Author: Transparentgroup
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् । आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार ९२८ प्रतिशत० ले वृद्धि भई सङ्गठनात्मक रूपमा मजबुद भएको बताए । उनले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रुपान्तरण गर्न आह्वान गरेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई…
काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच देखिएको विवाद मिल्न सकेको छैन । दुई पार्टीबिच देखिएको विवाद समाधानका लागि सोमबार दुई मन्त्रीसहित बसेको कांग्रेस–एमालेको बैठक बिनानिष्कर्ष सकियो । नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकसहितको कांग्रेस–एमालेका सांसदहरूको बैठकमा सहमति जुट्न नसकेको हो । बैठकमा एमालेबाट मन्त्री अधिकारीसहित प्रमुख सचेतक महेश बर्तौला थिए । मन्त्री अधिकारीले प्राविधिक विषयमा ब्रिफिङ गर्न भन्दै मन्त्रालयका सचिव केदारनाथ शर्मालाई पनि ल्याएर बैठकमा उपस्थित थिए । अधिकारी एमालेबाट मन्त्री बनेका हुन् । कांग्रेसका तर्फबाट गृहमन्त्री लेखकसहित पार्टी…
काठमाण्डौं । नेकपा एमालेले विधानको धारा ८ र ९ देखाउँदै विद्या भण्डारीको सदस्यता पेन्डिङु मा राखेको छ। एमालेको जारी पोलिटब्युरो बैठकमा पार्टी सदस्यता नवीकरणको सन्दर्भमा विधानको धारा ८ र ९ आकर्षित हुने देखिएको र त्यसलाई पार्टीले गहन रूपमा छलफल गरी निर्णय लिने प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताए। ुविधानको धारामा गम्भीर रूपमा छलफल गर्दा यसले विधान धारा ८ आकर्षित गरिएको देखियो, धारा ८ मा पनि स्वेइच्छाले राजीनामा दिएर गइसकेको व्यक्ति। भनेको राष्ट्रपति पदका लागि पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पुनस्नवीकरण गर्ने प्रक्रिया के छ भन्दा विधानको धारा ९ आकर्षित गरेको छ र यसमा अर्को कुनै…
काठमाण्डौं । संघीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ। निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। कानुन समितिमा विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए। यस्तै, महिला तथा सामाजिक मामिला समितिमा मधेसी आयोगको वार्षिक प्रतिवेदन ( आव २०८०/ ८१ ) माथि छलफल हुनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल’ गर्ने कार्यसूची छ। विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक…
काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ। तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार हर्जना लगाइएको हो। सम्झौताअनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ। जुन करिब दैनिक २ लाखभन्दा बढी हुने सहरी विकास मन्त्रालयले जनाएको छ। मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी ९जेभी० र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए। प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट…
काठमाडौं । चक्रपथ विस्तारको दोश्रो खण्ड कलंकीदेखि सुकेधारा धोबीखोला सडक वर्षा सँगै घाँस र झार उम्रेर हरियाली भएको छ । सो सडक विस्तारमा ढिला गरिंदा हाल घाँस र झारले सडक छोप्नै लागेको छ । करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि प्रमुख लेन निर्माणको काम अगाडि बढ्न सकेको छैन । चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन सकेको छैन । हाल कलंकीदेखि नारायणगोपाल चोकसम्म सडकको दायाँबायाँ घाँस र झारले सडक नै ढाकेको छ…
लमजुङ । लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागारको गेटसँगै पर्खाल भत्किएपछि त्यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ। सम्भावित भौतिक तथा मानवीय जोखिम र तत्काल पुननिर्माण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कारागार व्यवस्थापन विभागको निर्णय बमोजिम लमजुङ कारागारमा रहेका पुरुष १ सय २ जना थुनुवा तथा कैदीहरुलाई अन्य जिल्लामा लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए। शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षासहित तनहुँको दमौली कारागारमा ६ जना महिला सहित ३० जना र पोखरा कास्की कारागारमा ७८ जना स्थानान्तरण गरिएको छ। जिल्लामै बस्नु पर्ने माग राख्दै आएका कैदीबन्दीसँग लामो छलफल, अन्तक्र्रिया पश्चात भएको लिखित प्रतिबद्धतापछि उनीहरु शनिबार स्थानान्तरण हुन…
सुर्खेत। कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि छुट्टै समन्वय समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले राउटे समुदायका लागि विधेयक बनाउन, राउटेको प्रोफाइल तयार पार्न र राउटे कोरिडोरको खाका तयार गर्नका लागि समिति गठन गरेको हो । पाँच सदस्यीय समितिमा आदिवासी जनजाति महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटे, मन्त्रालयका सामाजिक महाशाखाका सुवर्ण खड्का, दैलेखको गुराँस गाउँपालिकाले तोकेको एक प्रतिनिधि, राउटे समुदायमा काम गरिरहेका हीरासिंह थापा र नगेन्द्र उपाध्याय रहनुभएको छ । कानुन नै बनाएर सरकारले राउटे समुदायको सुरक्षा र मौलिकता संरक्षण गर्न छुट्टै समिति बनाउनु परेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताउनुभयो । राउटे समुदायको…
पाँचथर । बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथरस्थित हेँवा खोला,मध्यपहाडी राजमार्गको रिजालभिर र दोभानेखोला,तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी साधन र ढुवानी सेवा वारपार हुन सकेका छैनन भने राँके रवि भेडेटार र फिदिम फालौट जस्ता मुख्य सडकमा आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गर्दा राजमार्ग मध्यरातदेखि अवरुद्ध भएको हो । यस्तै तमोर करिडोरमा पर्ने…
काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्क रहन अपिल गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नदी किनार, डुबान हुने होचो भू(भाग र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना पालना गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्।दाहालले विपद् व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि सरकारलाई तत्काल कदम चाल्न अनुरोध गरेका छन्। साथै, उनले आफ्नो पार्टीका नेता(कार्यकर्तालाई विपद् व्यवस्थापनमा सहयोग गर्न, समयमै सूचना प्रवाह गर्न र राहत तथा सुरक्षाका उपायमा सक्रिय रहन निर्देशन दिएका छन्। वर्षायाममा बाढी र पहिरोका घटनाहरू…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क