काठमाडौं । संसदमा राप्रपाका सांसदहरुले हंगामा मच्चाएका छन् । माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि राप्रपा अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले आफुहरुलाई थुन्न सरकारलाई चुनौती दिएका छन्
। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच लिङदेनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ?