काठमाण्डौं । काठमाण्डौको तिनकुनेमा जारी रहेको राजावादीहरुको आन्दोलन निकै आक्रामक बनेको छ । सोही क्रममा तिनकुनेमा झडप चलिरहँदा केही राजावादी कार्यकर्ताले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
यता प्रहरीसँगको झडप भईरहँदा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका राजावादीको एक समूहले आलोकनगरस्थिति एसको कार्यालय पुगेर ढुंगामुढा गरेका हुन् । ढुंगामुढा प्रहारवाट नेकपा एसको पार्टी कार्यालय रहेको घरका सिसा फुटेका छन् । ब्यक्रिगत सम्पतीमा तोडफोड गरीरहेका उनिहरुले नेकपा एसको कार्यालयमा तोडफोड गरेका हुन् ।