Author: Transparentgroup

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । महासंघद्वारा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २।० लाई सम्बोधन गर्दै उनले आगजनी, तोडफोड लुटपाटमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही नभए दण्डहीनता मौलाउने बताएका हुन् । अध्यक्ष ढकालले विभिन्न पेसा व्यवसाय गरी खाने वर्गले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरे । उनले नाफा आर्जन गर्नु नै अपराधको रुपमा चित्रित हुनु दुःखद् भएको बताए । युवा पुस्ताको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी शुसासन कायम गर्ने प्रयत्नमा सरकार लागेको छ ।…

Read More

काठमाण्डौं । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता अन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो। जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो। उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सातरसात रन बनाए। नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुईरदुई विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो। नेपालका लागि रसिद खानले…

Read More

काठमाडौं । ‘प्रतिगमनलाई रोकौं, यथास्थितिवादलाई चिरौं, अग्रगमनकारी परिवर्तनको बाटोमा अगाडि बढौं’ भन्ने मूल नाराका साथ जेन–जी केन्द्रको अवधारणापत्र सार्वजनिकीकरण भएको छ । आज ( शनिबार )  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत अवधारणापत्र सार्वजनिकीकरण गरिएको हो । जयश्वर विकले जेन–जी विद्रोहको भावना र परिवर्तनको स्पिरिटअनुरुप प्राप्त उपलब्धीको रक्षा गर्दै नेपाली समाजलाई अग्रगमनतर्फ लैजानेगरी जेन–जी आन्दोलनलाई पुनर्गठन पर्नुपर्ने निष्कर्षमा आफूहरु पुगेको बताए । उनले जेन–जी केन्द्रले विद्रोहको पृष्ठभूमि, वस्तुगत कारणहरु, विद्रोहले दिएको सन्देश र अबको बाटोकारे स्पष्ट धारणा राखेको बताए । जेन–जी विद्रोहको कार्यभार पूरा गर्ने उद्देश्यका साथ जेन–जी केन्द्र गठन भएको बताइएको छ । भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग…

Read More

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले चुनाव भाँड्नको लागि नयाँ÷नयाँ नाटकमञ्चन गरिरहेको भन्दै अब २१ फागुनको चुनाव हुन नदिनको लागि हुने कुनैपनि षड्यन्त्र र खेलबाडको विरुद्धमा जनस्तरबाटै प्रतिवाद गरिनुपर्ने बताएका छन् । गुण्डुमा बसेर केपी ओलीले मुलुकलाई झनै अप्ठ्यारोमा हाल्नेगरि षड्यन्त्रको तानाबाना बुनेको र ओलीको अपराधलाई एमालेका राम्रा नेताहरुले बोकेर हिँड्न नहुने साहको सुझाव छ । आज COMMON GEN-Z NEPAL  ले काठमाडौंमा  आयोजना गरेको बृहत अन्तरक्रियालाई सम्बोधन गर्दै साहले चुनाव गराउने र सरकारलाई पनि सही ट्रयाकमा हिँडाउनको लागि चनाखो हुन अपिल गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पूनःस्थापना गर्ने भनेर आफ्नो दलका नेताहरुलाई…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन्। प्रतिनिधि सभाका सभामुख, उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवं प्रदेश सभाका सभामुख उपसभामुखसँगको शीतल निवासमा भएको भेटमा उनले यस्तो बताएका हुन्। उनले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवन पद्धति बनाउनसके लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुने जिकिर गरे। राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत बनाउन सकिने बताए। प्रतिनिधि सभा सदस्यको आगामी फागुन २१ गतेका निर्वाचन सफलतापूवर्क सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताए। राष्ट्रपति पौडेलले संसदीय प्रणालीको मजबुती कुनै एक दल, एक सरकार वा…

