Author: Transparentgroup

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयक फिर्ता पठाएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । राष्ट्रपति पौडेलले सो विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाएका हुन् ।

Read More

काठमाडौँ । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । आज सिंहदरबारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्येक कुराहरू सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्यूनतम सुनुवाइ गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताए । मागहरू अव्यवहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने उनले बताए । कोसिसको बाबजुद पनि सुनुवाइ भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक नभएको पनि उनले बताए । बाँसको सामग्रीको प्रवर्द्धनका लागि संसदमा कुनै कानूनहरु अड्किएका भए निर्माण…

Read More

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउँदा पार्टीलाई फाइदा पुग्ने भए पनि लोकतन्त्रलाई घाटा हुने भएकाले उनी पूर्वराष्ट्रपतिकै हैसियतमा बस्दा उचित हुने धारणा व्यक्त गरेका छन्। पोखरेलले यसै कारण भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय केन्द्रीय कमिटीबाट भएको बताए। ‘विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ। उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्छ,’ एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउने भन्दा लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको बताएका…

Read More

काठमाण्डौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको छ। महासंघका प्रतिनिधिहरूले अध्यक्ष निवास खुमलटारमा भेट गरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेका हुन्। महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखे। खासगरी २५ सयभन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै यो समस्या समाधान गर्न नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको छ। महासंघका मागहरूलाई गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष दाहालले महासंघलाई आश्वस्त पार्दै भने, तपाईंहरूले उठाएका…

Read More

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आजै तीन वटा संसदीय समितिका बैठकसमेत बस्दै छन्। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई थप चलायनमान र उपलब्धिमूलक बनाउने अभियानमा अवैतनिक महावाणिज्य दूतहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । विश्वका ६६ देशका तर्फबाट अवैतनिक महावाणिज्य दूतका रुपमा भूमिका निर्वाह गरिरहनुभएका नेपाली व्यवसायीहरू सम्मिलित संस्थाको १८औँ साधारणसभा तथा स्थापना दिवसका उपलक्ष्यमा बुधबार यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई लाभान्वित गर्ने पक्षमा रहेको सरकारलाई सहयोग गर्न अवैतनिक महावाणिज्य दूतहरूसँग अनुरोध गर्नुभयो । विश्ववातावरण दिवसको अवसर पारी ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गरेर विश्वको ध्यानाकर्षण गर्न सरकार सफल भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री डा. राणाले परिवर्तित विश्वपरिवेशमा हाम्रा नयाँ पुस्तालाई सकारात्मक सोँचका साथ स्वदेशमै केही गर्न…

Read More

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दश सांसदले प्रश्न गरेका छन् । आज बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले संसदको नियमित कार्यसुचीअनुसार लिखित प्रश्नको लिखित जवाफ दिएका हुन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित सांसदको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले शान्ति प्रकियालाई टुङगोमा पुर्‍याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । संविधानले निर्देशन गरे बमोजिम शहीद, बेपत्ता र द्वन्द्व पीडितहरूको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ रहेको पनि प्रधानमन्त्रीको भनाइ छ । पीडितलाई न्याय दिने विषयमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील छ । द्वन्द्व पीडितहरूसँग हामी विभिन्न तहमा निरन्तर छलफलमै छौँ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषय…

Read More

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले तराई मधेसमा लामो समयदेखि बर्सात नहुँदा सुक्खा र खडेरी भई जनता पीडित भएको जनाउँदै तत्काल खानेपानी र सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरुले तराई मधेसमा खानेपानी र सिँचाइको उचित व्यवस्थाका लागि तत्कालीन र दीर्घकालीन रुपमा काम गर्नुपर्ने सुझाव दिए । बैठकमा सांसद अब्दुल खाँनले संयुक्त राज्य अमेरिकाको लुसियाना राज्यमा १३ जुलाई २०२५ मा बर्सातका कारण निधन भएका नेपाली विद्यार्थीहरु राजन यादव र रोजिन ओलीको शव हालसम्म पनि स्वेदश ल्याउन नसकिएको अवगत गराउँदै तत्काल शव नेपाल ल्याउनका लागि पहल गर्नका लागि सरकरको ध्यानाकर्षण गराए । साथै उनले तराई मधेसमा…

Read More

काठमाडौं । नेकपा ( एमाले )  को केन्द्रीय समिति बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न अस्वीकार गरेको छ । पूर्व राष्ट्रपति राजनीतिमा फर्किने कुरा उपयुक्त नहुने निष्कर्षसहित पार्टी सदस्यता नवीकरणलाई अस्वीकार गरिएको एमाले महासचिव शंकर पोखरेलले बताए । ‘हिजोको बैठकबाट हामीले एउटा निष्कर्ष निकालेका छौं । उहाँको जे भूमिका मुलुकको लागि आवश्यक ठानिएको छ, त्यो परिप्रेक्षमा पार्टी राजनीतिमा फर्किने कुरा उपयुक्त हुँदैन भन्ने निष्कर्ष निकालिसकेपछि सदस्यताको विषय स्वतः निष्कृय भएको छ । त्यस अर्थमा सदस्यता नवीकरणको विषयलाई हामीले स्थगित गरेका छौं,’– उनले भने । साथै, नेपालको लोकतान्त्रिक गणतन्त्रको इतिहासमा पूर्वराष्ट्रपति भण्डारीको भूमिका अत्यन्त महत्वपूर्ण र प्रशंसायोग्य रहेको…

Read More