काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली अझै पनि संसद् भङ्गकै सोचमा रहेको आरोप लगाएका छन्। शुक्रबार ( आज ) काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
सरकारमा बस्ने मान्छेलाई कुनै चिन्ता छैन। हामीले खबरदार, तिम्रो कारणले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् भनेका छौँ। तर, उनीहरू संसद् भङ्गकै सोचमा छन् अझै पनि, उनले भने, त्यसकै कारण उनले एकपटक पदबाट बहिर्गमन हुनुपरेको थियो।
उनले सरकारले बिचौलिया र कमीसनखोरहरूको पक्षमा निर्णय गर्दै अगाडि बढिरहेको दाबी पनि गरेका छन्। सरकारलाई जनताको दुस्खसँग कुनै चिन्ता छैन। सरकारलाई जनताको वेदनाले छुँदैन। उसलाई कमिसनखोर, भ्रष्टाचारीहरूको पक्षमा निर्णय गर्नु छ,उनले भने। उनले आज आफूहरुले गरेको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङमात्रै भएको बताए ।
अध्यक्ष नेपालले थपे, ‘प्रतिगामी शक्तिहरु होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । अहिले जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने पक्षमा छैनन् ।