Author: Transparentgroup

काठमाडौँ । सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसहित भिजिट भिसा प्रकरणमा संसद‍्‌ अवरोध गर्दै आएका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले मंगलबार दिउँसो कानुनमन्त्री अजयकुमार चौरसिया, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका उनको सचिवालयले जनाएको छ । छलफलका क्रममा सभामुख घिमिरेले संसद‌् अवरोध हटाउन विपक्षी दलहरुलाई आग्रह गरेका थिए । सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको छ । तर हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न जरुरी छ । संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु,…

Read More

काठमाडौँ । भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र लेख्दै उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहबमोजिम आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । धनखडको कार्यकाल अगस्ट २०२७ मा मात्र पूरा हुँदै थियो । उनले कार्यकाल सकिनु २ वर्षअघि नै राजीनामा दिएका हुन् । जनता दल, कांग्रेस हुँदै भाजपामा उनी विभिन्न भूमिका निर्वाह गर्दै देशको दोस्रो सर्वोच्च पदमा पुगेका हुन् । तर उनको राजीनामाको ुटाइमिङु लाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । खासगरी विपक्षी दलहरूले उनको राजीनामामाथि गम्भीर प्रश्न उठाएका छन् । भारतमा उपराष्ट्रपति…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सबै तहका कार्यालयहरु धुम्रपान र सूर्तिजन्य पदार्थ निषेधको घोषणा गरेका छन् । कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसमा बीपीकै प्रसंग सुनाउँदै देउवाले कार्यालयहरु धुम्रपान र सूर्तिजन्य पदार्थ मुक्त हुने घोषणा गरेका हुन् । ‘बीपी कोइरालाको निधन घाँटीको क्यान्सरका कारण भएको थियो । क्यान्सर जस्ता घातक रोगहरू प्रायस् मादक पदार्थ, सूर्तिजन्य वस्तु तथा लागू पदार्थहरूको सेवनबाट उत्पन्न हुने गरेका छन्,’ देउवाले भने । पार्टीको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले मंगलबार गरेको कार्यक्रममा सभापति देउवाले जलवायु परिवर्तनप्रति सचेत रहनुपर्ने देउवाले बताए । हानिकारक पदार्थहरूको प्रयोगबाट बच्न र समाजमा सचेतना फैलाउन…

Read More

काठमाण्डौं । नेकपा  ( एमाले) को जारी नवौं बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । आजको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यहरु किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई,आशारत्न जवेगु, दिपक कार्की, रामलाल साह, युवराज बाँस्कोटाले आफ्ना भनाइहरु राखेका छन् । यसैगरी इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टंकराखेका छन् । बैठकमा केन्द्रीय सदसय युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय सदस्य लामो समय काठमाडौंमा बिताउने गरेको स्थानीय तहमा जनसम्पर्क कमजोर भएको बताए । उनले…

Read More

काठमाडौँ । भोलि ( बुधबार )  बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ । ‘सम्माननीय प्रधानमन्त्री के।पी। शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने,’ सम्भावित कार्यसूचीको दुई नम्बरमा लेखिएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Read More

काठमाडौँ । पछिल्लो समय आर्थिक अनियमितता र भ्रष्टाचारका घटना बढिरहेको भन्दै भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा धारणा राख्दै भ्रष्टाचार नियन्त्रणको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद उदयबहादुर बोहोराले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भ्रष्टाचार गतिविधिमा संलग्न रहेको श्रव्य सामग्री सार्वजनिक भइसकेको भन्दै राजीनामा माग गरे । उनले यस विषयमा निष्पक्ष छानबिन गर्न माग गरे । सांसद कमला पन्तले दिगो विकास तथा सुशासन समितिका सदस्यहरूले दिएको समितिको नियमवाली संशोधन प्रस्तावलाई सुनुवाइ नगरिएको भन्दै आपत्ति जनाईन् । उनले समितिलाई प्रभावकारी र दिगो बनाउनुपर्नेमा जोड दिईन् । सांसद…

Read More

काठमाडौं । नेकपा ९एमाले० को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आईसकेकोले अब पछि नफर्कने बताएकी छिन् । आफ्नो निवासमा पत्रकारहरसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । आफू राष्ट्रपतिको भूमिकामा पनि पार्टीले पठाएर गएको स्मरण गराईन् । ०७० सालमा नै आफूलाई पार्टीले सभामुखको पनि अफर गरेको भण्डारीले खुलासा गरिन् । राष्ट्रपतिको अफर आउँदा सुरुमा निर्णय लिन समय लिएको भण्डारीको भनाई छ । उनले भनिन्,‘‘राष्ट्रपति बन्नुपर्छ भनेर प्रस्ताव आउँदा मलाई रातभर निन्द्रा लागेन, राष्ट्रपतिमा जाने कि नजाने भनेर। छोरीहरूले पनि राष्ट्रपतिमा गएर बुवाको सपना कसरी पूरा हुन्छ भनेर मलाई सोधे, म राष्ट्रपति हुँदा मेरो…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई सही ढंगले नबुझ्नुको परिणाम नेपालको राजसंस्था नागार्जुनको जंगलको कुनामा थन्किन परेको बताएका छन् । आज ( मंगलबार )  बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपीले मेलमिलापको नीति लिएर फर्किँदा राजाको र मेरो घाँटी जोडिएको छ भन्ने कुरालाई दरबारले गलत ढंगले व्याख्या गरेको परिणाम नेपालको राजसंस्थाले भोगिरहेको बताएका हुन् । ‘यदि बीपी कोइरालाले मेलमिलापको नीति लिएर आइसकेपछि राजसंस्थाको प्रतिनिधिको रुपमा राजा र लोकतन्त्रको प्रतिनिधिको रुपमा आफूलाई राखिराखेर राजा र मेरो गर्दन जोडिएको छ भनेको कुरालाई दरबारको अपव्याख्या नगरेको भए, दुईवटा गर्दन जोडिएका छन्, संगै सहयात्रा गर्नुपर्ने छ भन्ने…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताएका छन् । बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो धारणा राखेका हुन् । बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा गुज्रिएको स्मरण गर्दै सभापति देउवाले भने, ‘बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन हो ।’ उनले बीपीको सिद्धान्त र स्थापित मूल्य मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको समेत बताए । ‘राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी…

Read More

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’…

Read More