Author: Transparentgroup

काठमाण्डौं । मधेस प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । मधेस प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुको साथै नदी तथा कुलोहरूमा पानीको कमीले सिँचाई प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाका लागि प्रस्ताव पेश गरिएको थियो । मधेस प्रदेश सरकारले मंगलबार ९हिजो० संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मधेस प्रदेश सरकारबाट पनि निर्णय भएर आएको हुँदा नेपाल राजपत्रमा सूचना प्रकाशित…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले केही कर्मचारीलाई मात्रै कारबाही गरेर भ्रष्टाचार अन्त्य नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भ्रष्टाचारको जरो र छाता भनेको नै राजनीतिक क्षेत्र भएकोले राजनीतिक क्षेत्रलाई नै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् । उनले भने,‘राजनीतिक क्षेत्रलाई छानबिनको दायरामा नल्याएसम्म भ्रष्टाचार नियन्त्रणको कल्पनासमेत गर्न सकिँदैन । अख्तियार, अदालत सबैको म यस विषयमा ध्यानाकार्षण गराउन चाहन्छु । राजनीतिक नेतृत्वलाई छानबिनमा ल्याउनुपर्छ । दोषी देखिएकालाई उन्मुक्ति दिने चलन दिएको छ, यसको अन्त्य हुनुपर्छ ।’ उनले भिजिट भिसा प्रकरणमात्रै नभएर मन्त्रीहरुको बारेमा प्रश्न उठेको विषयमा पनि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरेसम्म…

Read More

काठमाडौं । संघिय संसद अन्तगर्तको प्रतिनिधिसभाको बैठक जारी रहेको छ । यस महिनामा १५ दिनमा प्रतिनिधिसभाको बैठक ३ दिन मात्रै बस्ने गरी क्यालेन्डर तयार भएको छ । बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरमा ३ दिन मात्रै बैठक बस्ने उल्लेख छ । पहिलो बैठक आजै बस्नेछ । दोस्रो बैठक यही साउन ८ बिहीबार र तेस्रो बैठक ९ गते शुक्रबार बस्नेछ । त्यसपछि साउन १५ गतेसम्म प्रतिनिधि सभाका अरू बैठक बस्ने छैनन् । आज प्रतिनिधिसभामा शून्य समय चल्नेछ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भनिए पनि तयारी नपुगेको भन्दै सो कार्यक्रम कार्यसूचीवाट हटाईएको छ । । राष्ट्रिय…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा गर्ने भनेको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । आज ७ गते दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीबाट हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको र कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर यथावत् रहेको जानकारी गराउन चाहन्छु’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । यद्यपि अर्को कुन दिन भन्ने बर्तौलाले खुलाएका छैनन् । प्रधानमन्त्रीको तयारी नपुगेर सम्बोधन स्थगित भएको बताइएको छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने यथावत् रहेको बताइएको छ ।

Read More

काठमाडौं । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आज विहान बसेको बैठकले मधेश प्रदेशका विभिन्न ८ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय लिएको छ । बैठकमा सहभागी खानेपानी मन्त्री प्रदीप यादवकाअनुसार मधेश प्रदेशका जिल्लामा अनावृष्टिक जमिनको पानीको कमीले सिचाईं प्रढाालीमा समेत प्रभाव परेकोले सरकारले यस्तो निर्णय लिएको हो । भूमिगत पानीको मुहान सुक्न गर्ए सर्वसाधारणले उपभोग गर्ने खानेपानीको पनि चरम अभाव भएको थियो । तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषढाा भएको हो ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । सरकारका पछिल्ला काम कारबाही र समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गर्ने भएका हुन् । यसअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनका क्रममा सरकार र प्रधानमन्त्रीमाथि लगाएका आरोपको जवाफ दिनेछन् । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । प्रधानमन्त्रीको विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

Read More

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दाजु गंगालाल श्रेष्ठ ( शहीद )  लाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। उनले वि.सं.  २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्यसँग मिलेर भारतको कोलकातामा बसेर कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए। नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेका पुष्पलालले प्रवासमा बसेर…

Read More

झापा । दमक व्यापारिक कम्प्लेक्स ( बिजनेस टावर )  सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको छ । दमक नगरपालिका–३ दापगाँछीमा निर्मित ‘बिजनेस टावर’ यही साउन १ गतेदेखि उक्त भवन सर्वसाधारणको प्रवेशका लागि खुला गरिएको हो । ‘बिजनेस टावर’ रहेको दमक नगरपालिका–३ का वडाध्यक्ष नविन बरालले सो क्षेत्रमा पर्यटकीय चहलपहल बढेको बताए । “घुम्न, फोटो खिच्न र भिडियो खिच्न पहिले पनि मानिसहरू आउँथे”, उनले भने, “तर अहिले टावरको टुप्पासम्म चढेर टाढासम्मको रोचक दृश्यावलोकन गर्न पर्यटकहरू झुम्मिएको देखिन्छ ।” सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत उमेश खनालले साउन ६ गतेसम्म दुई हजार एक सय ४५ जनाले अवलोकन…

Read More

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहानामा ‘ब्रेक’ लगाई दिएको छ । साथै एमालेले उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ । ‘ राष्ट्रपति नेपाली सेनाको परमाधिपति भइसकेको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, नेपाली सेनाको परमाधिपति, साझा व्यक्तित्व, राष्ट्रको गौरव, गणतन्त्रको प्रतीक, देशकै अभिभावक राजनीतिक दलको कार्यकर्ता वा नेता हुने कुरा…

Read More

काठमाडौं । आज संसदका तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक तय भएको छ । लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ । विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ । संघीयता सबलीकरण समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।

Read More