Author: Transparentgroup

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् । साउन १५ को अवसरमा शुभकामना दिँदै उनले यस्तो कामना गरेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् (आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ। ओली थप लेख्छन् (जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५ सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् ?

Read More

हेटौडा । बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आज भएको मतदानपछिको गणनामा मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन्। बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सदस्य छन्। शतप्रतिशत मतदान भएको निर्वाचनमा बानियाँले २२ सांसदको मत पाउँदा लामाले १४ सांसदको मत पाए। १ मत भने बदर भएको छ। यसअघि मंगलबार भएको अविश्वासको प्रस्तावमाथिको मत विभाजनमा लामाले १५ सांसदको मात्रै साथ पाएका थिए। अविश्वासको प्रस्तावको पक्षमा बानियाँका पक्षका २२ सांसदले मत दिएका थिए। यसरी बहुमतको आधारमा अविश्वासको प्रस्ताव पारित भएको थियो। बानियाँ र लामा संसदीय दलको नेतामा दोस्रो पटक भिडेका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन्। सरकारले भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाउँदा उल्टै सरकारलाई नै भ्रष्टाचारी देख्ने प्रवृत्ति मैलाएको भन्दै उनले आक्रामक शैलीमा प्रतिवाद गरे। बुधबार राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले लिएको अडानलाई गलत रूपमा व्याख्या गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। उनले भने, ‘एक(दुई भ्रष्टाचारीलाई कारबाही गर्दिएपछि मानिसहरू भन्छन्  देख्यौ त, भ्रष्टाचार भएको रहेछ नि, छर्लङ्गै देखियो।’ कारबाही गर्दा भ्रष्टाचार बाहिर आउने र नगर्दा लुकेर बस्ने तर्क प्रस्तुत गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरे, ‘कारबाही नगरिदिए राम्रो रु त्यसो गर्दा त भ्रष्टाचार देखिँदैन नि ? कारबाही…

Read More

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा बुधबार मन्त्रीहरू निदाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि बैठकमा पुगेका मन्त्रीहरू निदाएका हुन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाइरहेको दृश्य क्यामेरामा कैद भएको छ। सम्बोधनका लागि पुगेका प्रधानमन्त्री ओली उनीहरूकै लहरमा छेउमा बसेका छन्। केही दिनअघि प्रतिनिधिसभा बैठकमा सरकारका प्रवक्तासमेत रहेका संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ सुतिरहेको तस्बिर चर्चामा थियो।

Read More

मकवानपुर । नेकपा एमालेले बागमती प्रदेश सरकारबारे देखिएको अन्योलका बारेमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकै संस्थागत निर्णयलाई मान्ने भएको छ । बुधबार एमालेको बागमती प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको एमाले प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले जनाए । उनले प्रदेशमा देखिएको राजनीतिक संकट समाधानका लागि चाँडै नै छलफल गरेर एउटा निकासमा पुग्नेबारे पनि बैठकले निर्णय गरेको जानकारी दिए ।

Read More

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया जारी छ । बुधबार बिहानदेखि सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । निर्वाचन कार्यक्रम अन्तर्गत बिहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो । संसदीय दलको नेताका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया र मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बहादुर सिंह लामाबिच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा हुँदैछ । लामा र बानियाबिचको प्रतिस्पर्धा नयाँ होइन । दुवै नेताले यसअघि पनि आपसमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेका छन् । कांग्रेस सभापति शेरबहादुर…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् । सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ प्रस्तुत गर्दैछन् । यही विषयमाथिको छलफलमा प्रधानमन्त्री ओलीले पनि राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।

Read More

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको हो । पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो । रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो । रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  को संसदीय दलको बैठक रुपन्देहीमा बस्ने भएको छ । पार्टीका सबै संसदहरु रुपन्देही तर्फ लागेका छन् । पार्टी सभापति रवि लामिछाने थुनिएकै जिल्लामा पार्टीको संसदीय दलको बैठक बस्न लागेको हो । रुपन्देही ३ मा आउँदो कात्तिक २७ गते उपनिर्वाचन हुँदैछ । सोही उपनिर्वाचनको लागि माहोल बनाउने र सभापति लामिछानेसँग प्रत्यक्ष भेटघाट पनि गर्ने उद्देश्यले रुपन्देहीमा बैठक आयोजना गरिएको पार्टी स्रोतले बतायो । रास्वपाले रुपन्देही ३ मा उम्मेदवार चयन प्रक्रिया सुरु गरिसकेको छ । पार्टीको विधान अनुसार उम्मेदवारीका लागि गत ५ साउनमा दरखास्त आह्वान गरिएको थियो । दरखास्त हाल्ने म्याद २१ साउनसम्म रहेको…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार स्थायी समिति बैठकको तयारीका लागि बोलाइएको हो । स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ ।

Read More