Author: Transparentgroup
काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव ) , प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन सहकार्य गर्दै अघि बढ्न सहमत भएका छन् । विप्लवसँग शुक्रबार बिहान शर्मा र भुसालले गरेको भेटमा नयाँ परिस्थितिमा कसरी सहकार्य घनिभूत उचाइमा लैजान सकिन्छ भनेर छलफल भएको भुसालले जानकारी दिए । ‘विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रह्यो, हामीले विगतमा पनि सहकार्य गर्दै आएका थियौ, अव पनि सहकार्यलाई निरन्तरताका साथ सघन बनाउन तीनै नेता सहमत भएका छौ’, भुसालले रातोपाटीसँग भने, ‘सवै विषयमा छलफल गरेर अगाडि जाने हो ।’…
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको छ । २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते नै पदबाट हटाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेको थियो । सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । सरकारको उक्त निर्णयबाट आफू अन्यायमा परेको भन्दै शाक्य अदालत गएका हुन् । यसअघि पनि २०७७ साल माघ २६ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका…
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्। द एसिएन नेटवर्क फर फ्री इलेक्सन्स ( आन्फ्रेल ) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिइन्। आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको सञ्जाल हो। सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकन गर्न काठमाडौँ आइपुगेको छ। लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरु विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरुले बताए।…
काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गराउन सबैलाई अपिल गरेकी छिन्। नाम दर्ता गर्ने समय नौ दिन मात्र बाँकी रहेको भन्दै उनले यस्तो आह्वान गरेकी हुन्। सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो। मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी१’ मतदाता नामावलीमा नाम लेखाउने अन्तिम समय कात्तिक ३० सम्म तोकिएको छ।
काठमाण्डौं । स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ। शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने छ। दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ। यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन्। बालबालिकामा कुपोषणको जोखिम हुन नदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।
काठमाडौं । आफ्ना माग पूरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरूको समूहले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेका छन्। मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौं पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए। उनले भने, ुगत वर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गर्नु भएको छ। मुहान बन्द गरिएपछि बिहीबार दिउँसोदेखि काठमाडौंमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ।ु विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन्। वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को केन्द्रीय समितिको विस्तारित बैठक आजबाट सुरु भएको छ । चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा आसन्न निर्वाचन, महाधिवेशनबारे टुंगो र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक प्रतिवेदन र उपसभापति डा।स्वर्णिम वाग्लेले निर्वाचनलक्षित वाचापत्र, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधिसम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी रहेको छ । आज र भोली बस्ने बैठकमा सहभागी हुन पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी…
काठमाण्डौ । भदौ २३ र २४ गते भएको घटना सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनमा काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको हो। उक्त सूची प्राप्त गरेको जाँचबुझ आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए। उनका अनुसार सूची प्राप्त भएसँगै प्रहरीको बयान लिने तयारी छ। ‘त्यस दिन खटिएकाहरूको सूची प्राप्त भएको छ। आज बयानका लागि हामी सूची हेर्दैछौं,’ शर्माले भने। अन्य ठाउँमा खटिएकाहरूको विवरण प्रहरी प्रधान कार्यालयसँग माग गरेको उनले बताए। बयान क(कसको हुने भन्ने यकिन भइसकेको छैन। यसअघि जाँचबुझ आयोगले बुधबार प्रहरी महानिरीक्षक…
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ। जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ। निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम हुने छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आन्तरिक व्यवस्थापन तथा प्रशासकीय सहजताका लागि आयोगले कार्यतालिका बनाएको जानकारी दिए। आवश्यकता अनुसार आयोगले कार्यतालिकामा फेरबदल पनि गर्न सक्ने छ। कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गर्ने छ। दल दर्ताका लागि आयोगले एक साताको समयसीमा तोक्दै आएको छ। दर्ताका लागि प्राप्त निवेदनउपर छानबिन गरी आयोगले मङ्सिर दोस्रो साता दर्ता स्वीकृत…
काठमाडौँ । सरकारले लैनचौर स्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने सरकारको तयारी गरेको छ । आज एक सूचना जारी गदै नेपाल स्काउटले ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको जनाएको छ । खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलनका सम्बन्धमा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका बिचमा भएको सम्झौता ०७५ सालमा सकिए पनि मुद्दा मामिलाका कारण खड्का ल्यान्ड भोगचलन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भोगचलन गरेपछि सात दिनको अवधि दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको हो । अन्यथा जग्गामा निर्माण…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क