Author: Transparentgroup

चितवन ।  अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आजबाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) रु पाँच सय २५ कायम गरिएको छ । मध्यम रु चार सय ९५ कायम भएको छ । चितवनलाई आधार मानी दररेट तय गरिएको हो । यहाँबाट देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी ९सात क्रेट०को रु तीन हजार ८५५…

Read More

ढाका । राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सैनिक प्रशिक्षण विमान खस्दा २५ बालबालिकासहित २७ जनाको ज्यान गएको छ। यो दुर्घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक मानवीय क्षति भएको वायुसेना दुर्घटनाको रूपमा लिइएको छ। ज्यान गुमाउनेहरूमा एक जना पाइलट, एक शिक्षक र २५ जना स्कुले बालबालिका रहेको अधिकारीहरूले पुष्टि गरेका छन्। थप ७८ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन्। पहिलो एकल फाइटर फ्लाइट सञ्चालन गरिरहेका फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम सागरलाई दुर्घटनापछि मिलिटरी अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन। मंगलबार बिहान ८ बजे नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकारका विशेष सहायक डा। सयेदुर रहमानले मृतकको सङ्ख्या…

Read More

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । प्रतिनिधिसभा मातहतका तीन समितिको बैठक पनि…

Read More

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि लतिलपुर च्यासलस्थित एमाले मुख्यालयमा बस्दै छ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा जारी रहने एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरिएको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि आज पनि केन्द्रीय सदस्यले छलफल गर्नेछन् । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले उक्त प्रस्तावमाथि आआफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । हिजो प्रतिवेदनमाथि गण्डकी, मधेस, प्रदेश विशेष, सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने…

Read More

काठमाडौँ । मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ । वर्षात्का समयमा मधेस प्रदेशका आठ जिल्लामा पानी अत्यन्त कम परेकाले खानेपानी तथा सिँचाइको अभाव भएपछि उक्त समस्या समाधान गर्न सोमबार कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीको पहलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कानुन तथा संसदीय मामिलामन्त्री अजय चौरासिया र खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवबीच छलफल भएको हो । ऊर्जा मन्त्रालयमा भएका सो बैठकमा ती चारवटै मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो । बैठकमा मन्त्री अधिकारीले मधेस प्रदेशमा अत्यन्त कम वर्षा हुँदा रोपाइँ हुन नसकेको सन्दर्भमा अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी दिएका थिए ।…

Read More

रूपन्देही । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। त्यसपछि सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ। उजुरीको जाँचबुझ तथा मनोनयन पत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म गरिनेछ। त्यसपछि उम्मेदवारहरूको नामावली पुनः बेलुका ५ बजेदेखि ७…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भएको भेटबारे केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन्।च्यासलमा जारी बैठकमा ओलीले भण्डारीको आग्रहमा नै हिजो भेट भएको जानकारी गराएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनले ओलीको भनाइ उदृत गर्दै भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा नै हिजो पार्टी कार्यालयमा भेट भएको हो। १० औं वर्ष म जान सकिरहेका छैन भन्ने कुरा गर्नुभएपछि उहाँ भेटवार्ता भएको छ। हामीबीच कुनै मतभेद छैन, हिजो पनि खुलस्त छलफल भयो।’ ओलीले बैठकमा राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने विषयमा आफ्नो तर्फबाट अहिले चलिरहेको अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको पनि बताए। उनले पार्टी सदस्यताका…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सात पूर्व पदाधिकारीहरूको बैठक बोलाइएको बोलाइएको छ । कांग्रेस नेता एवं सरकारका उपप्रधानन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बोलाइएको हो । नेता सिंहले संयोजन गरेर दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो । पूर्व पदाधिकारीहरुको महाधिवेशनमा छुट्टै समीकरण गर्ने गरी छलफलमा जुटेका नेताहरुको विगतकै निरन्तरका रुपमा सोमबार बैठक आह्वान गरिएको हो । पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा प्रकाशशरण महतले यसअघि पनि छलफलमा गर्दै आएका छन् । सात नेताले सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारी गरेका छन् । सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारको बारेमा आज थप छलफल…

Read More

जनकपुरधाम । जनकपुरधामको होटल एसपी एण्ड गेष्टहाउसमा शनि भनिने विमलेश यादवको हत्या अभियोगमा एक युवती पक्राउ परेकी छन् । महोत्तरीको बलवा नगरपालिका(७ की २४ वर्षीया जुली झालाई धनुषा प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय शनिमाथि गेस्टहाउसमा छुरा प्रहार गरी एकतल्लाबाट तल खसालिएको थियो । आइतबार बिहान उपचारको क्रममा उनको अस्तातमै मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा शनिको हत्यामा झाको संलग्नता रहेको खुलेको प्रहरीको दावी छ । प्रहरीका अनुसार घटनापछि झा गेस्टहाउसबाट भागेको सीसीटिभी क्यामेरामा कैद…

Read More

काठमाडौं । अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए। लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीनदिने तालिमपश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ, उनले भने, अध्यागमन कार्यालयमा प्रमुखका रूपमा आउनुभएका सहसचिव घिमिरेले आजदेखि हाजिर भइसक्नुभएको छ। विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सुरूवा भएका घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन्। केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह…

Read More