Author: Transparentgroup
काठमाण्डौं । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको पुनर्स्थापना, रानी जमरा कुलरिया सिँचाइ आयोजना र विद्युत् वितरण प्रणाली सुदृढीकरणका लागि जापान, विश्व बैंक र जर्मनीबाट गरी ३८ अर्ब रुपैयाँभन्दा बढीको ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन्। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तानको भ्रमणदेखि विभिन्न नियुक्ति, बढुवा, तथा नीतिगत विषयमा समेत महत्त्वपूर्ण निर्णयहरू गरेको छ। त्यस्तै, बैठकले केही सहसचिवहरूलाई बढुवा गर्दै सचिव बनाएको छ भने नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको सङ्केत गरेका छन् । लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताएका हुन् । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘सामान्यतया २(३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन। अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन।’ उनले नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित राजनीतिक संयन्त्रमा सहमति जुटेमा मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारे। ‘सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गरिनेछ,’ उनले थपे।
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिबाट दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो। छलफलमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा रहेका मन्त्री हेरफेर, बागमती प्रदेश सरकारमा देखिएको किचलोलगायतका विषयमा छलफल हुने जनाइएको छ। छलफलमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्। भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुनेछ । उनीहरूबिच सरकारका कामकारबाही र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने बताइएको छ । स्रोतका अनुसार एमालेबाट बनेका रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना छ। कतिपयलाई मन्त्री बनाउने बेलै एक वर्षका लागि मात्र भनेर सम्झौता गरिएको तथा कतिको काम सन्तोषजनक नदेखिएकाले प्रधानमन्त्री ओलीले बिदा गर्न लागेका हुन्। भूमि मन्त्री अधिकारीको त घुस मागेको अडिओ नै सार्वजनिक भएको छ।…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को हावादारी गफ गरेको बाएका छन् । केही दिनअघि मधेसको सुक्खाक्षेत्रको भ्रमणपछि प्रधानमन्त्रीले ५०० डिप बोरिङ गर्ने घोषणा गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा लोहनीले बिहीबार लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीजी सुक्खा क्षेत्रको भ्रमणपछि अब नेपाल सरकारले ५०० डिप बोरिङ गर्ने घोषणा गर्नुभयो । यो अर्को झुट र हावादारी गफ हो । नेपाल सरकार ले ८०र८१ मा जम्मा ६ वटा डिप बोरिङ निर्माण गरेर ३०० हेक्टरमा सिचाइँ गर्ने भनेको थयो । अब अचानक ५०० बोरिङ गरेर ३०००० हेक्टरमा सिँचाइको घोषणा बारे के भन्ने रु’ उनले…
हेटौडा । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ। बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गर्दै आज दिउँसो १ बजेका लागि तय भएको नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्। मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए। प्रदेश प्रमुख स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौं हिँडेपछि शपथ ग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा लेखिएको छ, ‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरुको सपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते विहीबार दिनको १…
राजविराज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने चेतावनी दिएका छन्। सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले भने– ‘वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबर्जस्ती लाद्न खोजिए मधेशी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन्।’ वन विनाश,चुरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेसमा भू–माफियाहरूलाई अवैध बसोवास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन उनले आग्रह गरे। सरकारको गलत नीतिका कारण मधेस मरूभूमिकरणतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले मधेसमा पानीको हाहाकार रहेको तथा अन्नदाता नै सङ्कटमा परेकोले बजेट संशोधन गरी वर्तमान समस्या…
सप्तरी । गर्मी बढ्दै जाँदा खानेपानीको चरम अभाव झेलिरहेको सप्तरीमा नेपाली सेनाले पिउने पानी वितरण गरेर जनतालाई राहत दिएको छ । मधेश प्रदेश सरकारको सहयोगमा बरखगणबाट खटिएको नेपाली सेनाले जिल्लाको विभिन्न पालिकामा अहिलेसम्म ६६ हजार पाँच सय लिटर शुद्ध खानेपानी वितरण गरिसकेको हो । बरखगण राजविराजका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले अहिलेसम्म १७ हजार दुई सय ६४ घरधुरी शुद्ध खानेपानीबाट लाभान्वित भएको जानकारी दिनुभयो । जिल्लास्थित रुपनी र राजगढ गाउँपालिका तथा राजविराज र सुरुङ्गा नगरपालिकाको वडाहरुमा खानेपानीको चरम अभाव देखिएका १५ स्थानमा बरखगणको नेतृत्वमा दमकलबाट पानी वितरण गरिएको उहाँले बताउनुभयो । विगत डेढ महिना यता मनसुनको बेला सप्तरीमा वर्षा…
काठमाण्डौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन्। संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्। ‘साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने…
काठमाडौँ । आज सङ्घीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ । बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल हुनेछ । यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दैछ । मानवअधिकार समितिमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदा र नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क