Author: Transparentgroup
काठमाडौं । रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । (USGS) का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर ( ८५ माइल ) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो । शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । रुसको काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन् । अहिलेसम्म न्यून क्षतिको मात्र रिपोर्ट आएको उनले जनाएका छन् ।…
हेटौडा । नेपाली कांग्रेसले आज बागमती प्रदेशमा संसदीय दलको नेता चयन गर्दैछ । मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई अविश्वासको प्रसाताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएकी हो । लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार लागेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत । अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि लामाले दलको नेताको हैसियत गुमाएका थिए । नयाँ नेता चयन गर्न कांग्रेस बागमती प्रदेशले मंगलबार नै निर्वाचन समिति गठन गरेको थियो । हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले आज बुधबार नै चुनाव गराउन लागेको हो । संयोजक श्रेष्ठले निर्वाचन कार्यतालिका सार्वजनकि गरेका छन्…
काठमाण्डौं । नेकपा ९एमाले० का पूर्व नेता भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको आर्थिक नीतिमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै रावलले ओली सरकारले विदेशी ऋणको मामिलामा जनतालाई झुक्याएको र पाखण्ड प्रदर्शन गरेको आरोप लगाएका हुन्। नेता रावलले आफ्नो कार्यकालमा एक रुपैयाँ पनि विदेशी ऋण नलिने दाबी गर्ने ओली नेतृत्वको सरकारले एकै वर्षमा २ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ विदेशी ऋण लिएको तथ्याङ्क प्रस्तुत गरेका छन्। उनले लेखेका छन्, ‘एक रुपैयाँ पनि विदेशी ऋण लिन नसक्ने भन्ने के।पी। नेतृत्वको गठबन्धन सरकारले १ वर्षमा २ खर्ब ३१ अर्ब ८ करोड विदेशी ऋण लिएछ…
काठमाण्डौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावसभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने छिन्। यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान १०ः३० बजे बस्दैछ । सो समितिको…
त्रिशूली ( नुवाकोट ) । बुधबार बिहान ३ बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति…
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले देशभर लोडसेडिङ नभए पनि बेला बेलामा बत्ती जाने समस्या ९ट्रिपिङ० भने देखिएको बताएका छन् । उनले यसका कारणले जनताले पाउने हैरानी र दुःख हटाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिँदै आएको स्पष्ट पारेका हुन् । आज कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको प्रसारण ग्रिड मध्यपश्चिम र सुदूरपश्चिम उपशाखा १३२र३३र११ के।भी। सब( स्टेसनको अवलोकन तथा निरीक्षणमा रहेका खड्काले भने, ‘लोडसेडिङ देशभर छैन । हामी ७०० देखि ८०० मेगावाट भारत र ४० मेगावाट विद्युत् बंगलादेशमा दैनिक बेचिरहेका छौँ ।’ कैलाली, बर्दिया तथा सुर्खेत लगायतका जिल्लामा विद्युत् सुविधा उपलब्ध गराउने यो कार्यालयले ट्रिपिङको समस्या हल गर्न र…
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएको छ । तामाङविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै ईन्द्र बानियाँ मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । आज बसेको संसदीय दलका बैठकमा संसदीय दलका नेता तामाङमाथि ल्याइएको अविश्वासको प्रस्तावमाथि छलफल भएको थियो । बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसी पनि उपस्थित भएका थिए । बैठकको सुरुमा नै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा पठाइएको पत्र पढेर सुनाइएको थियो । त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पढेर सुनाइएको थियो । बैठकमा छलफल भएर आज नै प्रस्तावको पक्ष…
काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । “नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा…
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभाको विवाद मिलाउन आज संसदीय दलको बैठक बस्दैछ। विवाद समाधानका लागि बागमती प्रदेशसभा संसदीय दलको बैठक आज बिहान १० बजेका लागि बोलाइएको पार्टीबाट सहजीकरणको जिम्मा पाउनु भएका केन्द्रीय सदस्य राजन केसीले जानकारी दिए। उनका अनुसार संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाले मार्गप्रसस्त गर्नेगरी सहमतिको प्रयास अन्तिम चरणमा रहेको र प्रकृयागत विषय मात्र टुंगिन बाँकी छ। यसबारे आजको संसदीय दलको बैठकले छिनोफानो गर्नेछ। लामाले राजीनामा नदिए आजै मतविभाजन गरी नयाँ नेता चयन गर्ने प्रकृया सुरु हुनेछ। शुक्रबार कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अगुवाइमा लामाविरुद्ध २१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। संसदीय…
काठमाण्डौं । सङ्घीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक आज बस्दै छ। सार्वजनिक भएको कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखासमिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराउनुभएका सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क