Author: Transparentgroup
काठमाण्डौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तराईका जिल्लामा देखिएको समस्या समाधानका लागि तीनै तहका सरकार जुट्न आवश्यक रहेको बताएका छन्। पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसक्दा तराईमा ठुलो समस्या निम्तिने देखिएपछि उनले तीन तहका सरकारबिच समन्वयको खाँचो औंल्याएका हुन्। मुख्यमन्त्री सिंहले आकाशबाट पानी पर्न छाडेको अवस्थामा जमिन रिचार्ज नभएकाले पानीको स्रोत सुकेको लगायत कारण वैकल्पिक उपाय अपनाउनुपर्ने आवश्यकता उनले औंल्याए । विगतमा फाट्टफुट्ट यो समस्या देखिए पनि यो वर्ष गम्भीर रूपमा अगाडि आउनु चिन्ताको विषय बनेको उनको भनाइ छ। मधेस सरकारले सुक्खा क्षेत्र र संघीय सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेपछि काठमाडौं आएका मुख्यमन्त्री सिंहले पाँच सय…
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको संयोजकत्वमा अनामनगरस्थित नेविसंघ केन्द्रीय कार्यालयमा सम्पन्न १२ वटा विद्यार्थी संगठनहरूको संयुक्त बैठकले शिक्षा ऐन सुधार र लोकतान्त्रिक अभ्यासको प्रवर्द्धनमा जोड दिँदै महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। बैठकले विद्यालय शिक्षा ऐन विद्यार्थीमैत्री बन्नुपर्ने आवश्यकता औंल्याउँदै उक्त ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ। साथै त्रिभुवन विश्वविद्यालयबाहेक अन्य विश्वविद्यालयहरूमा पनि स्ववियु ९स्वतन्त्र विद्यार्थी यूनियन० निर्वाचन सुनिश्चित गर्न चरणबद्ध रूपमा दबाबमूलक अभियान सञ्चालन गर्ने सहमति भएको छ। विद्यार्थी संगठनहरूले एकताको सन्देश दिँदै, साझा मुद्दामा सहकार्य गर्दै जान प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकले प्रत्येक तीन महिनामा संयुक्त बैठक बसेर साझा धारणा तय गर्ने प्रक्रिया पनि…
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन्। सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले १५ गते विश्वासको मत लिने निर्णय गरेको हो। सो मतका लागि अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र पक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए। सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी ( नाउपा ) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि २० असारमा नाउपाले समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री शाहले १५ गते विश्वासको मत लिने तयारी गरेसँगै १३, १४ र…
काठमाण्डौं । पूर्वप्रधानमन्त्री माधव नेपालले भ्रष्टाचार मुद्दामा वारेस राख्न नपाउने भएका छन्। नेपालविरूद्ध ३ वर्षभन्दा बढी कैद सजाय हुने अभियोग लागेको भन्दै अदालतले वारेस ९मुद्दाका काम गर्न पाउने प्रतिनिधि० राख्न नपाउने आदेश गरेको हो। नेपालले वारेस राखेर मुद्दा लड्न पाउनुपर्ने माग राखी दिएको निवेदनमा सोमबार सुनुवाइ हुँदा न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यो आदेश दिएको हो। उनले अदालतको आदेश बमोजिम बैंक जमानत दाखिला गरी तारिखमा रहेको र राजनीतिक कार्यक्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाई यस मुद्दामा वारेस राख्ने अनुमतिका लागि निवेदन दिएका थिए। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ को उपदफा (१ ) को…
काठमाण्डौं । संस्कृति नीति र हवाई नीति मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलका क्रममा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले १३ ऐनसमेत अघि बढिसकेको बताए। विसं २०६५ को पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै नयाँ पर्यटन नीतिमा अद्वितीय पर्यटकीय गन्तव्य नेपाल भन्ने शब्दावली नै नीतिको संरचना दूरदृष्टिका रूपमा राखेको उनले बताए। मन्त्री पाण्डेले पर्यटन नीतिसँग तादात्म्य हुने गरी ऐन र नियमावली बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरे। मन्त्रालयका सहसचिव इन्दु घिमिरेले नीतिको उद्देश्य र प्राथमिकताबारे प्रस्तुतीकरण गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि समयानुकूल नीतिगत सुधार गर्नुपर्ने विषयलाई समेटेर नीति ल्याइएको जानकारी दिइन्। उनले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान बनाउने गरी नीति अवलम्बन गरिएको उल्लेख गरिन्। विसं…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पानजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मिला हायूसहितको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन छन् । एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही मानिस भेटिएका छैनन् । स्थानीय मोतिराज सापकोटाका अनुसार ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेपछि सम्पर्कविहीन भएका हुन् । १५ मिनेटको दूरीमा रहेका छिमेकीहरूले पनि शुक्रबारदेखि नदेखेको बताएका सापकोटाले जनाए । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली, वडाध्यक्ष रविन श्रेष्ठसहित घरमै पुगेर खोजतलास गर्दा कोही नभेटिएको जनाएका छन् । वडाध्यक्ष श्रेष्ठका अनुसार भान्साघर जलेको अवस्थामा छ । साथै भाँडाहरू अस्तव्यस्त भेटिएको छ । खोरमा पाँचवटा बाख्रा समेत भोकै अवस्थामा रहेका र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । अल्पसंख्यक…
काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरेकी छिन्। राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो टिप्पणी गरेकी हुन्। राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्। उनले राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकटल बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको बताइन्। उनले सामान्य काम सम्पन्न गर्नको लागि समेत कर्मचारीहरुले टेबुलमुनिबाट कारोबार गर्ने गरेको समेत आरोप लगाइन्। सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरू समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रीपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न गरिन्।…
काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी०को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएका छन्। अर्थमन्त्रालयका अनुसार एमसिसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले निरन्तरता पाएका हुन्। नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो अर्थमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, सो सम्बन्धमा यही साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएको छ।
काठमाडौं । आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायकी भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ । आईतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरे उसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले महासंघले ४२ हजार रहत शिक्षकहरुलाई अन्याय हुने गरेर सरकारसँग साँठगाँठ गरेको आरोप लागएका छन् । महासंघले आफूहरुप्रति दोहोरो भूमिका खेलिरहेको बताउँदै खत्रीले भने,“महासंघले राहत शिक्षकको व्यवस्थापन विधि पेशागत सुरक्षा गर्ने हुनुपर्नेमा हामीलाई ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा भन्ने तर सरकारसँग ६० प्रतिशतमा सम्झौता गर्ने रणनीति अमान्य छ…
काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सबाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिएका हुन्। उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे। परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका थिए। छलफलमा युवा तथा खेलकुद…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क