Author: Transparentgroup
काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गरेका थिए ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रि, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक थिए । यसअघि उनी नेकपा ९एमाले० का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा थिईन् । एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नवनियुक्त मन्त्री न्यौपानेले…
काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको अडिओ बाहिरिएको छ। व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा मन्त्री अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहितको अडिओ बाहिरिएको हो।अडिओमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगै मन्त्री अधिकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत उच्चारण गरिएको सुनिन्छ। जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको अडिओमा सुनिन्छ। यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको अडिओमा…
काठमाण्डौं । राष्ट्रिय सभामा सरकारले बहुमत गुमाएको छ। तीन सिट भएको जनता समाजवादी पार्टी ९जसपा० नेपालले समर्थन फिर्ता लिएसँगै सरकारले बहुमत गुमाएको हो। प्रतिनिधि सभामा झन्डै दुईतिहाइको सरकार राष्ट्रिय सभामा भने निरीह देखिएको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा अब सरकारसँग २८ सिट ९सांसद० मात्रै छ। राष्ट्रिय सभामा सरकारमा सामेल दलहरूमध्ये नेपाली कांग्रेससँग १६, नेकपा ९एमाले० सँग ११ र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग १ सिट छ। यसरी हेर्दा सरकारको पक्षमा २८ सिट मात्रै पुग्छ। यदि जसपा नेपालले समर्थन फिर्ता नलिएको हुन्थ्यो भने सरकारसँग ३१ सिट पुग्थ्यो। त्यो भनेको ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत हो तर, जसपा नेपालले समर्थन नै फिर्ता…
भक्तपुर । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार २४ लाख ५० हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो। भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि उनले घुस माग गरेका थिए। ५४ वर्षीय आचार्य उदयपुरको बेलका नगरपालिका वडा नं ४, हरिपुर घर भई हाल जिल्ला काठमाडौंको कागेश्वरी नगरपालिका वडा नं ७, फोर्सपार्क टोलमा बस्दै आएका छन्। उनलाई भक्तपुरको व्यासीस्थित मालपोत कार्यालयबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारले उनको साथबाट २ वटा मोबाइल पनि बरामद गरेको छ। कार्यालय प्रमुख आचार्यसँगै कार्यालय…
काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुखमा नरहरि घिमिरेलाई सरुवा गरिएको छ। खोटाङको प्रमुख जिल्ला अधिकारी रहेका घिमिरेलाई मंगलबार गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गर्ने निर्णय गरेका हुन्।घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरेका थिए। आयोगको प्रवक्ताको जिम्मेवारी समेत घिमिरेले सम्हालेका थिए। विभानस्थल अध्यागमन कार्यालयका कर्मचारी व्यापक हेरफेर गरेको थियो। अध्यागमनका कर्मचारीको सेटिङमा भिजिट भिसामा नेपालीलाई पठाउने गरेको पाइएपछि विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई अख्तियारको अनुसन्धानमा तानिएका छन्। त्यसपछि विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीको सेट नै परिवर्तन गरिएको थियो। घिमिरेसरुवा भएसँगै हालै बढुवा भएकी कल्पना श्रेष्ठ खोटाङको प्रमुख जिल्ला अधिकारी बनेकी छन्। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका…
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रुपन्देही जिल्लाबाट लगातार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) का उपाध्यक्ष समेत रहेका अर्थमन्त्री पौडेल त्यसअघि २०५१ सालमा पाल्पा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य बनेका थिए । विसं २०५४ युवा, खेलकुद तथा संस्कृतिमन्त्रीको जिम्मेवारी सम्हालेका उनले त्यसयता जलस्रोत मन्त्री, रक्षामन्त्री, अर्थमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन् । पार्टीभित्र सन्तुलित र प्रस्ट धारणा राख्ने छवि बनाएका उपाध्यक्ष पौडेल पार्टी नेतृत्वले पत्याएका नेताका रुपमा रहेका छन् । उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग राससका समाचारदाता सुशील दर्नालले बजेट, मौद्रिक नीति, वैदेशिक लगानीको वातावरण, सरकारको एक वर्षको मूल्याङ्कनलगायतका…
काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार बन्दै गर्दा संविधान संशोधनको कुरा गरेपनि अहिले एकवर्ष पूरा हुँदासमेत यो विषय डाइनोसरजस्तै लोप भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । उनले भने,‘आज यो सरकार बनेको एक वर्ष भैसकेको छ, न सुर छ, न ताल छ । न त लय नै छ । सबै हराएको छ । संविधान संशोधनको विषय त डाइनोसरजस्तै लोप भएको छ । तँछाममँछाड गर्ने सुशासनको कथावाचक विद्धान पण्डितहरु पनि पूजा तथा महायज्ञमा झुल्किन्छन् । तर, मनैदेखि सुशासनको कथावाचन हुँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनाँ र…
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले० मा आफ्नो जिम्मेवारी केन्द्रीय समितिले टुङ्ग्याउने बताएकी छन् । आज ( मंगलबार ) मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको ११औं महाधिवेशन नहुन्जेलसम्मको सर्वोच्च अंग केन्द्रीय समिति हुने र सोही समितिले आफ्नो जिम्मेवारी तोक्ने बताएकी हुन् । ‘महाधिवेशन नहुन्जेल केन्द्रीय कमिटी नै सर्वोच्च अंग हुन्छ । केन्द्रीय कमिटीले के निर्णय गर्छ, कस्तो जिम्मेवारी दिन्छ, त्यसमा भर पर्छ भन्ने म तपाईँहरुलाई थप जानकारी दिन चाहन्छु,’– उनले भने । उनले एमाले दर्शन, सिद्धान्त, नीति र विचारमा चलिरहेको बताईन् । आगामी भदौ २० देखि २२ गतेसम्म हुने एमालेको विधान महाधिवेशनमा आफ्नो सहभागिताबारे पनि…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा ७६ को उपधारा ( ९ ) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको शितल निवासले जनाएको छ ।
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमा लेखासमितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यसैगरी आजै राष्ट्रियसभाको बैठक १ः१५ मिनेटमा बस्दैछ । राष्ट्रियसभाको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क