Author: Transparentgroup
वीरगञ्ज । पर्सा जिल्लामा डिप बोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएर अनुमतिसहित सिफारिस लिनुपर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा आज बसेको विपद्सँग सरोकार भएका निकायसँगको बैठकले अब डिप बोरिङ जडान गर्नुअघि समितिसँग अनिवार्य रूपमा अनुमति लिनुपर्ने निर्णय गरेको हो । प्रजिअ अर्यालले जिल्लामा जथाभावी ढङ्गले डिप बोरिङ खन्ने काम भएकाले सो नियन्त्रणका लागि अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको बताए । ‘योसँगै धान रोपाइँको अवस्था, रोपाइँ पश्चात बिरुवाको अवस्था, रोपाइँ हुन नसकी क्षति व्यहोरेका किसानलाई पर्न गएको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिको लागि आवश्यकता अनुसार समितिमा कृषि…
काठमाडौं । आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति ९संयुक्त०को बैठक बस्दैछ । अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ । चालु आवको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भएरनभएको अवस्था र आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिनेछ । यस्तै, कृषि सहकारी समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन…
काठमाडौं । नेपाली कांग्रेसले नेफालको विकासमा एआई ( कृतिम बौद्धिकता ) सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम गर्दैछ । पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागको आयोजनामा केन्द्रीय कार्यालय सानेपामा आइतबार १० बजेदेखि हुने कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । कार्यक्रममा एआईको विकास, नीति, नेतृत्व र सम्भावनाबारे गहन छलफल हुने विभाग संयोजक सुशीला मिश्रले जानकारी दिएकी छन् ।कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रविधिको द्रुत विकाससँगै एआईको प्रयोगबारे आफ्नो धारणा राख्नेछन् । कार्यक्रममा एआईको सम्भाव्यता, उपयोग र चुनौतीहरूबारे टुटलका संस्थापक तथा उद्यमी इञ्जिनियर शिक्षित भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, काठमाडौं विश्वविद्यालयका प्रा। डा। सुदन…
काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आइतबार अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति ९संयुक्त०को बैठक बस्दैछ । अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ । चालु आवको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि विगत दुई वर्षदेखि ज्यादती गर्दै आएको भन्दै त्यस्तो कार्य रोक्न मागसहित कवाड व्यवसायी समाज नेपालले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ। शनिबार बुझाइएको ज्ञापन पत्रमा काठमाडौँ महानगरले आफ्नो मातहतका प्रहरी परिचालन गरी कवाड व्यवसायी र सङ्कलक मजदुरहरूमाथि कुटपिट, अपहरण तथा सम्पत्ति जफतजस्ता कार्य गर्दै आएको गम्भीर आरोप लगाइएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘महानगर प्रहरीले कुटपिट गर्दा केही व्यवसायी र संकलकको टाउको फुटेको र अङ्गभङ्ग समेत भएको छ।’ यो सबै कार्य काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा भइरहेको उनीहरूको आरोप छ । जसअन्तर्गत गरिब, मजदुर र श्रमिक वर्गलाई सहरबाट हटाउने प्रयास भइरहेको उल्लेख गरिएको…
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले तराई–मधेस क्षेत्रमा आपत्कालीन राहतको व्यवस्था गर्न माग गरेका छन् । सुख्खा प्रभावित मधेस क्षेत्रलाई संकट घोषणा गरिएलगत्तै उनले खाद्यान्न, पिउने पानी, औषधी लगायतलाई समेटेर आपत्कालीन राहत योजना तुरुन्त लागू गर्न माग गरेका हुन् । उनले किसानको ऋण माफी गर्न माग गर्दै बिउ, खाद्य र कृषि उपकारणमा निःशुल्क सहायता प्याकेज लागू गर्न समेत माग गरेका छन् । अध्यक्ष महतोले शनिबार एक वक्तव्य जारी गर्दै सो क्षेत्रमा विद्युत् आपूर्ति समेत निर्बाध रूपमा उपलब्ध गराउन माग गर्दै खानेपानी एवं कृषि र विद्युत् शुल्क निःशुल्क गर्न माग गरेका छन् । उनले किसानका लागि सिँचाइ एवं…
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अवैधानिक रुपमा भारततर्फ निर्यात गर्न लागेको पौने सात क्वीन्टल गाँजा बरामद गरेको छ । आज बिहान करिब ४ बजे चितवन प्रहरीले ६ सय ७१ किलोग्राम गाँजा बरामद गरेको हो । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले चितवन हुँदै भारततर्फ लैजान लागेको अवस्थामा राप्ती नगरपालिका १, को लोथर पुल नजिकैबाट बरामद गरेको जानकारी दिए । भारतबाट नेपाल आएको यूपी ८२ टी ३९२१ नम्बरको भारतीय ट्रकको अगाडि ड्राइभर बस्ने सिट माथि फल्स बटन बनाइ त्यसमा उस्तै प्रकृतिका ४३ वटा प्याकेट बनाइ राखेर ल्याइएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो । गाँजासँगै प्रहरीले ट्रक र चालक भारतको…
काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिको ‘ब्राण्ड भएको बताएका छन् । पार्टी सम्वद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रुपान्तरण गर्न भने जरुरी रहेको बताए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो । ‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौं । कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड हो, हामीले उहाँलाई ब्राण्डका रुपमा स्थापित गरेका छौं । उहाँको ब्राण्ड भ्यालु राम्रो छ ।’ यद्यपि अध्यक्ष प्रचण्डले पनि आफलाई रुपान्तरणको…
काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजामति सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नताको आशंका परेका छन् । आज ९शनिबार० सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले जाल, झेल, ठगी, भ्रष्टाचार, बेइमानी वर्तमान सरकारको परिभाषाजस्तै भएको बताए । कुलिङ अफ पिरियडमा भएको छेडखानी सच्याउन सबै सांसदहरुले राष्ट्रिय सभामा संशोधन हाल्ने भनिए पनि अहिले एमालेका सांसदहरु कुलिङ अफ पिरियड नै हटाउनुपर्ने पक्षमा उभिएको उनले स्मरण गरे । कुलिङ अफ पिरियडमा लास्टमा गएर एमालेले म्याउँ गरेको उनको…
जनकपुरधाम । देशको अन्न भण्डारका रूपमा रहेको मधेश प्रदेशले यस वर्ष सुख्खा र खडेरीको सामना गर्नु परेको छ । मधेश प्रदेशमा यस वर्ष मनसुन अनुकूल नहुँदा धान रोपाइँमा गम्भीर प्रभावित परेको छ । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेश प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । अहिले मधेश प्रदेशमा धान रोपाइँका लागि मात्र नभएर पिउनको पानीको समेत अभाव रहेको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका, मनराशिसवा नगरपालिका लगायतका क्षेत्रमा पिउने पानीको अभाव समाधान गर्ने दीर्घकालीन योजना नभए पनि अहिले ट्याङकरको साहेताले टोल टोलमा पानी वितरण गरिरहेको छ । महोत्तरीमा कुल ७१ हजार ५७०…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क