडीलाई बधाई दिएका हुन्। ‘ साफ यू–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६(१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई१’ प्रधानमन्त्री ओलीले लेखेका छन्। साफ यू–२० महिला कप शुक्रबार बङ्गलादेशमा शुरू भएको छ।

Read More

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । जीपमा सवार अन्य छ जना घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका…

Read More

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव कुमार नेपालले अहिले आफूमाथि लागेको भ्रष्टाचार मुद्दाको सन्दर्भमा पार्टीले विदा गरेको खण्डमा आफू नेतृत्व छाड्न तयार रहेको बताएका छन् । आज ९शुक्रबार० पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले ममाथि मुद्दा लागेको छ । कमिटीले मलाई विदा गर्छ भने म विदा भएर जान तयार छु,’– उनले भने । पतञ्जली योग पीठ जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै अध्यक्ष नेपालको सांसद पद निलम्बन भएको छ । उनले पार्टीको…

Read More