Author: Transparentgroup
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्याङ्कन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ । सशस्त्रका डिएसपि एवम् सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा एक जना र सशस्त्र प्रहरी नायब उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको जानकारी दिनुभयो । जेष्ठता तथा व्यावसायिकक्षमता तथा कार्यसम्पादन मूल्याङ्कन लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको र यसले सङ्गठनको बृत्तिविकास र सुरक्षा फौजको मनोवलमा हौसला वृद्धि हुने विश्वास गरिएको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षमा बढुवा सिफारिसमा दोस्रो…
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्दैछ । बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने सम्भावित कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ । सो विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ । बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुनेछ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्नुहुनेछ । महिला, बालबालिका तथा…
काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनले आदेश जारी गरेको छ। उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले तीनकुने घटनामा दुर्गा प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। प्रसाईंविरुद्ध बैंकिङ कसुरको मुद्दा पनि थियो। त्यसमा भने न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले २५ लाख रुपैयाँ धरौटी मागेको हो। तीनकुने घटना र बैंकिङ कसुर मुद्दा गरि अदालतले प्रसाईंसँग जम्मा २८ लाख धरौटी माग गरेको हो। उच्चले उनीहरुसँगै थुनामा रहेका अन्य ३ जनालाई पनि धरौटीमा छाड्न आदेश दिएको हो। अदालतले सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०र५० हजार रुपैयाँ धरौटी तथा…
काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकको बैठक सुरु भएको छ । बैठकमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि सहभागी भएका छन् । संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल भइरहेको छ ।
कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ। लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ, उनले भने, ुमहाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ। उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो। रासस
काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा ( एमाले ) का महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वमाथि भइरहेको चौतर्फी आक्रमणको सामूहिक प्रतिवाद आवश्यक रहेको औंल्याएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले नेकपा ( एमाले ) र पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहारको निशाना बनेको बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘आज हाम्रो पार्टी र आन्दोलनमाथि जसलाई केन्द्र विन्दु बनाएर आक्रमण गरिएको छ, त्यसलाई स्थापित नगरी यो आन्दोलन अगाडि बढ्न सक्दैन, अहिले प्रहारको निशाना पार्टी अध्यक्ष बन्नु भएको छ, अहिले भइरहेको प्रहार पार्टीविरुद्धको प्रहार होइन र रु’ २०८४ सालमा हुने सबै तहका निर्वाचनमा…
काठमाण्डौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा आज ( सोमबार ) अध्यक्ष प्रचण्डले जवाफ दिँदै छन्। पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने बैठकमा सदस्यहरूले उठाएका विषयमा अध्यक्ष प्रचण्डले उत्तर दिने भएका हुन्। त्यसअघि महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन्। शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकका नेताले धारणा राखिसकेका छन्। अब आज वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव गुरुङले धारणा राखेपछि प्रचण्डले जवाफ दिनेछन्। त्यसपछि बैठक समापन गरिने माओवादीले जनाएको छ। बैठकमा प्रचण्डको दस्तावेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि धेरैले समर्थन गरेका छन्। विशेष महाधिवेशनको…
बिराटनगर । निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ। आइतबार साँझ कोसी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाब मापन गरिएको छ। आज बिहान गरिएको मापनमा कोसी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानी बगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। ५२ वटा मूल र चार नहरका गरेर ५६ ढोकामध्ये अहिले २३ खुल्ला गरिएको छ। कोसी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको बहाब भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ। सोही अनुसार रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। २०६५ भदौ २…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू ( एलएलडिसी ) को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ । नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् ( काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ( पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास ( पहिलो संशोधन ) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क