Author: Transparentgroup
काठमाडौं । राहत शिक्षकहरुले विद्यालय शिक्षा ऐन पास भएको दिन शिक्षा समितिका सांसदहरुको पुत्ला दहन गर्ने भएका छन् । आज ( आइतबार ) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राहत शिक्षकहरुले विरोध र आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । विद्यालय शिक्षा ऐनमा उल्लेख गरिएको ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा आफूहरुले विगतमा गरेको सहमतिको विपरीत रहेको उनीहरुको ठहर छ । उनीहरुले उक्त प्रबन्धले आफूहरुको व्यवस्थापन भन्दा पनि विस्थापित हुने बताएका छन् । उनीहरुले हाल संसदीय समितिमा रहेको विद्यालय शिक्षा विधेयकलाई कालो विधेयकको संज्ञा दिएका छन् । ‘विगतका सम्झौता र नजिरहरुलाई बेवास्ता गरी यथास्थितिकै कालो विधेयकलाई बिषयगत समितिले पास गरेको दिन देशैभरी बिषयगत…
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको बताएका छन् । झापाको दमक नगरपालिकास्थित मदनडाँगी(ताराबारी(डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटनको क्रममा ओलीले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको बताए । उनले भने, ‘म स्पेन गएको थिएँ । त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो त्यो भूमिका सहन नसकेर अपोजिसन पार्टी र केही अराजकतावादी पार्टीहरूले मान्छे छाडेर आयो भन्ने जस्ता वाहियात कुरा गरे ।’ योजनाबद्ध ढंगले घटिया प्रचार गरेकव भन्दै ओलीले भने, ‘त्यो हुन सक्ने कुरा हो रु…
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसाबाट प्रधानमन्त्री सहभागी भएको स्पेन गएकाहरू नफर्किएको पुष्टि भइसकेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउन माग गरे। उनले भने, ‘प्रधानमन्त्रीसँग नगएको भएपनि उहाँ गएको कार्यक्रममा गएकाहरू नफर्केको पुष्टि भइसकेको छ। यसको छानबिन गरौँ, संसदीय छानबिन समिति बनाउन यो सरकार किन डराएको रु संसदीय छानबिन समितिको माग हाम्रो अडान छ।’ भिजिट भिसा प्रकरणको छानबिन गर्नको गर्न समिति नबनेसम्म आन्दोलन नछाड्ने बताए।
काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि आक्रोशित बनेका उनी निर्वाचन आयोग पुगेका हुन् । उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने बताइएको छ । उनीसँगै राप्रपाका महामन्त्री धवलशमशेर राणालगायतका नेता कार्यकर्ताको पनि सहभागिता रहेको छ । शनिवार बसेको राप्रपा इतर समूहको बैठकले लिङ्देनको निर्णयको विरोध गर्दै यस विरुद्ध निर्वाचन आयोगमा जाने निर्णय गरेको थियो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आइतबार आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेट ल्याउँदैछ । शुक्रबार बसेको ४०औं नगरकार्यपालिका बैठकले आइतबार लागि नगरसभाको मिति तय गरेको थियो । त्यसअघि शुक्रबार नै बसेको राजश्व परामर्श समितिले बजेट सीमा निर्धारण गरेको थियो । महागनरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०को अध्यक्षमा शुक्रबार बसेको समितिको बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्बको बजेटको सीमा निर्धारण गरेको हो । जनचाहना अनुरूप विकासका कार्य गर्नेगरी पूर्वाधार विकासमा बजेट थप गर्न मेयर शाहले निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णयसमेत गरेको छ । नगरसभा…
काठमाण्ठौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नवराज सुवेदीलाई लोकलाजको ख्याल गर्न आग्रह गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमा सुवेदीको एक भिडियो पोस्ट गर्दै उनले यस्तो आग्रह गरेका हुन्। सार्वजनिक रूपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गरेका सुवेदीले आफू राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै छन्। सोही प्रसंगमा प्रवक्ता श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो। उनले सुवेदीलाई फेरि राप्रपामा सक्रिय हुनका लागि आयोग जाने कुरा सही नभएको बताए। साथै उनले जीवनको उत्तरार्द्धमा इमान नछाड्न सुवेदीलाई सुझाव समेत दिए। प्रवक्ता श्रेष्ठले लेखेका छन्, आदरणीय नवराज सुवेदी बा, सार्वजनिक रूपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको तपाईं…
काठमाडौं। केही समयअघि यस्तो थियो, दक्षिण एसियाली महिला फुटबलमा प्रतिस्पर्धा भन्ने शब्दको परिभाषा भारतको वरिपरि घुम्थ्यो। अब त्यो परिभाषा फेरिएको छ। अझ भनौं कट्टरता अहिले नेपाल र बंगलादेशबीच केन्द्रित छ। यो द्वन्द्व मैदानको सीमाना नाघेर राष्ट्रिय आकांक्षाको कथासम्म आइपुगेको छ। साफ यु–२० महिला च्याम्पियनसिपअन्तर्गत आइतबार ढाकाको बसुन्धरा किंग्स एरिनामा नेपाल र घरेलु टोली आमनेसामने हुँदैछन्। यो खेल ३ अंकको मात्रै होइन। दुई फरक युगबीचको प्रतिस्पर्धा हो। एकातर्फ आफ्नो भूतलाई सजीव राखेर भविष्य निर्माण गर्न खोजिरहेको नेपाल छ। अर्कोतर्फ एएफसी महिला एसिया कप छनोटमा इतिहास कोरेर आत्मविश्वासमा चुर भएको बंगलादेश। नेपालले भुटानमाथि ६–१ को सानदार जितसहित प्रतियोगिताको सुरुआत गरेको थियो। तर,…
कपिलवस्तु । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं। को बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्ध भूमि नगरपालिका वडा नं। ९ वेलनदीमा दुर्घटनामा परेको हो। बस आफै अनियन्त्रित भई सडकको दायाँतर्फ गएको हो । घाइतेमध्ये तिन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आइतबार बिहान ४ बजेतिर भएको उक्त दुर्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। गम्भीर अवस्थाका…
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नुहुनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबिच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताउनुभएको छ । आइतबार आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा उहाँलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि कामना गर्नुभएको छ । “भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्याउन र यसलाई अझ समुन्नत तुल्याई नेपाली भाषा, साहित्य एवम् संस्कृतिको संवर्धनका निम्ति अतुलनीय योगदान पुर्याएको पाइन्छ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ, “नेपाली कविताका आदिकवि र भाषाका प्रवर्धक…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क