काठमाण्डौं । काठमाण्डौको तिनकुने एकाएक रणभूमिमा परिणत भएको छ । काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनले उग्र रुप लिएको हो । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र फायरिङ्ग नै गर्नुपर्ने अवस्था श्रृजना भए । यसवाट केही आन्दोलनकारी र केही सुरक्षाकर्मी घाईते भएका छन् ।
शुरुमा नीजि घरमा तोडफोडमा उत्रेका आन्दोलनकारीले केही समयपछि सोही घरमा आगलागी गरेका थिए । उनिहरुले सो आगो निभाउन आएको दमकल माथि पनि ढुङ्गामुढा प्रहार गरेका थिए । आन्दोलनले उग्ररुप लिन थालेपछि प्रहरीले आफ्नो सुरक्षाका लागि फायरीङ्ग नै खोल्नु परेको थियो ।
प्रहरीले फायरीङ्ग खोलेसँगै तिनकुने क्षेत्र रणभूमीमा परिणत भएको छ । नीजि घरमा आगजनी गरिएको छ । प्रहरीको टाउको फुटाईएको छ । प्रदर्शनकारीले प्रहरीले अश्रुग्यास प्रहार गर्ने ग्यास गन नै खोसेका छन्। काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक पनि खोसेका छन् ।
राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त छ ।
राजावादी समर्थकलाई प्रदर्शन गर्न काठमाडौँ प्रशासनले तीनकुने क्षेत्र तोकेको थियो। तर, प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर बानेश्वतर्फ अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। प्रहरीले रोकेपछि प्रदर्शनकारीले उनीहरूमाथि नै ढुंगामुढा प्रहार गरेका थिए।
यता राजावादीको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले शान्तिपूर्ण आन्दोलन गर्न, ढुंगामुढा नगर्न र झडपमा नउत्रन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।