Author: Transparentgroup
काठमाडौँ । सुक्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा अझै पर्याप्त पानी पर्न सकेको छैन । सोमबार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा वर्षा गइरहेपनि मधेशमा भने पर्याप्त वर्षा हुन सकेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले आइतबार राति सप्तरी, रौतहट र पर्सा जिल्लाको केही स्थानमा वर्षा भएको जानकारी दिनुभयो । उहाँले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा कम वर्षा भएको बताउनुभयो । मौसमविद् दाहालले भन्नुभयो, ‘‘आइतबार रातिदेखि सप्तरी, रौतहट र पर्सा जिल्लाको केही स्थानमा वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । यद्यपि, मधेशमा अझै केहीदिन भारी वर्षा हुने सम्भावना छैन…
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा। पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधी प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको बताए । रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधी अभाव भएको समाचार आएलगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए । उनले आपूर्ति गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिने गरी आवश्यक सबै उपाय…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनको सन्दर्भमा सार्वजनिक भएको तालिकालाई लिएर प्रष्ट पारेको छ । आज ९आइतबार० विज्ञप्ति जारी गर्दै प्राधिकरणले चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिनका लागि लोड व्यवस्थापन तालिका निकालेको बताएका हो । लोडसेडिङ नेपालको इतिहास भइसकेको बताउँदै प्राधिकरणले अब यो नफर्किने बताएको छ । ‘लोडसेडिङ नेपालको लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जनाले यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरुमा पर्न गएको अन्योल प्रति प्राधिकरण सचेत रहेको छ,’– प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केवल प्राविधिक समस्या मात्र…
काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । अध्यक्ष दाहालको खुमलटार निवासमा पुगेका माधव नेपालले पछिल्लो राजनीतिक घट्नाक्रमबारे चासो लिएका हुन् । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाईएको छ । नेपाल अहिले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि त्यति राजनीतिक भेटवार्तामा सामेल थिएनन् । तर, दाहालसँग भने उनको निरन्तर उठबस चलिरहेको छ । दाहालले हिजोमात्रै एमालेको आन्तरिक संकटबारे बोलेका थिए । उनी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुपर्ने पक्षमा छन् ।
जनकपुर । लामो समयदेखि आकासे पानी नपरेपछि मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ । प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका प्रत्येक वडामा एउटाका दरले डिपबोरिङ जडान गर्ने योजना ल्याइएको हो । ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले आवश्यकता तथा प्राथमिकताका आधारमा विस्तारै डिपबोरिङ जडान गरेर पानीको समस्या समाधान गर्ने प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन सुरु गरेको जानकारी दिए। अहिले प्रदेशको सहरी तथा ग्रामीण क्षेत्रमा खानेपानीको समस्या विकराल बन्दै गएकाले सिँचाइ भन्दा खानेपानीलाई प्राथमिकता दिइएको उनको भनाइ छ । मधेश प्रदेश सरकारको…
काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन्। फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्तर्गत सक्रिय रूपमा काम गरिरहेको बताए। यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भइरहेको भन्दै उनले एसियाली देशहरूसँग सहकार्यका लागि तयार रहेको उल्लेख गरे। आधुनिक प्रविधिले लागत घटाउन, निदान, स्वास्थ्य प्रणाली व्यवस्थापन र जोखिम नक्साङ्कनमा सुधार गर्न सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्यको पहुँच बाहिर रहेका नागरिकलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट पारे। मन्त्री पौडेलले फोरम अन्तर्गतको जलवायु परिवर्तनले स्वास्थ्यमा…
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् । सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गरेर सत्याग्रह बस्न खोजेपछि दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमा छाडेको छ । स्थानीय स्रोत, सामाग्री र उत्पादनको प्रवर्द्धन, बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेपछि निषेधित क्षेत्रमा सत्याग्रह बस्न खोजेपछि उनलाई नियन्त्रणमा लिएर माइतीघर पुर्याइएको हो । भट्टराई शिर मुण्डन गरेर खाली खुट्टा, मुखमा पट्टी बाँधेर बाँसको घनासहित तीन दिनसम्म…
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दशैंअघि महाधिवेशन नहुने बताए । उनले २०८३ मंसिरभन्दा उता लैजाने अवस्था नरहे पनि कांग्रेस महाधिवेशन कहिल्यै पनि समयमा अर्थात् ४ वर्षमा नभएको बताए । उनले सरकारले सन्तोषजनक काम नगरे पनि तत्काल अर्को सरकार वा गठबन्धन बन्ने सम्भावना नरहेको प्रष्ट पारे । उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए । नेता कृष्णप्रसाद सिटौलाले सरकारले काम गर्न नसकेको बताएका छन् । तर, सरकारले सोचेजस्तो…
भरतपुर । पश्चिम चितवन र माडी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले सूचना जारी गरी माग बढेको भन्दै ६ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो। चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने छ। अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत् आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो। उनका अनुसार १३२÷ ३३ केभी सब स्टेसनबाट आउने ३३ केभी डग कण्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर…
मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट साउन १० गते राती करीव साढे ८ बजे सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएकाहरुमा भारत घर बताउने ४३ वर्षिय शेख सपुर, १९ वर्षिय निसाव आलम, २५ वर्षिय ओसिम अहमद र २४ वर्षिय शेख गजुर छन् । भारतको सुगौलीबाट पर्साको बीरगंजहुँदै काठमाडौतर्फ आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीको तीन वटा ढोकामा फल्स बटम बनाई ल्याउँदै गरेको लागूऔषधसहित उनीहरुलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क