Read More

जनकपुरधाम । भारतको बिहार राज्यमा हुन लागेको विधानसभा निर्वाचनका लागि धनुषा जिल्लाको सीमावर्ती नाकाहरू चार दिनका लागि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनाअनुसार बिहारमा दोस्रो चरणको विधान सभा निर्वाचन यहि कात्तिक २५ गते ९मङ्गलबार० हुने भएकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमा बन्द गर्ने निर्णय गरिएको हो । कात्तिक २२ गते ९शनिबार० साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाकामा मानवीय तथा आकस्मिक सेवाबाहेक अन्य सबै किसिमको आवागमन पूर्ण रूपमा रोक लगाइने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई…

Read More

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियागत काममध्ये आयोगले ६० प्रतिशत पूरा गरिसकेको बताउनुभएको छ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधि सभा पुनस्र्थापना वा चुनाव भनेर रुमल्लिनुपर्ने अवस्था अहिले नभएको बताउनुभयो । २०७७ को विघटनपछिको चुनावमा अदालतलको आदेश कुरेको स्मरण गराउँदै उहाँले अहिले फरक परिस्थितिमा विघटन भएकाले आयोगले तयारीमा कुनै अलमल नगरेको बताउनुभएको हो । चुनावको तयारीबारे समितिले गरेको छलफलमा भण्डारीले नेपालका हरेक आन्दोलनले संविधान प्रतिस्थापन गरे पनि अहिले संविधान यथावत् रहेको बताउनुभयो । संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिले सरकार निर्माण र चुनावको मिति तोकेको स्मरण गराउँदै भण्डारीले शासकीय प्रबन्ध लिकमा ल्याउन चुनाव सर्वोत्तम विकल्प…

Read More

रौतहट । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ । उहाँको शनिवार बिहान २ः५८ बजे उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा निधन भएको काठमाडौँ मेडिकल कलेज सिनामंगलका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आए पछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । २०३४ सालमा राजनीतिक यात्रा सुरु गर्नु भएका पूर्व मन्त्री आलम तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वमा २०६६ जेठमा गठित सरकारमा श्रम तथा यातायात व्यवस्था मन्त्री हुनुहुन्थ्यो । राजनीतिक संघर्षका क्रममा उहाँले २०४६ सालको जनमत संग्रहमा ६ महिना, २०४६ को जनआन्दोलनमा तीन महिना र २०६२–६३ को जनआन्दोलन–२ का क्रममा पटक पटक जेल…

Read More

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठक अब आइतबार बस्ने भएको छ । गत असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आजको बैठक बसेको थियो । अर्को बैठक आइतबार विहान ११ः३० बजेपछि पूनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू— गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, सरिता प्रसाई, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, मधु आचार्य, दिनेशकुमार यादव, उमेशजंग रायमाझी, राजीव ढुंगाना, अर्जुनजंगबहादुर सिंह, प्रतिमा गौतम, सुशिला मिश्र भट्ट, नानु बास्तोला, गंगालक्ष्मी अवाल, गणेश लामा, डा. जीवन राना र सीता थपलियाले आ–आफ्नो…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरी, गायत्री मार्गस्थित ब्रह्मा मन्दिर उत्खनन् पश्चात पुनर्निमाण गरी आज उद्घाटन गरिएको छ । सो मन्दिरको आज महानगर प्रमुख बालेन्द्र शाह ( बालेन )  ले उद्घाटन गरे। उपप्रमुख सुनिता डङ्गोलले, प्राचीन स्मारकको जीवनका रुपमा रहेका आकृति, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनःस्थापित गर्न योगदान पुग्ने बताइन्। उनले भने,ुजहाँ मूर्तिको पूजा हुन्छ । मूर्तिलाई त्यहीँ राख्नुपर्छ । यसलाई हामीले अभियानका रुपमा अगाडि बढाएका छौँ । यो मन्दिर हराएकै १०० वर्षभन्दा धेरै भएको थियो । कामपा–८ का वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो ।…

Read More