काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड )ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो स्पष्टीकरण नदिएसम्म संसद् चल्न नदिने स्पष्ट पारेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्डले प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ दिनुपर्नेमा जोड दिए। उनले भने, ‘प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्छ। उहाँ आएर स्पष्टीकरण दिनुपर्छ। चित्तबुझ्दो स्पष्टीकरण आयो भने हाउस तुरुन्तै चल्छ। तर, स्पष्टीकरण पनि जालझेलको आयो भने हाउस चल्दैन।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका छन्। सोही विषयमा प्रधानमन्त्रीले स्पष्ट र चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने दाहालको चेतावनी छ।पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीसँग कुलमान साटेको आरोपको खण्डन गरेका छन् । बुधवार प्रतिनिधिसभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो आरोप बेइमानीपूर्ण र आपराधिक प्रचार बाहेक केही नहुन स्पष्ट पारे । प्रमुख प्रतिपक्ष दलको नेतासमेत रहेका उनले प्रधानमन्त्री केपी ओलीको नियतमाथि प्रश्न उठाए ।
‘प्रचण्डले टीआरसीसँग कुलमान साट्यो १ योभन्दा झुटो, योभन्दा बेइमानीपूर्ण आपराधिक प्रचार केही हुनसक्छ । सिंहदरबार गएर टीआरसी लगत्तै गर्नुपर्ने केही बाध्यता थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो । फेरि एकचोटी जालझेल मलाई महसुस भएको छ । एक दुई दिन पर्खेको भए पनि हुन्थ्यो रु’, ओलीको नियतमाथि प्रश्न उठाउँदै प्रचण्डले भने ।
सोमबार सिंहदरबारमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको बैठकले सङ्क्रमणकालीन न्याय९टीआरसी० सिफारिस समिति गठन गर्ने निर्णय लगत्तै ओलीले मन्त्रिपरिषद् बैठक राखेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसै विषयलाई लिएर राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डमाथि गम्भीर आरोप लगाएका थिए ।