Author: Transparentgroup
काठमाडौं । अखिल क्रान्तिकारीको आह्वानमा अधिकांश शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी, अभिभावक र स्वयं विद्यालयहरू अन्योलमा परेका छन् । शिक्षा ऐनको बहानामा क्रान्तिकारीले विद्यालय बन्द गर्न आह्वान गरेको हो । विद्यालय अचानक बन्द भएपछि बिहान विद्यालय पठाउन तयार भएका विद्यार्थीहरू समयमा सूचना नपाउँदा समस्यामा परेका छन् । कतिपय विद्यालयहरूमा अहिले परीक्षा पनि सञ्चालन भइरहेका छन् । तर एक्कासि विशेष कारण देखाउँदै परीक्षा सारिएका छन् ।अखिल क्रान्तिकारीले निःशुल्क, समान र वैज्ञानिक शिक्षाको कार्यान्वयन हुनेगरी यथाशीघ्र शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । अखिलले त्रिभुवन विश्वविद्यालय भित्रका सम्पूर्ण शैक्षिक विभागहरू बन्द गर्न आह्वान गरेको भएपछि अधिकांश निजी तथा सामुदायिक…
काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अहिले बिहान ८ बजेदेखि सुरु भएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन सम्बन्धमा छलफल हुँदैछ । त्यस्तै बिहान ८ः३० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा काठमाडौं चक्रपथ, कलंकी(महाराजगञ्ज खण्डको डि।पि।आरबारे छलफल हुनेछ । आज बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १२ स् १५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११…
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार मध्यरातमा सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान २०७८ संशोधन० को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई आज हुने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय…
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले सत्ता हस्तान्तरणको दिन गनेर बस्न नहुने आग्रह गरेका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाली काँग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कैयौँ पटक अब एक वर्ष मेरो त्यसपछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्छु भन्ने गरेको उल्लेख गर्दै अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको पनि बताए। उनले शुरुमा दुईवटा पार्टी मिलेर राम्रो कामको शुरुवात गरे पनि अहिले बरालिएको बताए। अहिले सरकार खालि दिन गनेर बसे जस्तो मात्रै भएकाले यसबाट बाहिर निस्किनुपर्ने बताए। उनले काँग्रेस २०८४…
काठमाडौं । नेकपा ( एमाले ) को सचिवालय बैठकका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएको बारेमा चर्चा भएको छ । आज ( बिहीबार ) पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किएको सन्दर्भ ल्याएका हुन् । उनले यस विषयमा पार्टीमा आवश्यक परे छलफल गरिनुपर्ने बताएको एमाले सचिव योगेश भट्टराईले बताए । ‘आजको बैठकमा अध्यक्षज्यूले त्यस विषयमा पार्टीभित्र आवश्यक परे छलफल गरौं भन्नुभएको छ । अब आजको बैठकमा भ्याइएन भने पनि कुनै न कुनै बैठकमा छलफल हुन्छ,’– उनले भने । दुई पटक एमाले उपाध्यक्ष बनेर जिम्मेवारी पूरा गरिसकेकी भण्डारीले गत…
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा। शेखर कोइरालाले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि शेखर प्रचण्ड निवास खुमलटार पुगेका हुन् । दुई नेताबीच दुई घण्टा लामो भेटवार्ता भएको हो । कांग्रेस–एमाले सरकारको एक वर्ष भएको छ । यस्तोमा अहिले सरकारको कामको समिक्षा भैरहेको छ । शेखरले पनि सरकारको खुलेर आलोचना गरिरहेका छन् । उता, प्रचण्डले सरकार बनेदेखि नै भ्रष्टाचार मौलाएको र सरकारले आफ्नालाई संरक्षण गरेको आरोप लगाउँदै आएका छन् ।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले पुर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियानलाई गाउँगाउँसम्म पुर्याउने भएको छ। केन्द्रीय कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै उसले आगामी सोमबारदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने जानकारी गराएको हो। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका सभापति लामिछानेलाई राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्यले थुनाको दाबी रास्वपाको छ। उनको रिहाइको माग गर्दै रास्वपाले असार ७ गतेदेखि अभियान सुरु गरेको हो। रास्वपाले नेपाल– भारत सीमा नाकाका मुख्य विन्दू ( काकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत ) , विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन…
काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको बताएका छन्। वार्षिक उपलब्धिसम्बन्धी जानकारी दिने उद्देश्यले मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले केही दिनदेखि आफ्नो र परिवारका सदस्यको समेत नाम जोडी सुनियोजित ढङ्गबाट ‘अडियो रेकर्ड’ सार्वजनिक भएकामा आपत्ति व्यक्त गरे। भूमि सुधार मन्त्री अधिकारीले आवश्यक ऐन, नियम, कानुनसहित कार्यसंयन्त्र निर्माण गरी देश र जनताका पक्षमा राम्रो काम गरिरहेको मन्त्रीका विषयमा यस किसिमको अफवाह फैलाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सो ‘अडियो रेकर्ड’का विषयमा यथार्थ छानबिन होस् भन्ने पक्षमा आफू रहेको स्पष्ट गरे। आफूले…
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ुश्रम र उत्पादनमा वाइसिएल अभियानु को औपचारिक उद्घाटन गरे। कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे। उनले भने, “सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले…
काठमाण्डौ. । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ। कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आज साँझ ५ देखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो। काठमाडौंबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। उनका अनुसार मनसुनजन्य विपदबाट हुनसक्ने जोखिमलाई मध्यनजर…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क