Author: Transparentgroup

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । आज साँभ्m ६ बजे पत्रकार सम्मेलन गरेर लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका छन् । राजीनामा दिनुअघि उनले पार्टी सभापति शेरबहादुर देउवासँग पटक पटक छलफल गरेका थिए । लामा गत वर्ष २०८१ साउनमा मुख्यमन्त्री बनेका थिए । कांग्रेस बागमतीको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । अब बानियाँ नै मुख्यमन्त्री बन्ने भएका छन् । लामाले पनि आफूले सभापति देउवाको निर्देशन मानेर राजीनामा दिएको स्पष्ट पारेका छन् । उनले आफूले पार्टी सभापतिको कुरा मानेर राजीनामा दिएको जनाए । उनले भने, ‘संविधानले त मलाई मुख्यमन्त्री त अझै सुनिश्चित…

Read More

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज साँझ पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालका अनुसार पत्रकार सम्मेलनबाट मुख्यमन्त्री लामाले राजीनामा दिने जानकारी दिए । १४ साउनमा कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा लामाले मार्गप्रसस्त गर्न लागेका हुन् । शनिबार सभापति देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । लामाको राजीनामापछि बानियाँले सोमबार प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने…

Read More

तनहुं । तनहुंको आंबुखैरेनी गाउंपालिका २ स्थित ऐनापहरामा बस दुर्घटना भएको छ । नारायणगढ बाट गोर्खा तर्फ आउंदै गरेको ग २ ख १०७७नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो ४स्२० बजे ऐनापहरामा दुर्घटना भएको बताइएको छ । बसमा यात्रारत ५ जना घाइतेलाइ आंबुखैरेनी अस्पताल लगिएको छ भने गम्भीर २ जना घाइतेलाइ भरतपुर रेफर गरिएको छ । बस दुर्घटना भएको स्थानियले जानकारी गराएपछी उद्दारको लागि सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार  नं. २३ मनकामना गण तनहुं बाट उद्दार टोलि परिचालन भएको छ । क्षतिको बिबरण प्राप्त भएको छैन ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा दिएका छन् । उनले नेपालमा राजतन्त्र सढेगलेको पाखण्डी सिद्धान्त भएको आरोप लगाए । आज ९आइतबार० काठमाडौंमा आयोजित एक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘राजतन्त्रको बारेमा मलाई खासै केही भन्नु छैन । यो एउटा सढेगलेको पूरानो जन्मसिद्ध श्रेष्ठताको कुनै आधार नभएको यो एउटा पाखण्डी सिद्धान्त हो । यसलाई कुनै सचेत मान्छेले स्विकार गर्न सक्दैन । नागरिक सर्वोच्चतालाई नस्विकारेर एउटा व्यक्तिको सर्वोच्चता, परिवारको सर्वोच्चता स्विकार्नु भनेको अज्ञानता हो । कायरता हो । अरु देशको कुुरा मैले गरेको होईन । हाम्रो देशको सन्दर्भमा यो जनताले त्यसै…

Read More

सुनसरी। गत चैतको १३ गते तातो घाम तातिँदै गएको थियो । सुनसरीको इटहरीको मुख्य चोक सेन्टर प्लाजामा एकाएक बिहान करिब १० बजेदेखि आगो सल्किन थाल्यो । भिडभाड रहने इटहरीको मुख्य केन्द्रमा रहेको सेन्टर प्लाजा अचानक धुवाँको कालो पर्दाले ढाकिसकेको थियो । दशतले प्लाजाको पाँच तलाबाट आगो सल्किन थाल्यो । विस्तारै धुवाँको मुस्लो बढ्दै गयो । आगोको लप्का माथिल्लो तलातिर सर्न थाल्यो । आगो निभाउन सँगै मान्छेको उद्धारमा त्यतिबेला सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको थियो । सीमित स्रोतको बाबजुत सङ्कटका बेला ज्यानको वास्ता नगरी भवनभित्र पसेर ११ जनाको जीवन बचाउन सफल भयो सशस्त्र प्रहरी बलका उद्धार टोली । प्लाजामा आगो लाग्दै…

Read More

काठमाडौँ। नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण, प्रतिगामी तथा आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्तावले महिला अधिकारको क्षेत्रमा दशकौँदेखि प्राप्त उपलब्धिलाई नष्ट गर्ने र बहुविवाह प्रथालाई पुनःस्थापित गर्ने भएकाले तत्काल सोसम्बन्धी प्रस्ताव फिर्ता लिन आग्रह गरेको हो । “प्रस्तावित व्यवस्थामा ‘कुनै पुरुषले वैवाहिकसम्बन्ध कायम रहेको अवस्थामा अन्य महिलासँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएमा त्यस्तो महिलासँग विवाह गर्न चाहेमा विवाह गर्न सक्नेछु’ भन्ने प्रावधान राखिएको छ । जसले बहुविवाह जस्तो फौजदारी अपराधलाई वैधानिकता दिने स्पष्ट…

Read More

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दै छ । प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । त्यसअघि बैठक बस्न लागेको हो । बैठक बस्न मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री ओली बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन् । उक्त कार्यक्रम सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् । प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै राति ११–५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल…

Read More

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर असहमति राख्दै आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् । पार्टी स्थायी कमिटी बैठकमा आइतबार आफ्ना धारणा राख्दै शर्माले अध्यक्ष प्रचण्डकै कारण २०६४ सालमा प्राप्त गरेको जनमत गुमेको बताए । ‘वर्गप्रतिको प्रतिबद्धतामा अध्यक्षज्यूको विचलन आएको छ, संघीयताको स्वामित्व लिन सकिएको छैन, पहिचानको मुद्दा छोडिएको छ,’ शर्माले बैठकमा भने, ‘यी सबै कारणबाट हामीले ३१ लाखको जनमत गुमाएका छौं, त्यो फिर्ता गर्न सक्छौं कि सक्दैनौं ’ ? २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी बनेको थियो । त्यसयता माओवादीको जनमत निरन्तर ओरालो लागिरहेको छ । जनमत घट्दै जानुको जिम्मा स्वयं प्रचण्डले…

Read More

सिन्धुली । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुनकोशी मरिन डाइभर्सन आयोजनाको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आयोजना स्थलको स्थलगत निरीक्षणपछि उनले भने, “जुन गतिमा अहिले काम भइरहेको छ, यसरी त १० वर्षमा पनि आयोजना सकिँदैन।” सिंहले निर्माण कम्पनीलाई तत्काल गति दिन चेतावनी दिँदै काममा देखिएको कमजोरीबारे संघीय सरकारलाई प्रतिवेदन बुझाउने तयारी भएको बताए । “हामीले अब स्थलगत रूपमा सबै कुरा बुझेका छौँ । प्रदेश सरकारको तर्फबाट प्रतिवेदन तयार पारेर संघ सरकारलाई बुझाउनेछौँ,” उनले भने। मुख्यमन्त्री सिंहसँगै ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव, मुख्य सचिव मदन भुजेललगायतको टोलीले आयोजना स्थलको…

Read More

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसँग छलफल थालेको छ । बजेट कार्यान्वयनबारे आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका मन्त्रालयगत योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कानुनी, प्रक्रियागत र व्यवहारिक तयारी थाल्नेबारे छलफल भएको हो । उद्योग मन्त्रालयको बजेटमा परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित् उद्यमशीलता कार्यक्रम विकास कार्यक्रमअन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने विषय राखिएको थियो । त्यस्तै, उपत्यकामा सञ्चालित उद्योगलाई…

Read More