Author: Transparentgroup
काठमाण्डौं । नेकपा ( एमाले ) को सचिवालय बैठक बिहीबार बस्दैछ। आज दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा सचिवालय बैठक बस्न लागेको हो। एमालेको गत माघ ८ गते बसेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो। यी बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन्। राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका…
काठमाण्डौ. । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने ( कर्कट ) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन बिहीबार देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा। देवमणि भट्टराई…
विराटनगर । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशमा मौलाएको निराशा र राम्रो काम गर्नेलाई अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न ‘उज्यालो नेपाल अभियान’ सुरु गरेको घोषणा गरेका छन्। बुधबार इटहरीमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै उनले आफ्नो बर्खास्ती, देशको वर्तमान अवस्था र भविष्यको राजनीतिक मार्गचित्रबारे महत्वपूर्ण धारणाहरू सार्वजनिक गरेका हुन्। घिसिङले आफ्नो नयाँ अभियानको मुख्य उद्देश्य देशमा आशा जगाउनु र आत्मविश्वास बढाउनु रहेको बताए। उनले भने, ‘उज्यालो नेपाल भनेको बत्तीको उज्यालो मात्र होइन, यो हरेक क्षेत्रमा रहेको अँध्यारो हटाएर समृद्धि, सुशासन र सामाजिक न्यायको उज्यालो छर्ने अभियान हो।’ उनका अनुसार, यो अभियानले देशमा राम्रो काम गर्न चाहनेहरूका लागि एउटा…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। आफूलाई अभियन्ताको रूपमा चिनाउँदै आएका युवराज सफलले बिहीबार आयोगमा दिएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक अधिकार र पहिचान मेटिएको भन्दै सो शब्द हटाउन माग गरिएको छ। ‘पार्टी स्वतन्त्र हुन सक्दैन । त्यसका आफ्ना विचार, सिद्धान्त र नीतिहरू हुन्छन्,’ सफलको निवेदनमा भनिएको छ, ‘स्वतन्त्र भन्ने शब्दले जनमतलाई भ्रमित पार्ने काम भएको छ । मतदाताको आँखामा छारो हाल्ने प्रयास हो।’ त्यस्तै, सफलले पार्टीको चुनाव चिह्न ‘घण्टी’ समेत हटाउन माग गरेका छन्। उनले हिन्दु धर्ममा पूजा–आराधनाका क्रममा…
काठमाडौँ । आजबाट नयाँ आर्थिक वर्ष २०८२र८३ सुरु भएसँगै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि सुरु भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेट मार्फत लिएका नयाँ नीति र नयाँ कार्यक्रमहरू आजैबाट कार्यान्वयनमा जाने भएका हुन् । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संवैधानिक व्यवस्था बमोजिम गत जेठ १५ गते २०८२/ ८३ का लागि बजेट ल्याएका थिए । उक्त बजेट दुवै संसदबाट पारित भइसकेको छ । तर नयाँ आर्थिक वर्षअघि नै बजेट कार्यान्वयनको लागि पारित भए पनि नयाँ आर्थिक वर्ष आजबाट सुरु भएसँगै उक्त बजेट कार्यान्वयनमा गएको हो । अर्थ मन्त्रालयले बुधवार नै नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनका…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले शुक्रबार९साउन २० भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई ज्ञापनपत्र बुझाउने भएको छ । भ्रष्टाचारका काण्डहरू बढ्दै गएको भन्दै राप्रपाले प्रदर्शन सहित ज्ञापनपत्र बुझाउन लागेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा शुक्रबार अख्तियारको कार्यालय पुग्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रूपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चालन गर्नेछ । \सरकारका मन्त्रीहरू र उच्च…
काठमाडौं । संयुक्त अरब इमिरेट्स ९युएई०ले जेलमा १२० जना नेपालीलाई आममाफी दिएको छ। युएईले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल(अदाहको अवसरमा जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको हो। युएईले १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको युएईस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत गुमाएको छ । प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिँदा १ सय ८८ जना सांसद्को समर्थन पाएका थिए । त्यो भनेको दुई तिहाइ बढी हो । प्रतिनिधिसभामा ५ सिट रहेको जनता समाजवादी पार्टी ९जसपा० नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारले दुई तिहाइको बहुमत गुमाएको हो । साथै, सरकारमा सहभागी रहेको नागरिक उन्मुक्ति पार्टी ( नाउपा ) पनि सरकारबाट बाहिरिइसकेको छ । नाउपाको प्रतिनिधिसभामा ४ सिट रहेको छ । प्रतिनिधिसभामा दुई तिहाइ बहुमत गुमाएको सरकार राष्ट्रिय सभामा भने अल्पमतमै परेको छ । कूल ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६, एमालेसँग…
कर्णाली । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विसं २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार भोलि प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थामा बिदा सूचना गरिएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । माथिल्लो कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्व दिएर मनाउने यो पर्वमा देउडा लगाएर खेल्नेसमेत गरिन्छ । साउने सङ्क्रान्ति पर्वको दिनमा ती…
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गरेका छन् ।अर्जुनधारा नगरपालिकामा आज अव्यवस्थित बसोवासीहरूलाई धनीपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्बाट भूमिसम्बन्धी नयाँ कानून निर्माणपछि वर्षौँदेखि थाती रहेका भूमि समस्याको समाधान हुने बताए । उनले सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महङ्गो भएका कारण तयारी धनीपूर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गरे । वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिन तयार हुनेहरूको सङ्ख्यामा बृद्धि भइरहेको बताए । “धेरै सुकुम्बासीहरूले वर्षौँदेखि बसेको जग्गाको धनीपूर्जा पाएका छैनन्,” उनले भने, “कानुन निर्माणपछि त्यस्ता समस्याको समाधान…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क