काठमाडौं । प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रोपटक भेट गरेका छन् । गत शुक्रबार ( १५ चैत ) काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एकपटक भेट गरेका थिए ।
शनिबार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका लिङ्देन मंगलबार पुनः उनीहरूलाई भेट्न पुगेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजेतिर लिङ्देन धवल र रवीन्द्रलाई भेट्न पुगेका थिए । लिङ्देनले उनीहरूलाई हिरासत कक्षमै पुगेर भेट गरेका थिए । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले मिश्र र जबरालाई पक्राउ गरेको थियो ।
सो घटनामा पक्राउ परेका मिश्र र जबरासहित ११ जनालाई प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । गत शनिबार मिश्र र जबरालाई भेटेर फर्किएका लिङ्देन आज दिउँसो ३ बजेतिर हिरासतमा पुगेका थिए ।मंगलबार बिहान १० बजे राप्रपाकै सांसद ज्ञानेन्द्र शाही पनि उनीहरूलाई भेट्न पुगेका थिए ।