Author: Transparentgroup
पर्सा । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन्। आज वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरी तस्करी नियन्त्रणका लागि सरोकार भएका निकायबीच समन्वय गरेर काम गर्न सबैलाई अनुरोध गरे। उनले झोलेपोके तस्करीलाई बाटोमा समात्नेभन्दा पनि जहाँ पुर्याइन्छ सोही ठाउँबाट नियन्त्रण लिन सरोकार भएका निकायलाई निर्देशन दिए। ुदैनिक गुजरा चलाउनका लागि सरसमान ल्याउने र तस्करी गर्नेबीच छुट्याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि अनुरोध गर्दछु,ु अर्थमन्त्री खनालले भने। राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम…
काभ्रपेलाञ्चोक । सरकारले सवारी चालक अनुमतिपत्र ( लाइसेन्स ) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे। सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए। उनले भने,ुवर्षौँदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक्याएर छपाइ थालेका छौँ। उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र,…
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचन व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै उनले सो शान्ति सुरक्षासहित सबै पक्षलाई निर्वाचनमा सहज ढंगले सहभागिता हुनेगरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गरेका हुन् । अध्यक्ष दाहालले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले, व्यवस्थित ढंगले सम्पन्न गर्न आवश्यक कदम चाल्नको निम्ति हामी सरकारलाई आग्रह पनि गर्दछौं । त्यसलाई व्यवस्थित गरेर लैजान र शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढंगले सहभागिताका निम्ति त्यो वातावरण बनाउनका निम्ति पनि सरकारसँग विशेष आग्रह गर्न चाहन्छु ।’ अध्यक्ष दाहालले राष्ट्रिय सभा…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्दले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर गर्न पुगेका उनले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै अहिलेसम्म निर्वाचनको वातावरण बन्न नसकेको बताएका हुन् । महासचिव विप्लवले मुलुकमा एक दिन निर्वाचन हुने उल्लेख गर्दै त्यसमा भाग लिएर आफूले देश र जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचनलाई क्रान्ति, संघर्षको एउटा नयाँ मोर्चाको रूपमा आफ्नो पार्टीले लिएको र जनताले दिएको सुझावको आधारमा नै आफूहरूले निर्वाचनमा भाग लिने निर्णय लिएको जिकिर गरे । विप्लवले भने,‘निर्वाचन विद्रोहकै निरन्तरता हो । हामी संसदीय व्यवस्थालाई पूरै…
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्याउन गुमाउनेमध्ये ४५ जना शहीदको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचीमा ४२ जनालाई ‘जेनजी सुशासन योद्धा २०८२’ घोषणा गरेको छ । बाँकी ३ जना अमर प्रहरी छन् । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्याउन गुमाएकामध्ये ४५ जनालाई सहीद घोषणा गर्ने निर्णय गरेको थियो ।
काठमाण्डौं । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। एक महिनाभन्दा लामो समय विदेश भ्रमणपछि नेपाली क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको हो। स्वदेश फर्किएको क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्का लगायतले स्वागत गरेका थिए। नेपाली टोली असोजको दोस्रो साता युएई पुगेको थियो। त्यहाँ वेस्ट इण्डिजसँग तीन खेलको टी–२० सिरिज खेलेको थियो। त्यसमा पहिलो दुई खेल जितेको नेपालले अन्तिम खेल गुमाएको थियो। तर टी–२० सिरिज भने कब्जा गर्न नेपाल सफल भएको थियो। त्यसपछि नेपाली टोली ओमान प्रस्थान गरेको थियो। त्यहाँ आइसिसी टी–२० विश्वकप २०२६ को एसिया छनोट खेल्यो। एसिया छनोटमा नेपालले अपराजित रहँदै विश्वकपमा स्थान पक्का गर्यो।…
काठमाण्डौं । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ। सर्वोच्चको बिहीबार बसेको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरूको नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। ुमुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरूको २०८२ मङ्सिर १ गते उप्रान्त पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,ु अदालतको सूचनामा भनिएको छ, ुअन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पुर्याइ सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष…
काठमाण्डौं । चीनको सिचुवान प्रान्तको मिनयाङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट्स अर्गनाइजेसनबीच त्रिपक्षीय सम्झौता भएको छ। उसु खेल विकास र विस्तारका गर्ने उद्देश्यले चीनको एक र नेपालका दुई खेल संस्थाबीच आगामी तीन वर्षका लागि सम्झौता भएको हो। सम्झौतापत्रमा मार्सल आर्ट्स अगनाइजेसनका अध्यक्ष राजीव महर्जन, सिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा मियाङ उसु संघका महासचिव ली छिङले हस्ताक्षर गरेका छन्। उसु खेल विकासमा दुवै पक्षले एकआपसमा सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ। उक्त कार्यक्रममा मियाङ नगरपालिकाका उपमेयर ली झिन र मियाङ उसु संघका उपाध्यक्षको उपस्थिति थियो। सम्झौतापत्रमा उसु खेलको प्रवर्द्धन र विकास…
काठमाण्डौं । सामाजिक सुरक्षा कोषले हालसम्म९४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको जनाएको छ। यो तथ्यांक२०७६ साउन १ गतेदेखि२०८२ कात्तिक १७ गतेसम्मको हो। सामाजिक सुरक्षा कोषका सूचना अधिकारी रोशन कोजुका अनुसार कोषमा सुरुदेखि हालसम्म ९४ अर्ब ३४ करोड १३ लाख ८० हजारतीन सय रुपैयाँ जम्मा भइसकेको छ। कोषमा जम्मा रकममध्येबाट हालसम्म १७ अर्ब ३२ करोड ५५ लाख २७ हजार रुपैयाँ बचतकर्तालाई दाबी भुक्तानी गरेको समेत उनले बताए। सरकारले २०७५ साल मंसिर ११ गतेदेखि सामाजिक सुरक्षा कोष स्थापना गरिएको हो। यस कोषमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिक आबद्ध हुन सक्ने प्रबन्ध गरिएको छ। विशेष गरी सरकारले बैंक,…
काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले महाधिवेशन तत्काल गर्नुपर्ने बताएका छन्। काठमाडौंका जिल्ला सभापति तथा पूर्व जिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा उनले यस्तो कुरा बताएका हुन्। उनले भनेका छन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु। अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ।’ नेता कोइरालाले आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने कुरामा जोड दिएका छन्। पुस मसान्तसम्मको तालिका बनाउँदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने उनको तर्क…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क