Author: Transparentgroup

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजनामा १४ वटा बैंक तथा संस्थाले ४१ अर्ब ६० करोड रूपैयाँ लगानी गर्ने भएका छन्। बझाङको साइपाल गाउँपालिका वडा नम्बर ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंकको नेतृत्व तथा एनएमबी बैंकको सह(नेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो। हाइड्रो–इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंकले सहवित्तीय व्यवस्थापन गर्नेछन्। त्यसैगरी, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक…

Read More

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो। गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। उनका अनुसार लोकमार्गको सडक खण्डमा राति परेको अविरल वर्षाको कारण ओखलढुङ्गाबाट काठमाडौंतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको छ चक्के ट्रक हिलो माटो लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ। लोकमार्गका विभिन्न स्थानमा गरी तीन वटा ट्रक ‘होल्ड’ गरिएको छ। गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ। सडक अवरुद्ध…

Read More

कञ्चनपुर । जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उसले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता महान् व्यक्तित्वमध्ये एक हुन, क्रान्तिकारी किसान नेता भीमदत्त पन्त ।आज देशभर विभिन्न कार्यक्रममार्फत सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइँदै छ । तर, यो दिवस केवल सम्झनाको औपचारिकता नभई विचार र आन्दोलनको पुनः स्मरण र कार्यान्वयनको आह्वान पनि हो । विसं १९८३ मङ्सिर १० गते डडेलधुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए । उनले भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गरेका थिए…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिवार पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड )  ले शुक्रवार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् । शुक्रवारको बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

Read More

चितवन । दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण सुरु भएको छ । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइप लाइन विस्तार औपचारिक रूपमा सुरु भएको हो । तीन महिनालाई पुग्ने पेट्रोलियम भण्डारणगृह निर्माण गर्ने सरकारको लक्ष्य अनुसार पाइप लाइन विस्तारसँगै भण्डारणगृहको काम अघि बढेको हो । नेपाल आयल निगमले शुक्रबार लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको काम थालेको हो । राप्ती नगरपालिका–१, लोथरस्थित करिब २३ बिघा १२ कट्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रिन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसन ९आइओसी० को मोतीहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लागि पेट्रोलियम पदार्थ…

Read More

काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन १६ गते विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा उपस्थित सबै राजनीतिक पार्टीका प्रतिनिधिहरुले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा जोड दिनुभएको थियो । कार्यक्रममा नेकपा एकिकृत समाजवादी बाग्मती प्रदेश सांसद तथा सो पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख माननीय डा। राजेन्द्रमान श्रेष्ठले नेपाल विपद्को उच्च जोखिममा रहेको हुँदा विपद् सम्बन्धी सचेतना कार्यक्रमहरुलाई बिशेष जोड दिनुपर्ने तथा क्षती न्यूनिकरण कसरी गर्ने भन्ने कुरामा पूर्व तयारी जरुरी रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालले विद्यालयस्तरमा संचालन गरेको सचेतनामूलक तालिम प्रभावकारी रहेको समेत बताउनुभयो…

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न आवश्यक रहेको बताउका छन् ।काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरो कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतीका रुपमा देखिएको बताए । “लागुऔषध प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराध बढाउँछ । हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागू गरेका थियौँ । त्यो अभियान सार्थक भएको छ”, उनले भने, “यो अभियानमा आमनागरिकसहित सबैको सहकार्य आवश्यक छ ।” विगत वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा प्रगति भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, “आगामी दिनमा थप प्रभावकारी ढङ्गले यो चुनौतीको सामना गर्ने गरी अगाडि बढ्नुपर्छ ।…

Read More

काठमाडौँ । गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुमति दिएको छ । गएराति महाराजगञ्जको एक होटलबाट चक्रे मिलनको जन्मदिन मनाइरहेका बेला प्रहरीले ४७ जना पक्राउ गरेकोमा २८ जनालाई छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो । पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरूको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । मुद्दा चलाइएका प्रतिवादीहरु मुद्दा चलाइएका प्रतिवादीहरु १. चक्रे मिलन भन्ने मिलन गुरुङ २. गणेशबहादुर बोगटी ३. निराजन पौडेल ४. रोशन सुवेदी…

Read More

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताए। सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उनको भनाइ थियो । “नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ”, सञ्चारमन्त्री गुरुङले भने। सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्। सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो। प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गरे। प्रधानमन्त्री ओलीले पूर्ण खोप…

Read More