Author: Transparentgroup
नारायणगढ । गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित रहनुभएको गुरुङको शनिबार बिहान निधन भएको हो । नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेशवर खनालले पूर्व प्रमुख गुरुङको उहाँकै निवास भरतपुरको दिब्यनगरमा निधन भएको जानकारी दिनुभयो । तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६ सालमा जन्मिनु भएको गुरुङलाई २०७८ साउन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको थियो । उहाँ नेपाली कांग्रेस विभाजन रहँदा कांग्रेस प्रजातान्त्रिकको सभापति, सुकुम्वासी समस्या आयोग नवल परासीको अध्यक्ष हुनुहुन्थ्यो ।गुरुङ २०१८ सालमा चितवन आन्दोलनका क्रममा शाहदत प्राप्त गर्नुभएका हरिप्रसाद गुरुङका भान्जा हुनुहुन्छ । गुरुङका…
बारा । प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासकीय भवन बनेसँगै यहाँका सेवाग्राहीले सहज र सरल ढङ्गले कार्यालयको सेवा प्राप्त गर्न सक्ने बताए। ‘आधुनिक भवनबाट विगतको भन्दा राम्रो सेवा प्रवाह गरेर जनताको मन जित्ने काम गर्न अनुरोध गर्छु,’ उनले भने, ‘यो भवन निर्माण हुनु पक्कै खुसीको विषय हो। यो भवनले पक्कै ५० देखि एक सय वर्षसम्म सेवा प्रवाह गर्नेछ भन्ने विश्वास लिएको छु।’ प्रधानमन्त्री ओलीले भवनको निर्माणको सुरु देखि सम्पन्न हुने चरणसम्म खटिने पालिकाका जनप्रतिनिधि, कर्मचारी र इञ्जिनियरहरूको खुलेर…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशमा देखा परेको पानीको समस्या समाधान गर्न तत्काल डीप बोरिङ जडान गरिने बताएका छन् । आज ९शुक्रबार० महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा निर्मित प्रसूति गृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सिँचाइको समस्या कम गर्न पहिलो चरणमा ५०० वटा डीप बोरिङ जडान गरिने बताए । मधेश प्रदेशलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको स्मरण गराउँदै उनले अब दीर्घकालीन र तत्कालीन उपाय अवलम्वन गरेर पानीको आवश्यकता पूरा गरिने बताए । पानी नपर्दा मधेशले सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको छ ।
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संरक्षक रेशमलाल चौधरीले आफूलाई पार्टीमा भूमिकाविहीन बनाइएको बताएका छन् । भिडिओ सन्देश जारी गर्दै उनले आफू पार्टीको संरक्षक भए पनि कुनै भूमिकाविहीन बनाएर थन्काइएको बताएका हुन् । ‘सबै निकासको बाधक म होइन । तपाईँहरुले नै भन्नुहुन्छ म साधारण सदस्य होइन । मलाई संरक्षकमा ल्याएर थन्काइएको छ । होइन भनौंभने म संरक्षक नै हुँ । हुँ भने भूमिकाबिहीनजस्तै छु । तर, एकोहोरो प्रहार ममाथि हुन्छ । यसलाई अनौठो मान्नु पनि पर्दैन,’– उनले भनेका छन् । साथै, उनले पार्टीभित्रको समस्या केन्द्रीय समिति बैठकमा राख्न र सामाजिक सञ्जालमा छताछुल्ल नलेख्न आग्रह गरे । उनले भने, ‘म नागरिक…
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी सदस्यताले लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने बताएकी छिन् । भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुनस् पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी छिन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरेको थियो । त्यसपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । यति हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन,’…
काठमाडौं। नेपाली कांग्रेसका २१ जना बागमती प्रदेशसभा सदस्य ९सांसद० हरुले बहादुरसिंह लामा तामाङलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । बागमतीमा कांग्रेसका ३७ सांसद रहेका छन् । बहुमत सांसदले तामाङलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले ईन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी थालेका छन् । नेता बानियाँ समूहका २१ सांसदहरुले संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई हस्ताक्षर बुझाएका हुन् । आज नै कांग्रेसका ४ मन्त्रीहरुले मुख्यमन्त्री तामाङलाई राजीनामा बुझाएका थिए । सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण…
काठमाण्डौं । नेकपा एमालेका पूर्व नेता तथा मातृभूमी जागरण अभियानका संयोजक डाक्टर भीम रावलले केपी ओली र पुष्पकमलसँग अँगालो मारेर पदलिनु रास्वपाको लागी घाटा भएको भनाई भनाइ राखेका छन्। ‘ रावलले ‘नो नट अगेन’ भन्नेले तिनै पुराना नेतालाई अँगाल्दा प्रत्युत्पादक भएको धारणा राखे। ‘उहाँहरूले अङ्ग्रेजी शब्द प्रयोग गरेर ‘नो नट अगेन’ भन्नुभयो। अर्थात् पुराना यी नेतालाई थोत्रा भन्दै यिनलाई समर्थन पनि नगर्ने र यिनीहरूसँग नजाने भनेको कुरा त साँचो हो नि,’ ’उनले भने, ‘तर उहाँहरूले तिनै केपी ओली र पुष्पकमलसँग अँगालो मारेर पद लिनुभयो। त्यही मन्त्रालय चाहियो भनेर लिनुभयो।’ राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सम्भावना लिएर आएको सबैले महसुस गरकाले पहिलो…
काठमाडौँ । नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशलगायतका क्षेत्रमा यो वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ। प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ले मधेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। यता सरोकारवालाले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन्। मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेश प्रदेशमा जम्मा ४७ प्र्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृृषि विभागका अनुसार गत वर्ष यही समयमा मधेसमा करिब ८०.६ प्रतिशत रोेपाइँ सम्पन्न भइसकेको थियो। यो प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुन्छ। विभागका अनुसार साउन…
काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छिन् । दिउसो ३ बजे बबरमहल स्थित कार्की व्याङ्क्वेटमा उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् । नेकपा एमालेले सदस्यता नवीकरण रोकेपछि भण्डारीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् । भण्डारीले आफ्नो आगामी यात्राबारे पनि आज प्रस्ट पार्ने उनको सचिवालयले जनाएको छ । यसअघि उनले आफू राजनीतिमा आइसकेकोले पछि नहट्ने प्रतिक्रिया दिँदै आएकी थिइन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाने भएका छन् । खडेरीको सामना गरिरहेका महोत्तरी र बाराका किसानसँग भलाकुसारी गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्– दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ। आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ। प्रधानमन्त्री ओलीले सो क्रममा महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क