Author: Transparentgroup

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टी ९नाउपा० को राष्ट्रिय भेला काठमाडौंको नयाँ बानेश्वरमा जारी छ। केही बेरअघि सुरू भएको राष्ट्रिय भेलामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अध्यक्ष रञ्जिता श्रेष्ठमाथिको अनुशासनको कारबाहीबारे छलफल हुनेछ। अध्यक्ष श्रेष्ठ राष्ट्रिय भेलामा सहभागी छैनन्। पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएपछि उनले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक तोकेर पार्टीको जिम्मेवारीबाट हटेकी छिन्। उनी अध्यक्षमा बहाल नरहेको पत्र निर्वाचन आयोगमा पुगिसकेको नाउपाका एक सदस्यले बताए। तर, त्यो अध्यावधिक हुने सम्भावना नरहेको एक सदस्यले बताए। २०८० पुस मसान्तमा नाउपाले पहिलो महाधिवेशन गर्दै अध्यक्ष रेशम चौधरी बनाएको थियो। तर निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो। नाउपा…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबिच खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ खुला आँगन कार्यक्रम प्रारम्भ गर्ने भएको छ । यस कार्यक्रममा पार्टी सदस्य, शुभेच्छुक, आम नागरिक सहभागी भई राष्ट्र निर्माणसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल, संवाद हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । बुर्लाकोटीका अनुसार अपराह्न ४ देखि ६ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा कार्यक्रमको प्रारम्भ गर्दैछ। खुला आँगन कार्यक्रममा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले पार्टीका सदस्य शुभचिन्तकहरूसँग भेटघाट गर्ने गरी तालिका तय गरिएको छ। आजको कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी, पार्टी सहमहामन्त्री विपिनकुमार…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ‘संवैधानिक परिषद् ( काम, कर्तव्य, अधिकार र कार्यविधि )  सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ साउन १९ गते सोमबार प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरे विश्वका सभामुखहरूको सम्मेलनमा स्वीट्जरल्याण्डको जेनेभामा रहेकाले यससम्बन्धी आधिकारिक निर्णय भने हुन सकेको छैन । सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची तय गर्न १८ गते बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले यसबारे आधिकारिक निर्णय लिने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । सङ्घीय संसद्का दुवै सदन ९प्रतिनिधिसभा र राष्ट्रियसभा०ले पारित गरेर सभामुख देवराज घिमिरेले विधेयक प्रमाणीकरणका लागि असार ३१ गते राष्ट्रपति पौडेल समक्ष पठाएका थिए…

Read More

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो । रुपन्देही क्षेत्र नम्बर ३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा भाग लिन चाहेमा निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको…

Read More

काठमाण्डौं । बिगतमा ‘गुण्डा नाइके’को रुपमा चिनिएका चक्रे मिलन ( मिलन गुरुङ ) सहित ४७ जना काठमाडौँबाट पक्राउ गरेका छन्। प्रहरीले काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रबाट गएराति उनीहरूलाई पक्राउ गरेको हो। गुण्डागर्दीमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए। प्रहरीका अनुसार चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय भएर गुण्डा नाइकेहरूलाई पक्राउ गरेका हुन्। यसअघि प्रहरीले हिजो ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ ( सानुभाइ )  लाई पक्राउ गरेको थियो। चक्रे मिलनलाई ‘बर्थडे’ पार्टीबाटै पक्राउ गरिएको एसपी आचार्यले बताए। पक्राउपछि उनीहरुलाई…

Read More

काठमाडौँ । नेकपा ( माओवादी केन्द्र ) को स्थायी समिति बैठक एक वर्षपछि आजदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ बजे बस्ने बैठकका लागि माओवादीले एजेन्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेन्डा तय गरेको थियो । पछिल्लो समय पार्टीभित्र चर्किँदै गएको अन्तरविरोध कसरी हल हुन्छ भन्ने विषयमा निकै चासोपूर्वक हेरिएको छ । नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो । बुधबारको बैठकमा सचिव लीलामणि पोखरेलले पार्टीको आन्तरिक विवाद बाहिर पोखिन पुगेको विषयमा नेतृत्वको ध्यानाकर्षण गराउँदै कसरी अन्तरविरोध…

Read More

काठमाण्डौं । आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा आज यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ। अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ। सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो। शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका चीनका…

Read More

काठमाडौँ । सरकारले एक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग, बिरामी तथा मृतकका आफन्त र अन्य कल्याणकारी कार्यका लागि एक अर्ब ८५ करोड १२ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । वैदेशिक रोजगार बोर्डले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०८१र८२ मा एक हजार ५१७ जना वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका आफन्तलाई एक अर्ब दुई करोड ३४ लाख रुपियाँ आर्थिक राहत वितरण गरेको जानकारी गराएको हो । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले गत आवमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग र बिरामी भएर आएका ८६७ श्रमिकलाई २४ करोड ९९ लाख रुपियाँ सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । बोर्डले यस्ता व्यक्तिको अवस्था…

Read More

काठमाडौँ । सङ्घीय संसद मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित समयअनुसार शुक्रबार कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा सङ्घ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तित्वहरूसँग छलफल गर्ने कार्यसूची छ । समितिको बैठक १२ः३० बजे समितिको आफ्नै कार्यकक्षमा बस्नेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल…

Read More

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा अर्जेन्टिनी फरवार्ड लिओनल मेसी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोजस्ता मात्र नभई तिनभन्दा पनि उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा० द्वारा दशरथ रंगशालामा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटनमा उपस्थित साना बालबालिकाहरूलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। उनले भने,‘हामीले पेलेदेखि लिएर अहिलेका मेस्सी, रोनाल्डो वा एमबाप्पेसम्मको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू नेपालले उत्पादन गर्ने लक्ष्य लिएको छ।’ त्यसका लागि देशैभर खेलकुद पूर्वाधार निर्माणलाई सरकारले तीव्रता दिएको उनको भनाइ छ। यसले देशभर नै रंगशाला र खेल मैदानको कमी हुन नदिने…

Read More