Author: Transparentgroup
काठमाडौँ । क्रिकेटर आरिफ शेख कास्पियन भ्याली कलेज ललितपुरको ब्रान्ड एम्बासडर बनेका छन् । यस विषयमा आरिफ र कास्पियन कलेजबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आरिफ र कलेजका प्रिन्सिपल मनीष पण्डितले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । पण्डितले सम्झौता १ वर्षका लागि भएको जनाए । यद्यपि सम्झौताको आर्थिक पक्षबारे खुलाइएको छैन । कति पूर्णाङ्क ल्याइयो भन्ने मानसिकताले जरा गाडेको अवस्थामा कलेजका विद्यार्थीलाई धेरै किसिमले तयार गर्नुपर्छ भनेर खेलकुदबाट पनि बाटो खोलिदिएर आरिफ युवा पुस्ताको राल मोडल भएकाले सम्झौता गरेको जनाए । ‘मलाईलाई क्रिकेटले आत्मविश्वासलगायत धेरै सिकाएको छ, यस्तोखाले सम्झौताले मलाई थप आत्मविश्वास दिनेछ र राम्रो खेल्न प्रेरित गर्नेछ,’ क्यास्पिएनसँगको सम्झौतापछि आरिफले भने । आरिफसँग सम्झौता गरेसँगै कलेजले…
काठमाडौँ । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ । उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ । कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ ८३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छभने प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको…
कैलाली । खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा आइतबार हस्ताक्षर भएको छ । उक्त आयोजना कर्णाली प्रदेशका दुई स्थानीय तहहरु वीरेन्द्रनगर नगरपालिका र शारदा नगरपालिका तथा सुदूरपश्चिम प्रदेशका चार स्थानीय तह दिपायल सिलगढी नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका र जोशीपुर गाउँपालिकामा कार्यान्वयन हुने खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार खानेपानीमन्त्री प्रदीप यादव तथा सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालको सहभागिता धनगढीमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । सम्बन्धित स्थानीय तहमा लागत सहभागिता सुनिश्चित गर्न, कार्यान्वयनको प्रभावकारी अनुगमन तथा प्रतिवेदन व्यवस्थापन…
काठमाडौं । काठमाडौं जिल्ला अदालतले चालु आर्थिक वर्ष २०८१/८२ को असार २७ गतेसम्म २६ हजार ७४४ मुद्दा छिनोफानो गरेको छ । आइतबार काठमाडौं जिल्ला अदालतको काम कारवाहीसम्बन्धी जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले मुद्दा फर्छ्योटबारे जानकारी दिए । भट्टराईले प्रस्तुत गरेको तथ्यांकअनुसार २७ असारसम्म जिल्ला अदालतमा २५ हजार ६३९ वटा नयाँ मुद्दा दर्ता भएका छन् । यसै अवधिमा अदालतले २६ हजार ७४४ मुद्दा फर्छ्योट गरेको छ । गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २६ हजार ५०२ मुद्दा र नयाँ दर्तासहित जिल्लामा कुल ५२ हजार १४१ मुद्दा थिए । अझै जिल्लामा २५ हजार ३९७ मुद्दा बाँकी रहेका…
काठमाडौँ । नेकपा एमालेका सचिव नेता योगेश भट्टराईले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले मन्त्री गुप्ताको अडियो सही हो वा होइन भन्नेबारे प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका हुन् । यस विषयमा संसद्मा समेत कुरा उठेकाले सम्बन्धित मन्त्रीले समेत संसद्मा आएर प्रस्ट पार्नुपर्ने उनले बताए । भट्टराईले यसमा मन्त्रीहरूको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने समेत बताए । उनले सञ्चारमाध्यममा आएका सबै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्ने जिकिर गरे । भट्टराईले सबैको सहमतिमा नै संविधान संशोधनको विषयलाई अघि बढाउने बताए ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा सम्बोधन गर्ने भएका छन् । गठबन्धन सरकारको एक वर्षको समीक्षा, भिजिट भिसा प्रकरण, संघीय निजामती सेवा विधेयक, मन्त्रीहरूको घुस काण्ड, प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमण लगायत विषयमा सम्बोधन गर्न लागिएको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । ‘सरकारको एक वर्षे कार्यकाल, पछिल्ला विभिन्न काण्ड लगायत विषयमा प्रमुख प्रतिपक्ष दलको नेताको रूपमा सम्बोधन गर्न सभामुखसँग समय माग गर्नुभएको छ’, उनले भने । प्रचण्डले संसदमा सम्बोधन गर्न समय मागेको सभामुख देवराज घिमिरेको सचिवालयले पनि पुष्टि गरेको छ । प्रमुख प्रतिपक्ष दलको नेताले सम्बोधनका लागि समय मागेपछि…
काठमाडौँ । स्पेनमा मानव तस्करीमा संलग्न प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको छ । युवराज सफल नामका व्यक्तिले अख्तियारमा आइतबार निवेदन दर्ता गरेका हुन् । उजुरीमा ईन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स कार्यक्रममा सहभागी भएका १० जना व्यक्तिहरू नेपाल नफर्किएको भन्दै यसको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने उल्लेख छ । ‘जसरी तत्कालीन कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको मुद्दामा पक्राउ गरी अनुसन्धान गरिएको थियो त्यही नजिरको आधारमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्नु आवश्यक देखिन्छ’, उजुरीकर्ताले भनेका छन् ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताएका छन् । पार्टी केन्द्रीय विभागको संयुक्त भेलालाई केन्द्रीय कार्यालय च्यासलमा आइतबार सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट गरेका हुन् । महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै ती विषयमा पनि प्रस्ट पारे । २०७८ मङ्सिर १० गते साँझ सौराहामा भएको केन्द्रीय कमिटीको बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि…
काठमाडौं । काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/ ०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् । उनले आगामी आर्थिक बर्ष २०८२८३ को लागी रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु।२५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी छन् । महानगरपालिकाले आर्थिक वर्ष २०८१/ ०८२ का लागि रु. २४ अर्व ९० करोड ६३ लाख २५ हजार रुपैयाको बजेट पारित गरेको थियो । ‘अगामी आर्थिक वर्षको लागि सन्चित…
काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रम १७औँ नगरसभामा प्रस्तुत भएको छ। मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। जसअनुसार काठमाडौंलाई मौलिक, ऐतिहासिक, सामाजिक र पर्यटकीय महानगर निर्माण गर्ने, आव २०८१/ ०८२ मा कार्यान्वयन हुन बाँकी नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने, दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गरिने, सोहीअनुसार बजेट विनियोजन गरिने, एक वडा, एक उत्पादन नीति तथा कार्यक्रमलाई परिमार्जन गरी निरन्तरता दिइने उल्लेख छ। त्यसैगरी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका आवश्यक कार्यक्रम ल्याइने, बालसंरक्षण प्रणाली स्थापना गरिने, हिंसामा परेका र संरक्षण आवश्यक भएका बालबालिकालाई संरक्षण गरिने, स्पोर्ट्स एकेडेमी, समग्र शैक्षिक सुधार गरिने, पोषणयुक्त…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क